CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » खुल्यो डीआईजी प्रमोसन नहुनुको रहस्य

खुल्यो डीआईजी प्रमोसन नहुनुको रहस्य

nepal_policeकाठमाडौं। आफूलाई डीआईजीमा बढुवा नगरेको भन्दै सर्वोच्च अदालतको ढोकामा पुग्ने एक एसएसपीको वीरगन्जका एक तस्करसँग सम्बन्ध रहेको खुलासा भएको छ। नेपाल–भारत सीमा क्षेत्रमा हुने नक्कली भारतीय नोटलगायतका अवैध कारोबार गर्ने घनश्याम चाचनसँग एसएसपी पूर्णसिंह खड्काको  पुरानो  सम्बन्ध रहेको पाइएको छ।
पर्सा जिल्लाको प्रहरी प्रमुख रहँदा चाचन र उनको सम्बन्ध
जोडिएको हो। तीन वर्षअघि नेपाल प्रहरीले चाचनको शंकास्पद गतिविधिबारे छानबिन गरिरहँदा एसएसपी खड्काले उनको फाइल नै गायब पारेको स्रोतले जनाएको छ। उनी वीरगन्जमै एसपी भएर रहँदा चाचन नक्कली भारुसहित पक्राउ परेका थिए। तर उनलाई दुई करोड रुपैयाँ दिएपछि चाचनले मुक्ति पाएको बताइन्छ।
काठमाडौंमा समेत ६ वटाभन्दा बढी हुन्डीको कारोबार सञ्चालन गरिरहेका चाचनले खड्कालाई नियमित रूपमा सहयोग गर्दै आएको स्रोतले जनाएको छ। २०४३ सालमा उपेन्द्रकान्त अर्याल, राजेन्द्रसिंह भण्डारी, विज्ञानराज शर्मा, सुरेन्दप्रताप शाहलगायतसँगै भर्ना भएका खड्का उनीहरू बढुवा हुँदा पनि कार्यक्षेत्रमा काम गर्न नसकेको र शंकास्पद व्यक्तिहरूको सम्पर्कमा रहेकै कारण उनी बढुवामा दुईपटक छुटेका थिए। पछिल्लो पटक पनि २०४३ सालको अन्तिममा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका नवराज सिलवाल, प्रकाश अर्याललगायत चारजना र खड्काका ब्याजी दुईजना बढुवा हुँदा पनि उनी छुटे। महानगरीय प्रहरी आयुक्त कार्यालयको प्रवक्ता हुँदा उनै चाचनसँग घनिष्ट सम्बन्ध रहेकोबारेमा प्रहरीभित्र व्यापक विरोध भएको थियो। हुन्डी कारोबारी पटक–पटक उनलाई किन भेट्न आउँछन् भन्नेबारेमा आयुक्त कार्यालयमा कुरा उठेपछि उनलाई त्यहाँबाट सरुवा गर्ने तयारी भएकै अवस्थामा प्रहरीभित्र २०४३ का एसएसपीहरू बढुवा भएका थिए।
आफूहरू अन्यायमा परेको भन्दै खड्काकै नेतृत्वमा सर्वोच्च अदालतमा मुद्दा परेपछि ६ जना डीआईजी फुर्सदिला भएका छन्। कामकाजविहीन अवस्थामा रहेका डीआईजीहरू मुद्दा जित्ने धुनमा मात्रै छन्, कार्यालयको कामभन्दा बढी वकिल कार्यालयमा धाउनु उनीहरूको बाध्यता भएको छ। नेपाल प्रहरीको कामकारबाहीमा समेत प्रभावित परेको समयमा प्रहरी महानिरीक्षक सचिवालयले सर्वोच्च अदालतमा परेको मुद्दा छिटो टुंग्याउन विपक्षीहरू बढुवा नहुनुको कारणसहितको सबै प्रमाण तयार गर्दा एसएसपी खड्का पाँचपटक कारबाहीमा परेको फेला पारेको थियो।
डीआईजी सरुवाको तयारी  
६ महिनाअघि लागूऔषध नियन्त्रण तथा कानुन कार्यान्वयन इकाई बानेश्वरबाट मध्यामाञ्चल क्षेत्रीय प्रहरी प्रमुख बनेका डीआईजी यादव अधिकारीकै क्षेत्रबाट सबैभन्दा बढी चरेस चिप्पड बरामद भएपछि प्रहरी प्रधान कार्यालयले असन्तुष्टि जनाउँदै उनको सरुवा तयारी गरेको छ। त्यसैगरी, गंगाविशन राठी जस्ता व्यापारीहरूको अपरहण तथा हत्या जस्ता घटना भएको, प्रहरी आचरणका सुधार गर्न नसकेको, भारतको नाकाबाट आउने रक्तचन्दन तथा प्याज र लसुन–खुर्सानी नियन्त्रण हुन नसकेको भन्दै पूर्वाञ्चल क्षेत्रीय प्रहरी प्रमख डीआईजी पर्शुराम खत्री पनि सरुवा सूचीमा परेका छन्। उनीहरूको ठाउँमा ट्राफिक महाशाखाबाट उपेन्द्रकान्त अर्याल र एयसपोर्टमा रहेका विज्ञानराज शर्मालाई पठाउन  लागिएको हो।

http://www.weeklynepal.com/2013/04/25/dig/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis