CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » ८००० लाइसेन्समा प्वाल ?

८००० लाइसेन्समा प्वाल ?


१० फागुन, काठमाण्डौं । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने आठ हजार तीनसय एक चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ट्राफिक प्रहरीले प्वाल पारेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो ७५ दिनको अवधिमा मापसे कारबाहीमा परेका चालकहरुको लाइसेन्स प्लाल पारिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । पटक पटक दोहोर्‍याएर मादक पदार्थ सेवन गरी सवारी
चलाउने चालकलाई निरुत्साहित गर्ने उद्देश्यले यसरी लाइसेन्समा प्वाल पारिएको ट्राफिक प्रहरीको भनाई छ ।
महाशाखाले २२ मंसिर ०६९ बाट मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कडा कारबाही थालेको हो । चालकको लाइसेन्समा प्वाल पारी अभिलेख राख्ने, सचेतना कक्षा अनिवार्य लिनुपर्ने, स्वयं चालक उपस्थित हुनुपर्ने, एक हजार रुपैयाँ जरिवाना बैंकमा तिर्नुपर्नेजस्ता सजाय मादक पदार्थ सेवन गरी सउवारी चलाउने चालकले बेहोर्दै आएका छन् ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis