सर्वत्र प्रधानमन्त्री बाबुराम भट्टराईको निन्दा भइरहेका बेला हिरोइन निशा अधिकारी भने 'न्यायप्रेमी प्रधानमन्त्रीको जय होस्' भन्ने प्लेकार्ड बोकेर देखा परिन् । त्यसको अर्थ के लाग्ला? प्रधानमन्त्रीको प्रशंसक ? होइन, उनले त
प्लेकार्डमार्फत भट्टराईलाई व्यंग्य पो गररिहेकी रहिछिन्। तराईमा चिसोले कठ्यांगि्रएर दुःख पाएका जनताका लागि तत्काल राहत संकलन गरेर चर्चामा आएकी निशा देश र जनताप्रति प्रधानमन्त्रीका कार्यक्रमले आफूलाई निराश बनाएको बताउँछिन्। भन्छिन्, "आन्दोलनका क्रममा मैले त्यो प्लेकार्ड छानेकी थिएँ।" प्लेकार्डको सन्देश प्रधानमन्त्रीकहाँ पुग्योहोला त ?