CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश

वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश


वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा तथ्यांक सार्वजनिक भएको छ। प्रदर्शन भएका अधिकांश चलचित्र व्यावसायिक रूपले असफल रहे। सीमित चलचित्रले मात्र आफ्नो लगानी सुरक्षित गर्न सके। नाफा कमाउने चलचित्रहरूको संख्या अत्यन्त कम रह्यो। वर्ष २०६९ मा प्रदर्शन भएका अधिकांश चलचित्र माया, प्रेम, द्वन्द्व, बदला आदि विषयमा केन्दि्रत थिए। त्यसो त बितेको वर्ष केही प्रयोगवादी
चलचित्र पनि प्रदर्शन नभएका होइनन् तर त्यस्ता चलचित्रले समेत दर्शकको मन जित्न सकेनन्। वर्ष २०६९ मा केही नारी प्रधान चलचित्र पनि निर्माण भए। तुलनात्मक रूपमा नारीलाई मुख्य पात्र बनाइएका तथा नारी केन्दि्रत कथा समेटिएका चलचित्रलाई दर्शकले मन पराए। दर्शकहरूले मन पराएका केही नारी प्रधान चलचित्र ः

रावण

वर्ष २०६८ को अन्तिम साता प्रदर्शन भए पनि चलचित्र 'रावण' २०६९ को पहिलो सफल चलचित्र बन्न सफल भयो। वर्ष २०६८ को उत्तरार्द्धमा सफल भएका दुई चलचित्र 'चपली हाइट' तथा 'लुट' पछि 'रावण' लाई व्यावसायिक रूपमा सफल मानियो। रेखा फिल्म्सको यो चलचित्र करिब ५० लाख रुपैयाँको लगानीमा तयार पारिएको हो। 'रावण' ले नयाँ वर्ष २०६९ को स्वागत गर्ने दर्शकहरूको मुडलाई कैद गर्ने योजना बनाएको थियो, जसमा यो चलचित्र सफल पनि भयो। नारी प्रधान यो चलचित्रबाट ११ जना कलाकारले सामूहिक 'डेब्यु' गरेका थिए। चलचित्रमा नायिका रेखा थापा केन्द्रीय भूमिकामा प्रस्तुत भएकी छिन्। चलचित्रको शीर्षक रावण भए पनि सीताको भूमिकामा प्रस्तुत भएकी रेखाले दर्शकहरूको मन जितिन्।

ईश्ाारा

नारीमाथि हुने हिंसा, अत्याचार तथा शोषणविरुद्ध आवाज उठाइएको चलचित्र हो-'ईश्ाारा'। सवीर श्रेष्ठद्वारा निर्देशित यो नारी प्रधान चलचित्रमा महिला हिंसाबाहेक माया-प्रेममा आउने उतारचढावलाई पनि प्रस्तुत गरिएको छ। चलचित्रमा सेक्स भिडियो सार्वजनिक भएपछि देखिने समस्याहरूलाई प्रस्तुत गरिएको छ। रमाइलोका लागि गरिएको शारीरिक सम्पर्कका दृश्यहरू भिडियोमार्फत सार्वजनिक हुँदा एउटी युवतीले भोग्नुपर्ने मानसिक तनावलाई चलचित्रमा यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ। चलचित्रले अहिलेका युवा-युवतीहरूमा देखिने आम समस्या चित्रण गरेको छ।

पदमिनी 

राम प्यासीको निर्देशनमा तयार भ‌एको चलचित्र 'पदमिनी' पनि नारी प्रधान चलचित्र हो। चलचित्रमा नारीको पवित्रता, सहनशीलता अनि नारी शक्तिलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। निशा अधिकारी, सरिता गिरी, अनिल थापा आदि यो चलचित्रका मुख्य कलाकार हुन्। यो चलचित्रमा नारीको महत्व र स्थानलाई पनि विशेष रूपमा प्रस्तुत गरिएको छ।

सुनगाभा

नेपाली चलचित्रको कथामा नयाँ-नयाँ स्वाद पस्किने क्रममा वर्ष २०६९ मा प्रदर्शन भएको चलचित्र 'सुनगाभा' ले पहिलो पटक महिला समलिङ्गी अर्थात् लेस्बियनहरूको कथा भित्रायो। दुई लेस्बियन युवतीको प्रेम कथामा आधारित यो चलचित्रले स्वदेशमा प्रदर्शन हुनुअघि नै विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागिता जनाइसकेको थियो। यो चलचित्रमा दिया मास्के र निशा अधिकारी समलिङ्गी युवतीको भूमिकामा प्रस्तुत भएका छन्। यसअघि नेपालमा लेस्बियनकेा विषयमा कुनै पनि चलचित्र निमर्ाण भएका थिएनन्। दिया र निशाले समलिङ्गीको भूमिकालाई प्रभावकारी ढंगले निर्वाह गरेर दर्शकको मन मात्र जितेनन्, कलाकार भएपछि जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहनुपर्छ भन्ने सन्देश पनि दिए। चलचित्रले आधुनिक नेपाली समाजमा बढ्दै गएको यौनप्रवृत्तिलाई चित्रण गरेको छ। नेपाली समाजमा महिला समलिङ्गीहरूको संख्या बढिरहेको छ। चलचित्रमा दुई समलिङ्गी युवतीबीच पनि प्रेम हुन सक्छ भन्ने कुरा देखाइएको छ। चलचित्रको कथाअनुसार दिया नृत्यको प्रशिक्षण लिइरहेकी  हुन्छिन्। उनको नृत्य प्रशिक्षण हेर्न किरण -निशा अधिकारी) हरेक दिन पुग्छिन्। किरण र दिया एक-अर्काका मिल्ने साथी हुन्। किरण र दिया एक-अर्कासँग प्रेमी-प्रेमिकाझैं  नजिकिन्छन्। दियालाई विवाहका लागि घरबाट दबाब दिइन्छ। उनले प्रस्ताव अस्वीकार गरे पनि परिवारले उनको विवाह गरिदिन्छन्। विवाहको दोस्रो दिन नै किरणले दियालाई आफूसँग माया गरेको प्रमाणित गर्न लगाउँछिन्। अन्ततः दुवै युवती एक-अर्कालाई दम्पतीका रूपमा स्थापित गर्न सफल हुन्छन्।

मालतीको भट्टी

नायिका रेखा थापा मालतीको भूमिकामा प्रस्तुत भएको चलचित्र 'मालतीको भट्टी' पनि नारी प्रधान चलचित्र हो। चलचित्रमा रेखाले भट्टी सञ्चालन गर्ने युवतीको भूमिका निर्वाह गरेकी छिन्। गणेशदेव पाण्डेद्वारा निर्देशित यो चलचित्रमा भट्टी चलाएर बस्ने सबै युवती खराब चरित्रका हुँदैनन् भन्ने कुरा देखाइएको छ। कुनै पनि महिला भट्टी चलाउन तयार हुँदैनन्। यद्यपि महिलाले भट्टी चलाएर बस्नु पाप पनि होइन भन्ने विषयलाई आकर्षक ढंगले प्रस्तुत गरिएको यो चलचित्रमा भट्टी साहुनीका रूपमा रेखाले प्रभावकारी भूमिका निर्वाह गरेकी छिन्।

मायाज बार

शीर्षकबाट अनुमान लगाउन सकिने चलचित्र हो मायाज बार अर्थात् माया नाम भएकी एउटी युवतीले सञ्चालन गर्ने बार। दिनेश डिसीद्वारा निर्देशित यो चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, निशा अधिकारी, गजित विष्ट आदि कलाकारले अभिनय गरेका छन्।

संसार आफ्नै

वर्ष २०६९ मै प्रदर्शन भएको रञ्जित रानाद्वारा निर्देशित चलचित्र 'संसार आफ्नै' व्यावसायिक रूपले औसत रह्यो। नारी प्रधान यो चलचित्रमा झरना थापा, सुमन सिंह र गोविन्द शाही मुख्य भूमिकामा देखिएका छन्। चलचित्रमा प्रेम र द्वन्द्वका साथै नेपाली नारीको पीडालाई मुख्य विषय बनाइएको छ। सत्य घटनामा आधारित यो चलचित्रमार्फत नेपाली नारीहरू कसरी शोषित हुन बाध्य छन् भन्ने यथार्थता चित्रण गरिएको छ।

भिजागर्ल

व्यावसायिक रूपमा सफल हुन नसके पनि चलचित्र 'भिजागर्ल' नारी प्रधान चलचित्र हो। चलचित्रमा नायिका ऋचा शर्माले भिजागर्ल अर्थात् पासपोर्टमा भिजा लागेकी युवतीको भूमिका निर्वाह गरेकी छिन्। प्रचण्डमान श्रेष्ठद्वारा निर्देशित यो चलचित्रमा नेपाली युवाहरू कसरी विदेशप्रति आकषिर्त भैरहेका छन्। विदेश जानका लागि उनीहरु केसम्म गर्न सक्छन् ? विदेशमै बसोबास गर्ने व्यक्तिसँग विवाह गर्न खोज्दा कस्ता समस्या उत्पन्न हुन्छन् भन्ने विषय यो चलचित्रमा समावेश छ।



साभार : नारी ,बैसाख 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis