CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » जीवनको सुखद अनुभव

जीवनको सुखद अनुभव



आमा शब्दमा जति आत्मीयता र मिठास लुकेको हुन्छ अन्य कुनै शब्दमा हुँदैन । एक महिलाका लागि आमा बन्नु आफ्नो अर्काे जन्म हुनु मानिन्छ । आमाको जीवन त्यतिबेला सफल हुन्छ जब उनको शिशुले यो दुनियाँमा पहिलो सास फेर्छ । हरेक मान्छेका जन्मदाता यी आमाहरू आफ्ना छोराछोरीको प्रगतिका लागि सदैव मार्गदर्शक हुन्छन् । धेरैजसोले सुखद् क्षणमा आमाहरूको म्ााया, त्याग एवं तपस्यालाई विर्सिए पनि जीवनको उतारचढाव, दुःखद् पल तथा असफलताहरूमा आमाकै सम्झना
गर्छन् । चोखो माया भनेकै आमाले आफ्ना सन्तानलाई दिने माया हो । आफूले नौ महिना गर्भमा राखेर हुर्काएको शिशुलाई आफ्नो अघि पाउँदा उनी कति खुसी हुन्छिन्, आमाले बाहेक कसैले अनुभव गर्न सक्दैनन् । मातृत्वले नै महिलाको जीवन सार्थक बनाउँछ ।

डेढ वर्षअघि आयशालाई जन्म दिएर मातृत्वको मीठो अनुभव बटुलेकी लाइफ इज ब्युटिफूल कार्यक्रमकी संचालिका प्रभा अमात्यको लाइफ सही अर्थमा ब्युटिफूल भएको छ । धेरै वर्षदेखि टेलिभिजनमा भिजेका रूपमा काम गरिरहेकी अमात्य जीवनकै सबैभन्दा स्मरणीय क्षणका रूपमा आमा हुँदाका ती सुखद् क्षणलाई लिन्छिन् । पहिलो पटक आमा भएकी प्रभासँग ती पललाई व्यक्त गर्ने कुनै शब्द नै छैनन् । उनी छोरीको न्यानो आभाष, स्पर्श, मुस्कान र मामु भनेर बोलाउँदा कामबाट जति थकित भएर घर पुगे पनि नयाँ ऊर्जा र जोस आउने अनुभव सुनाउँछिन् । कतै कार्यक्रममा छोरीलाई लिएर जाँदा आनन्द आउने र सँगै खेल्दा आफ्नो नयाँ जन्म भएको महसुस हुने प्रभाले बताइन् ।

आमा भएपछि संसारका हरेक खुसी आफूले प्राप्त गरेको महसुस गर्छिन्, नायिका अरुणिमा लम्साल । विवाहपछि चलचित्रमै व्यस्त यी नायिका करियरलाई केही समय छोडेर जीवनको खुसीमा रमाएकी छिन् । १६ महिनाकी छोरी अक्षता अर्याललाई हेर्दा जीवन यही नै रहेछ भन्ने महसुस हुने अरुणिमा डेढ वर्ष छोरीकै लालनपालनमा व्यस्त रहिन् । धेरै चलचित्रमा अभिनय गरें, धेरै दर्शक-श्रोताले रुचाउनुभयो तर मुख्य आनन्द आफूले आमा भएर पाएको उनले बताइन् । आफ्नो पेटमा राखेर जन्माएकी यी छोरी मेरै एक अंश हुन्, जसलाई म धेरै माया गर्छु-यी शब्द भनिरहँदा उनले आफ्नो जीवन सार्थक भएको अनुभव गरेको स्पष्ट बुझिन्थ्यो । अरुणिमाले घन्टौं छोरीसँग एक्लै बिताउन मज्जा लाग्ने बताइन् । आज उनी आमा भएर छोरी हुँदाका ती क्षण सम्झन्छिन्  जसबाट आमाप्रति अझ बढी आदरभाव जागृत हुन्छ । छोरी खेलेको, बोलेको, हाँसेको हेरेर सार्‍है दंग छिन्, अरुणिमा ।अर्की नायिका ऋचा घिमिरे गर्भवती भएदेखि नै निकै दंग थिइन् । शिशुलाई यसो गरेर केयर गर्छु, म यसरी आमाको कर्तव्य निर्वाह गर्छु, उनका धेरै योजना थिए । जीवनमा आमा हुनुजस्तो खुसीको क्षण अरू केही छैन भन्ने ऋचा बल्ल जीवनको अर्थ बुझेको अनुभव सुनाउँछिन् । छोरी, बहिनी, दिदी, श्रीमती, बुहारी, साथी आदि धेरै सम्बन्धभन्दा आमा र सन्तानको सम्बन्ध निकै सुमधुर हुने पनि उनले बताइन् । कहिल्यै शिशुका लागि सम्झौता गर्न नसक्ने ऋचा कामभन्दा शिशुलाई बढी महत्व दिन्छिन् । उनको खुसी, उनलाई ख्वाउँदा, बोल्दा एउटा बेग्लै संसारमा पुगेको अनुभव हुने ऋचाले बताइन् ।

नायिका सञ्चिता लुईंटेलले वर्ष दिनकै फरकमा दुई छोरा र एक छोरी जन्माइन् । उनी जीवनमा आमा हुँदा जति रमाएको अरू समय थिएन । आफ्नो शरीरबाट आफ्नै अंशलाई जन्म दिनुजस्तो ठूलो कुरा के हुन्छ र ? भन्ने सञ्चिता अहिले कामबाट टाढिएकी छिन् । शिशुको लालनपालनमा व्यस्त उनी आफ्ना सन्तानको हेरविचार एवं उनीहरूको आवश्यकता पूरा गर्न तत्पर सञ्चिता भन्छिन् । मैले अर्काे जन्म पाएको महसुस गर्दैछु र अब सफल र आदर्श आमा बन्न चाहन्छु ।
पाइलट जिना लिङदेनको काखमा ३  र १ वष्र्ाकी दुई छोरी छन् । पहिलो पटक आमा हुँदा उनले पुनः जीवन पाएको अनुभव गरिन् । जिनाका अनुसार आमा हुनु भनेको संसारकै सबैभन्दा आनन्ददायक क्षण हो । छोरीले पहिलो पटक आमाभन्दा उनको आँखाबाट आँसु  झरेको थियो । छोरी खेलेको, रोएको, रमेको, बोलेको देखेर जिना दंग हुन्छिन् । छोरीका लागि साथी चाहिन्छ भनेर उनले आफ्नो करियर नै छोडेर २ वर्षमै अर्की छोरी जन्माइन् । शिशुहरू घरमा हुँदा घर नै स्वर्गजस्तो महसुस गर्ने जिना अहिले प्लेन उडाउनुको साटो छोरीहरूलाई हुर्काउन व्यस्त छिन् । जिना भन्छिन्, म त्यति धेरै महत्वाकांक्षी भइन, त्यसैले काम, करियरभन्दा छोरीहरूको खुसी नै रोजें । कतै जाँदा दुवै छोरी लिएर हिँड्ने जिना भन्छिन्-आमाको अर्थ कुनै शब्द कोशमा खोजेर पाइँदैन । छोरीहरूको जन्मले अझ बढी उत्तरदायित्व बोध गराएको छ । छोरीहरूको खुसीका लागि जे गर्न पनि तयार जिनालाई आमा भएपछि बाँच्ने मीठो आधार तयार भएको छ । व्यवसायी कामना रावलले पनि आमा हुँदाका ती क्षणलाई अझै भुल्न सकेकी छैनन् । पहिलो पटक छोरीलाई आफ्नो काखमा पाउँदा खुसीले आँखा रसाएको उनले बताइन् । प्रेगनेन्ट भएको ७ महिनादेखि आफ्नो ट्राभल एजेन्सीको काम छोडेकी कामनाले छोरी ७ महिनाकी भएपछि मात्र पुनः काम थालेकी हुन् । करियरभन्दा सन्तानलाई ठूलो मान्ने कामना अहिले बुटिक खोलेर बसेकी छिन् । छोरीले फोन गरेर मामु कहिले आउने भन्दा दगुरेर घरमा पुग्न मन लाग्ने कामना बताउँछिन् । कामना भन्छिन्-छोरीलाई जस्तो माया गर्न अरूलाई सकिँदैन ।

हरेक महिलाका लागि आमा भएको क्षण निकै सुन्दर लाग्छ । अनेकौं पीडाका बाबजुद पनि पहिलो पटक सन्तानको आभाष हुँदा जस्तो खुसीको क्षण सायदै कुनै आमाको होला | नारी साभार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis