भारत र चीनबीच शक्तिशाली बन्ने होड चलेको छ। विश्वका ४३ प्रतिशत दरिद्र बसोबास गर्ने दक्षिण एसियाको गुरु र ठूल्दाजु बन्न खोज्ने भारतले विश्वको १७ प्रतिशत जनसंख्या ओगटेको छ। तर दुर्भाग्य के छ भने कूटनीतिक खेलमा भारत अझै दोधारमै छ। सन् २००५ मा अमेरिकासँग आणविक गठबन्धन गर्ने भारत अझै आफूलाई असंलग्न ठान्छ। काबुलमा उत्तर एटलान्टिक सन्धि संगठनसँग भारतले गरेको सहकार्य, म्यान्मारमा लिएको अमेरिकापरस्त नीति र छिमेकीलाई हेर्ने दृष्टिकोण आफैंमा परस्पर विरोधी छन्।
अधिकांश भारतीयहरू क्रिकेटमा पाकिस्तानले हार्दा आफूले जितेको ठान्छन्। भारत आफूलाई सन् २०२० सम्म विश्वको चौथो
शक्तिका रूपमा स्थापित गराउन चाहन्छ। त्यसैले चीन र भारतको प्रतिस्पर्धाको असर दक्षिण एसियामा प्रस्ट देखिन्छ। भारतीय कम्युनिस्ट पार्टीलाई भारतको समृद्धिसँग त्यति चासो नभए पनि त्यहाँका कम्युनिस्टहरू मनमनै चीनकै पूजा गर्छन्।
विप्लवदास गुप्ताले ‘नक्सलाइट मुभमेन्ट इन इन्डिया’ पुस्तकमा सन् १९६२ मा चीन–भारत युद्ध हुँदा भारतीय कम्युनिस्टहरूले भित्रभित्रै चीनको समर्थन गरेको कुरा लेखेका छन्। चीनले ‘सगरमाथा चीनमा पर्छ’ भन्ने दाबी गर्दा पुराना कम्युनिस्ट नेता शम्भुलाल श्रेष्ठले ‘चीनकै हुनसक्छ’ भनेको कुरा इतिहासकार गृष्मबहादुर देवकोटाले ‘नेपालको राजनीतिक दर्पण’ मा लेखेका छन्।
‘नेपाल कम्युनिस्ट पार्टी’ (नेकपा) ब्रान्डका सबै पार्टीमा को बढी ‘भाकपा’ र ‘चिकपा’ जस्तो देखिने भन्ने होडबाजी छ। सीताराम यचुरीलाई ‘नेकपा’ ब्रान्डकै बलमा नेपालको संसद्मा ‘अतिथि’ बनाइयो भने भाकपा र चिकपाका मठाधीशहरूलाई (नेकपा एमाले, माले, क्यास–ड्यास माओवादीलगायतका सबै कम्युनिस्ट) परिवारले मूलघर नै ठान्छ। त्यसैले आफूलाई ‘अन्तर्राष्ट्रवादी’ भनेर पाखण्ड प्रदर्शन गर्ने कम्युनिस्टहरू राष्ट्रवादलाई सस्तो लोकप्रियताको नारा मात्र बनाइरहेका छन्।
अफ्रिकाको भ्रमणमा गएका चीनका राष्ट्रपति सी जिनपिङले अफ्रिका महादेशमा चीनले ठूलो व्यापार गर्न चाहेको संकेत दिएका छन्। खनिज र तेलमा अफ्रिका सम्पन्न छ। कंगो र ब्राजिल जोड्न चीनले त्यहाँ बाटो बनाउँदैछ। कंगोमा बन्दरगाह बनाउँदैछ। नेपालमा समुद्र छैन। त्यसैले बन्दरगाह पनि छैन, तर यहाँका कम्युनिस्टहरू विदेशीका बन्दर (बाँदर) बनेका छन्। विदेशीले उपद्रो गर्न उक्साउँदा यी चिकपा र भाकपालाई प्रसन्न पार्न चैते बाँदर भएर उफ्रिन्छन्।
माओवादीको नाम चिकपा (चिनियाँ कम्युनिस्ट पार्टी) सँग मिल्दोजुल्दो छ, तर एमाओवादीमा भाकपा र ड्यास माओवादीमा चिकपा निकट बन्ने रहर देखिन्छ। एमाले त दक्ष प्रजापति जस्तो छ। संदिग्ध चरित्र भएकाले प्रधानमन्त्री पदमा रहेका बेला एमाओवादीका एकजना नेतालाई ‘भाकपा’ ठानेर चीनले बोलाएन। एमालेका मठाधीश तत्कालीन प्रधानमन्त्रीलाई चिकपाको चिप्स ठानेर भारतले बोलाएन। नाम ‘नेकपा’ राखे पनि नेपालमा नेपाल र नेपालीको हित चाहने कम्युनिस्टहरू थोरै मात्र छन्, तर उनीहरू चुनाव जित्न सक्दैनन्।
नेकपा गोत्रका कम्युनिस्टहरू भाकपा–चिकपामा मात्र छैनन्, विस्तारै क्रिकपा (क्रिस्चियन कम्युनिस्ट पार्टी) र अकपा (अमेरिकी कम्युनिस्ट पार्टी) जस्तो हुने होडबाजी चलेको पाइन्छ। धेरैलाई आश्चर्य लाग्ला, सन् १९१९ मा अमेरिकामा कम्युनिस्ट पार्टी खुल्यो। तर त्यो मरिचझैं चाउरिएको छ। त्यहाँ ‘वाईसीएल′ पनि छ। तर कानुन पालना गर्नुपर्ने भएकाले नेपालका कम्युनिस्टझैं उनीहरू श्री ३ हुन पाउँदैनन्। सन् २०११ को तथ्यांकअनुसार अमेरिकामा दुई हजारजना जति कम्युनिस्ट छन्। एक सयजनाको सिनेट र चार सय पैंतीसजनाको हाउस अफ रिप्रेजेन्टेटिभ (तल्लो सदन) मा कम्युनिस्ट शून्य छ। प्रान्तमा पाँच हजार चार सय १० प्रतिनिधिमा एउटा पनि कम्युनिस्ट छैनन्। तर नेपालमा कार्टर सेन्टर, डीएफआईडीलगायतका अमेरिकी, युरोपेली संस्थाहरू कम्युनिस्टहरूलाई साह्रै माया गर्छन्। भारतले आफ्नो देशका माओवादीलाई ‘आतंकवादी’ र नेपालका माओवादीलाई ‘लोकतन्त्रवादी’ भन्छ। नेकपाको आवरणमा नेपाल अकपा–चिकपा र भाकपाको ह्याचरी उद्योग भएको छ।
२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मेका मदन भण्डारीले कम्युनिस्ट भएर पनि राष्ट्रवादी लाइन लिन खोजे। उनलाई चाँडै परलोक पुर्यािइयो। मातृका यादवले हालै एउटा अन्तर्वार्तामा भनेका छन्– झलनाथ खनाल भन्नुहुन्छ, राष्ट्रवादी हुन खोज्दा मदन भण्डारी बनाइदिन्छन्। हामी मदन भण्डारी हुन सक्दैनौं। २०५० जेठ ३ गते चितवनको दासढुंगामा भण्डारीको रहस्यमय मृत्यु भएपछि महाकाली सन्धि, टनकपुर प्याकेज, नागरिकता विधेयकलगायतका धेरै एजेन्डामा नेकपा नामधारी दलहरू स्खलित भए। २०५८ जेठ १९ गते राजा वीरेन्द्रको हत्या भयो। तर बाह्यशक्तिको दबाबमा एमालेका एकजना नेता छानबिन आयोगमा बस्न मानेनन्।
‘नेपालको राष्ट्रिय सुरक्षात्मक रणनीति तथा नेपाल–चीन सम्बन्ध’ ग्रन्थको पृष्ठ १९ मा चीनका प्राध्यापक वाङ चुङले नारायणहिटी हत्याकाण्डमा भारत र अमेरिकाको खुनी हात रहेको आरोप लगाएका छन्। तर इतिहासप्रति समेत संवेदनशील नदेखिएका नेपालका कम्युनिस्टहरू बाह्य शक्तिका दास बनेर तालिवानीहरूझैं विदेशीका भाडाका सिकारी (मर्सिनरी) बनेका छन्। त्यसैले राष्ट्रियता र प्रजातन्त्र दुवै धरापमा परेको छ।
— युवराज गौतम, तरुण

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !