बसभित्र सामूहिक बलात्कार, किशोरीको पाठेघर च्यातिएको छ, अचेत भइरहने उनी कहिले डराउँछिन् त कहिले चिच्याउँछिन् भन्ने समाचार पढेपछि जीउ नै सिरिङ्ग भयो । बुटवल बसपार्कमा पार्किङ गरिएको बसमा सौतेनी आमाले हेला गरेकी रोल्पाकी एक १५ वर्षे किशोरीमाथि भएको बलात्कारको घटना हो यो ।
महिलामाथि बलात्कार, अनेक प्रकारका हिंसा नभएको दिन रहेन । प्रत्येक दिन छापिने प्रमुख छापाहरूको हेडलाइनहरू र
मुख्य भाग यस्तै समाचारले भरिने गरेका छन् । यस्ता घटनाहरू निरन्तर पढ्दा र सुन्दा-सुन्दा हाम्रा मथिंगल त्रस्त भएका छन् ।
बलात्कार ! हत्याभन्दा धेरै गुणा पीडादायी हुन्छ । बाँच्नेहरू मर्दा उसको मृत्युको अनुभव समाप्त हुन्छ, सदाको लागि । तर बलात्कार ! त्यस्तो मृत्यु हो, जो भोग्नेले बाँची-बाँची क्षणक्षणमा आफ्नो मृत्युको अनुभव गर्छ । त्यो भोग्नेलाई थाहा हुन्छ । त्यसैले बलात्कारमा परेका किशोरीहरू मुख्य रूपमा शारीरिकभन्दा पनि मानसिक रूपमा सिकार हुने गरेका छन् । होश गुमाउने, मानसिक सन्तुलन गुमाउने, बहुलाउने यात आत्महत्या गर्नेसम्मको खतरा उनीहरूमा रहन्छ । पितृ सत्तावादी मनोविज्ञानले पीडित महिलालाई यस्तो अवस्थामा बढी असर गर्ने गरेको देखिन्छ । आफूलाई कमजोर, ग्लानि र पराजित भएको ठान्ने मनोविज्ञानको प्रभावबाट बलात्कृत महिला अझ पीडित हुने गरेको देखिन्छ । तर पीडितको तुलनामा पीडकले आफू खत्तम भएको, आफ्नो जीवन नै पतन भएको महसुस गरेको पाइँदैन । त्यसैले यो जघन्य अपराधको क्षमादान कुनै पनि हालतमा दिइनुहुन्न । त्यसका लागि कडा कानुन आवश्यक हुन्छ ।
मान्छे चेतनशील प्राणी हो, तर बलात्कार पितृसत्ताले पुरुषको चेतनालाई भ्रष्टीकरण, नैतिकता पतन बनाइदिएको एउटा प्रमाण हो । बलात्कार जस्ता जघन्य अपराधका प्रकृतिहरू हेर्दा लाग्छ, हामी आमाहरू किन छोरा जन्माइरहेका छौं ! किन अझै पनि छोरा जन्माउन लालायित छौं र छोराप्रति बढी नै मोह राख्छौं !
घटनाका प्रकृतिहरू हेर्दा पुरुष मानसिकता किन यति धेरै स्खलित हुँदैछ ? आफ्नै बाबुले छोरीलाई हात बाँधेर बलात्कार गर्छन् । ८२ वर्षकी हजुर आमालाई समेत छोडिँदैन । सभ्य पुरुषहरूको शिर यस्तै केही पतित पुरुषका कारणले निहुरिएको छ । पुरुषको जीवनको अर्थमा यसले गम्भीर चोट पुर्याएको छ । के हो पुरुष ? के हो पुरुषको पुरुषार्थ ? र उसको जन्म केका लागि हो ? धेरै प्रश्नको तीरले यतिखेर पुरुषको पुरुषार्थी जीवनमा प्रश्न तेस्र्याइरहेको छ । के पुरुषको नाम ध्वंस हो ? पुरुषको उपमा भ्रष्टाचार, व्यभिचार र अत्याचार हो ? यात पुरुषको परिचय हत्या, हिंसा र बलात्कार हो ? ध्वंस, दुःख, पीडा, अन्याय, अत्याचार र महिलामाथि भएका जघन्य अपराध हिंसा र बलात्कारको द्योतक पुरुष नै हो । यद्यपि नारीत्व बुझेका सभ्य पुरुषहरू पनि समाजमा थुप्रै छन् ।
महिलाहरू कहीं पनि सुरक्षित छैनन् । यी घटनाहरूले सामाजिक अमनचैन नै विशृङ्खलित भएको छ । समाजको भविष्यप्रति नै ठूलो प्रश्नचिन्ह खडा गरेको छ । समाजमा जुन प्रकारले पुरुष घृणा, रोष, शंका र भयको विम्बको रूपमा स्थापित हुँदैछ, यसले समाजलाई ध्वंस र पतित बनाउँछ । यसकारण सभ्य मानव समाजको लागि पुरुष घृणाको उपमा हैन, सम्मानमा स्थापित हुन आवश्यक छ । जसको लागि नेपाली समाजमा विद्यमान भालेवादी चिन्तनको अन्त्य जरुरी छ । यो चिन्तनले नै पुरुषलाई नैतिकपतन गराउने, कुकर्म गर्न उद्यत गर्ने, मानवीय संवेदनाको ह्रास गराउने, मानवीय अनुशासन र मर्यादा पतित गराउने, ध्वंस, भ्रष्टाचार, व्यभिचार, अत्याचार, हिंसा र बलात्कारजस्ता जघन्य अपराध गर्न-गराउन उद्यत छ ।
यतिखेर हरेक छोरीहरू आफ्नै परिवारमा सुरक्षित छन् कि छैनन् ? सभ्य जिम्मेवार र आदरणीय छोरीका पिताहरूमाथि पनि शंका, भय र त्रासको बादल लागेको छ । प्रत्येक सज्जन सहयोगी र पि्रय दज्युभाइहरूप्रति पनि आफ्नै दिदीबहिनीहरू डर, भय र त्रासको छायामा छन् । हरेक छोरी, दिदीबहिनीहरू र आमा आफ्नै परिवार र समाजमा सुरक्षित जीवनको महसुस गरिरहेका छैनन् । सिंगो समाज यस्ता अपराध र घटनाहरूले विचलित बनिरहेको छ । जसका कारण पुरुषप्रति नै घृणा र मर्यादामा आँच पुगेको छ । राज्यसत्ताका बागडोर समातेका आफूलाई पुरुष भएकोमा गर्व गर्ने प्रत्येका पुरुषले समाजमा स्खलित हुँदै गरेको पुरुषको मर्यादालाई बचाउन महिलामाथिको हिंसा र बलात्कारजस्ता जघन्य अपराधको दीर्घकालीन उपचारको उपाय खोज्न तत्काल आवश्यक छ । यदि अब समयमै यसको उपचार नगरिने हो भने पुरुषप्रति सबै महिलाहरूको अविश्वास सधै रहिरहनेछ र पुरुषको नैतिकतामा स्खलन भैरहनेछ ।
-- उषाकला राई