काठमाडौ, चैत्र २१ - एफसी च्यालेन्ज कपको फाइनल खेलमा नेपाल अफगानीस्तासँग ७ विकेटले पराजित भएको छ । पहिलो पटक फाइनलमा पुगेको नेपालले दिएको १३६ रनको लक्ष्य अफगानीस्तानले तीन विकेटको क्षतिमै भेट्टायो ।
अफगानीस्तानको यो चौथो उपाधी हो । प्रतियोगिता सुरु भएदेखि अफगानीस्तानले उपाधि जित्दै आएको छ । टस हारेर
व्याटिङ सुरु गरेको नेपालका प्रदीप ऐरी र सुबास खकुरेल सुरुदेखि नै अफगानी बलरको दबाबमा परेका थिए ।
दोस्रो ओभरमा खकुरेल ११ रन मात्रै बनाएर आउट भए । फेरि चौथो ओभरमा प्रदीप १७ रन बनाएर आउट भए । तीब्र बलिङ र कसिलो फिल्डिङ कौशल देखाउँदै अफगानीस्तान बलरहरुले नेपाली व्याट्सम्यानलाई दबाबमा राखे ।
क्रिजमा पुगेका ज्ञानेन्द्र मल्लले १४ बल खेल्दै १० रन बनाए । कप्तान पारस खड्का मैदानमा आएर अर्धशतकसहि टोलीको रनरेट सुधार्न सहयोग गरे । उनले चार चौका र दुई छक्कासहित ५० रनको योगदान दिएर आक्रामक व्याटिङ प्रस्तुति दिँदा दिँदै रन आउट भए ।
प्रशिक्षक पुबुदु दासानायकले पारस आउट हुनुलाई आजको खेलको टर्निङ प्वाइन्ट मानेका छन् । सुरुवाति ओभरमा रन लिनबाट चुकेका नेपाली खेलाडीले अन्तिम ओभरमा आक्रामक व्याटिङको प्रयास गर्दै १३५ रनको योगफल तयार पारेका थिए ।
तर, नेपालको लक्ष्य पछ्याउादै ब्याटिङमा आएको अफगानी ब्याट्सम्यानलाई नेपाली बलरले हल्लाउन धेरैबेर लगाए । नेपालले पहिलो विकेट लिन सात ओभरसाग कुर्नुपर्यो । नेपालका लाग दुवै शक्ति गौचनले पहिलो विकेट लिएका थिए । नेपालले दोस्रो विकेट १० औं ओभरमा लियो । अफगानीस्तानले नेपालले दिएको लक्ष्यलाई २ ओभर बाँकी छदै पूरा गरेको थियो ।
प्रतियोगिताको म्यान अफ दी सिरिज नेपाली कप्तान पारस खड्का चुनिए ।
प्रकाशित मिति: २०६९ चैत्र २१ ०७:०३
प्रकाशित मिति: २०६९ चैत्र २१ ०७:०३
ईकान्तिपुर साभार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !