काठमाडौ, - टेलिभिजन प्रस्तोताबाट फिल्मी नायक बन्न आएका बलिउड कलाकार आयुष्मान खुराना अहिले आफैले खेलको भूमिकाप्रति खुलेर कुरा गर्न अप्ठेरो मान्छन् । प्रदर्शन हुन बाँकी चलचित्र नौटंकी साला मा लिप लक टङ किस दिएका उनी यो सिनबारे कुरा गर्दा लाजले भुतुक्कै हुन्छन् ।
चलचित्रको एक गितमा उनले नायिका पूजा साल्वीसँग लामो
किस गरेका छन् । जुन दृश्यलाई निर्माण पक्षले प्रमोशनले भिडियोमा समावेश गरेपछि चल्नुअघि नै फिल्मकौ चर्चा सुरु भएको छ ।
तर नायक खुरानलाई भने यस्ता दृश्य प्रमोशनल भिडियोमा नराखेकै राम्रो लाग्छ । 'प्रमोशनल भिडियोमै यस्ता दृश्य राखेपछि परिवारमा फिल्मबारे नकारात्मक धारणा बस्छ', सञ्चारमाध्यमसँग उनले भनेका छन्,'अनि परिवारसँगै फिल्म हेर्न जान सकिदैन् ।'
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !