CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » समीक्षा इन्कार : सेक्स अस्त्र

समीक्षा इन्कार : सेक्स अस्त्र




कर्पोरेट विश्वमा यौन दुव्र्यवहार नौला विषय होइनन्। यस क्षेत्रमा प्रवेश पाउन वा सफलताका सिँढी चढ्न कनिष्टहरू धेरैजसो वरिष्ठसँग सेक्समा जोडिएका गाइँगुइँ विश्वका जुनकुनै क्षेत्रमा सुनिन्छन्। सुधीर मिश्र निर्देशित बलिउड फिल्म इन्कारमा यही विषय उठान गरएिको छ। त्यसबाहेक कुनै कम्पनीभित्र चल्ने
राजनीति र दुई व्यक्तिको आपसी अहंकार एवं अभिमानका पाटो फिल्मले प्रकट गर्छ।

राहुल बर्मा -अर्जुन रामपाल) एक चर्चित भारतीय विज्ञापन एजेन्सीमा प्रमुख कार्यकारी हुन्छन्। उनले एक प्रभावशाली कपिराइटर माया लुथरा (चित्रंगदा सिंह)लाई आफ्नो कम्पनीमा जागिर दिन्छन्। मायालाई उत्प्रेरणा दिनेदेखि थुप्रै सीप र कौशल सिकाउँछन् पनि। यसरी साथसाथ काम गर्दै जाँदा उनीहरूबीच शारीरकि निकटतासमेत हुन पुग्छ। पछि मायाले उनलाई 'सेक्सुअल ह्यारेसमेन्ट'को आरोप लगाउँछिन्। र, खास तथ्य पत्ता लगाउन उनीहरू दुवैबारे कम्पनीले अनुसन्धान अघि बढाउँछ। अनुसन्धानका दौरान उनीहरूका अफेयरका अनेकन् रोचक पाटो आउँछन्। अनुसन्धानदाताहरू नै मायाको आरोप गलत हो कि राहुलको दोष हो भन्ने अन्योलमा पर्छन्। खासमा कम्पनीको उच्च ओहदामा पदोन्नति हुने सवालमा यी दुई प्रतिस्पर्धी बन्दा स्थिति उत्पन्न भएको हुन्छ, जसले यौन दुव्र्यवहार केलाई भन्ने, केलाई नभन्ने भन्ने बहसको एउटा पाटोसमेत उजागर गर्छ।

अर्जुन रामपाल र चित्रंगदा सिंहको अभिनय फिल्ममा निकै जमेको छ। त्यसले कथावस्तुको मर्मलाई दर्शकसम्म बाँधिराख्छ। प्रस्तुतिका हिसाबले यो राम्रो फिल्म हो ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis