तन्नेरी पुस्ता आजको लागि बाँच्छ। समाजको गतिहीन अवस्था देखेर उसलाई झर्को लाग्छ। कहाँ मानिस चन्द्रमामा घुमेर आइसके, हामीलाई भने जाबो आइफोनकै रहर छ। संसारमा भइरहेको भौतिक विकासको एक छेउ पनि आफ्नो देशमा देख्न नपाउँदा मनमा विद्रोहको ज्वारभाटा उठ्नु स्वाभाविक हो। सजना बराल र संगीता श्रेष्ठले यसपटक नेपाली युवापुस्ताको ढुकढुकी सुन्ने प्रयास गरेका छन्। सय अंक विशेष सामग्री
सोझो भाषामा हिजो र आजमा देखिने अन्तर नै परिवर्तन हो। मान्छेको लवाइ, खुवाइ र जीवन जिउने तरिकामा आउने परिवर्तनले समाजलाई नौलो रूप दिन्छ। त्यो रूप नै वास्तवमा आधुनिकता हो। हुन त हरेक कालखण्डको वर्तमान समयलाई आधुनिक युग भन्ने गरिएको छ। हिजोका मानिस हिजोलाई नै आधुनिक भन्थे। आजका मानिसका निम्ति अहिलेको समय आधुनिक भएको छ। आधुनिक हुन चाहने मानिस विद्यमान चालचलन र रीतिथितिभन्दा अलग र नयाँ जीवनशैली तथा व्यवस्था अपनाउन चाहन्छन्। नयाँ पद्धतिसँग एकाकार हुने क्रममा समाज विभिन्न जटिलता एवम् कठिनाइबाट गुजि्रन्छ। अहिले नेपाली समाजको अवस्था पनि यस्तै छ।
एकथरी मानिस आधुनिक बन्न खोजिरहेका छन्। उनीहरूले हरेक कुरामा 'सर्टकट' र सजिलो बाटो खोज्न थालेका छन्। पुराना मान्यता र जीवनशैली परित्याग गर्दैछन्। परसंस्कृति ग्रहण गरिरहेका छन्। आफ्ना मौलिक संस्कृति र चालचलन लोप होलान् भन्ने उनीहरूलाई कुनै पीर छैन। त्यस्तो गर्नेमा १५ देखि २५ वर्ष उमेर समूहका मानिस अधिक छन्। तर, २५ देखि ३५ वर्षसम्मका मानिस आफ्नो करिअर, रोजगारी, भविष्य र परिवारप्रतिको जिम्मेवारीबोधले गम्भीर भएका हुन्छन्। ख्यालठट्टा र मनोरञ्जनमा उनीहरूको सीमित संलग्नता हुने गरेको छ। परिवर्तन वा आधुनिकताप्रति रुचि भए पनि यसलाई 'इन्ज्वय' गर्ने मानसिकता उनीहरूसँग छैन।
०००
युवायुवती भने देखासिकी र लहैलहैमा अनेक गरी हिँड्छन्। नयाँ सोच, प्रविधि र जीवन शैली उनीहरूका लागि आकर्षणका विषय हुन्छन्। उनीहरूको यही प्रवृत्तिले नेपाली समाजलाई आधुनिक बनाउँदैछ। १५ देखि २५ वर्षका मानिस हिजोलाई बिर्सिने र भोलिको चिन्ता नगर्ने स्वभावका हुन्छन्। आजकै दिनमा 'वाइल्ड इन्ज्वय' गर्नु उनीहरूको मुख्य ध्येय हुन्छ। 'जे गर्नुछ, आजै गर्नुपर्छ,' बालुवाटार, काठमाडौँका २१ वर्षीय श्याम तामाङले भने, 'भोलि त मरिन्छ कि बाँचिन्छ के थाहा?' स्नातक दोस्रो वर्षमा अध्ययनरत उनलाई भविष्यमा के बन्ने केही थाहा छैन। 'खै, के बन्ने के?' उनले अन्योल व्यक्त गरे, 'भोलिको लागि को अहिलेदेखि सोचिराख्छ? जो होगा देखा जाएगा।'

युवायुवतीका डायरीमा अहिले नै सोच्नुपर्ने विषय हुँदै नभएका चाहिँ होइनन्। कहाँ घुम्न जाने? सपिङ गर्न वा फिल्म हेर्न कहिले जाने? कसलाई पार्टनर बनाउने? कुन ब्रान्डको गिटार, बाइक वा स्कुटी किन्ने? कोसँग गाँठ माग्ने? जस्ता विषयमा उनीहरूले तत्काल दिमाग खियाउनुपर्छ। पढाइ-लेखाइ, घर-परिवार वा भविष्यबारे उनीहरू कमै मात्र चिन्तनशील हुन्छन्। घुमघाम, सपिङ, च्याटिङ, बाइक राइडिङलगायत कार्यमै उनीहरू समय खर्चिने गर्छन्। गट्ठाघर, भक्तपुरकी १९ वर्षीया गंगा बराललाई मेकअप र सपिङ गर्न असाध्यै मन पर्छ। भन्छिन्, 'महिनाको आठ-नौ सय रुपैयाँ ब्युटिपार्लरमै खर्च हुन्छ।' सामाखुसी, काठमाडौँकी सुष्मिता पुनलाई भने बजारमा नयाँ डिजाइनका लुगा देख्यो कि किन्न मन लागिहाल्छ। वर्तमान पुस्ताको हेडोनिस्ट (उपभोगवादी) प्रवृत्ति प्रतिनिधित्व गर्ने एक पात्र हुन् उनी।
युवायुवतीका यस्ता सोख र जीवन शैली समाज परिवर्तनका वाहक भएका छन्। नयाँ पद्धति वा शैलीप्रति आकर्षित भइहाल्ने उनीहरूका लागि आधुनिक हुनु भनेको समयसँगै हिँड्नु हो। 'सधँै सारीचोलोमात्रै लाउने कुरा पनि त भएन,' तरुण उच्च मावि, बालाजु, काठमाडौँकी अरुणा लामाले तर्क गरिन्, 'समयअनुसार चल्नु राम्रो कुरा हो।' आधुनिकतालाई जसले जसरी व्याख्या गरे पनि युवा पुस्ता आधुनिक हुन आतुर छ। लिंकन कलेज, सामाखुसीकी सिर्जना प्रजापतीका अनुसार आधुनिकताले समाजलाई माथि उठाउन साथ दिन्छ। 'लवाइ-खुवाइले मात्रै आधुनिकता झल्काउँदैन,' उनको भनाइ छ, 'आधुनिकताले नयाँ-नयाँ सोचको पनि विकास गराउँछ। नयाँ सोचले नयाँ प्रविधि जन्माउँछ, जसले समाजको विकास हुन्छ।'

यद्यपि अधिकांश मानिस आधुनिक हुनु भनेको मनोरञ्जन, सुविधा र विलासिताको जीवन बाँच्नुमात्रै हो भन्ने बुझ्छन्। यस्तो एट्टिट्युड प्रायः २५ वर्षभित्रका लक्का जवानले राखेका हुन्छन्। उनीहरूलाई लुगाफाटोमा जस्तै प्रविधि र ग्याजेटमा पनि उत्तिकै चाख हुन्छ। मोबाइल, आइफोन, आइप्याड आदि साधनप्रति अहिले युवा वर्ग असाध्यै चनाखो भएका छन्। आफूलाई जान्नेसुन्ने र मोडर्न देखाउन प्रविधिको ज्ञान हुनुपर्ने क्याम्पेन कलेज, महाराजगञ्जका सञ्जय श्रेष्ठले बताए। 'मान्छेहरू चन्द्रमामा पुगेर आइसके,' उनले भने, 'आफूलाई भने जाबो आइफोनको बारेमा पनि थाहा भएन भने त लाजै हुन्छ।' इज्जत जोगाउनलाई पनि युवा पुस्ता आफूलाई समयअनुसार 'अपडेट' गराउँछन्। यसरी 'अपटू डेटेड' हुनुलाई आधुनिक भएको मानिन्छ।
आधुनिक बन्ने होडमा युवायुवतीले डिस्को र क्लब जाने, पार्टी आयोजना गर्ने, क्लास बंक गर्ने, पाटर्नर बनाउने जस्ता नवीनतम चलन भिœयाएका छन्। विदेशी फिल्म र गीतसंगीतबाट केटाकेटीको ड्रेसअप, बोली, हाउभाउ र इटिङ ह्याबिट पनि प्रभावित भएका छन्। शहरबजारमा जन्मेहुर्केका कतिपय युवतीले आजीवन कुर्तासुरुवाल लगाएका हुँदैनन्। उनीहरूको बोलीमा 'नेपांग्रेजी' शब्द मिसिएका हुन्छन्। काँटा-चम्चाविना उनीहरू भात पनि खान जान्दैनन्। बर्थ डे मनाउने प्रचलन व्यापक हुँदैछ। सानै उमेरमा बाइक र स्कुटीको माग गर्ने छोराछोरीले बाबुआमाको टाउको खान थालेका छन्। यी सबै आधुनिकीकरणका प्रभाव हुन्।
'यो उमेरमा रमाइलो नगरे कहिले गर्ने?' भन्ने सोचबाट प्रेरित छन् युवाहरू। उनीहरूलाई 'आज'को महत्व ठूलो छ। त्यसकारण आधुनिकता उनीहरूलाई वरदान भएको छ। यसले भिœयाएका साधन र मनोरञ्जनका उपायले १५ देखि २५ वर्षसम्मका मानिसलाई 'आज'मा रम्न सिकाएका छन्। उनीहरू यसमा खुसी छन्।
०००
२५ देखि ३५ वर्ष उमेर समूहका अधिकांश मानिस चाहिँ समाजमा घुलमिल हुनका लागि मात्रै परिवर्तन रुचाउने वा आवश्यकताका लागि आधुनिक बनिदिने खालका हुन्छन्। सुखसुविधाका लागि जीवन शैलीमा परिवर्तन ल्याए पनि टिनएजरझैँ उनीहरू मोजमस्ती गर्दैनन्। उमेरजन्य गम्भीरताले उनीहरूलाई छोपेको हुन्छ। यो उमेर समूहका मानिस तनावग्रस्त छन्। उनीहरू समस्याले घेरिएका, चुनौतीसँग लडिरहेका, करिअर र भविष्यप्रति चिन्तित छन्। आजका लागि होइन, उनीहरू भोलिका लागि सोच्ने गर्छन्। तर, आज र भोलिको तारतम्य मिलाउन उनीहरूका लागि त्यति सहज छैन। उनीहरू पनि 'आज'मा रमाउन चाहन्छन्, खुसी हुन चाहन्छन्, बाँच्न चाहन्छन्। तर, भोलि के होला? कसरी बाँचिएला? त्यसकोे चिन्ताले उनीहरू आज पनि चैनले बाँच्न सकिरहेका छैनन्।

आधुनिक जीवन शैलीलाई चुनौतीका रूपमा लिएको बताउँछिन् नेपाल इन्स्टिच्युट फर पोलिसी स्टडिजकी प्रोग्राम अफिसर रमला भण्डारी। 'मोर्डन वर्ल्डकी वर्किङ वुमनले परिवार, काम, करिअर र घरव्यवहारलाई सँगसँगै लग्नुपर्छ,' उनी भन्छिन्, 'यी कुरालाई एकैचोटि लग्न एकदमै गाह्रो हुँदो रहेछ। सबैथोक मिलाउन खोज्दा आफैँ तनावमा परिदोँ रहेछ।' आधुनिक जीवन स्ट्रेसफुल भएकोे उनको भनाइ छ। भन्छिन्, 'टेन्सन छ जिन्दगीमा।' उनकै कुरामा सहमत छिन्, इलेक्ट्रोनिक इञ्जिनियर उमा सापकोटा। छोरीबाट बुहारी भइसक्दा पनि स्वतन्त्र रूपले कामका लागि बाहिर हिँड्न पाउनु आधुनिकताको राम्रो पक्ष भएको उनी बताउँछिन्। तर, बढ्दै गएको देखासिकीले जीवनमा नराम्रो असर पारेको उनको बुझाइ छ। 'आजभोलि जे कुरामा पनि कम्पिटिसन छ। अरूको देखासिकी गर्ने प्रवृत्ति बढेको छ। आफ्नो स्ट्याटस मेन्टेन गर्ने चक्करमा मान्छे नराम्रो काम गर्न पनि हिचकिचाउँदैनन्।'
भविष्यप्रति असाध्यै चिन्तित छ यो पुस्ता। आजको कमाइ भोलिका लागि बचत गर्न चाहन्छन् उनीहरू। 'भोलिका लागि बचत गरुँ भनेर सोचिन्छ तर डे टू डे लाइफमा हुने खर्चले कहाँ बचत गर्न दिन्छ र?' भण्डारी भन्छिन्, 'आम्दानी जतिको त्यति नै छ तर खर्च दिन प्रतिदिन बढ्दै गएको छ।'
आधुनिकताले हरेक क्षेत्रमा प्रतिस्पर्धा बढाएको छ। पढेपछि जागिर पाइन्छ भन्ने दिन गइसके। प्रतिस्पर्धाविना केही हासिल हुँदैन। देशको अस्थिर राजनीतिले हरेक कुरालाई अस्थिर बनाएको छ। निजी होस् वा सरकारी जुनसुकै क्षेत्रमा पनि जागिर पाउनु आकाशको फल टिप्नुसरह भएको छ। उच्च शिक्षा हासिल गरेर पनि फ्रस्टे्रटेड छिन्, आरआर क्याम्पस, काठमाडौँमा अध्ययनरत हिमाली अधिकारी। 'मास्टर्स पढेपछि पनि भनेजस्तो काम पाइएन,' उनी भन्छिन्, 'लाइफ नै कता जाने हो भन्ने अन्योल छ। विदेश जाउँ कि भन्ने सोच आइरहेको छ।' विदेशमा काम गर्ने साथीहरूको प्रगतिले उनलाई पनि लोभ्याएको छ। भन्छिन्, 'बाहिर जाँदा कम्तीमा लिभिङ स्ट्याटस त मेन्टेन हुन्छ।' पत्रकारिता पढेर बाँच्न सकिन्छ भन्नेमा उनी विश्वस्त छैनन्। करिअरलाई 'ट्वीस्ट' दिन उनी कानुन पनि पढिरहेकी छिन्।
देशको आर्थिक अवस्था खस्कँदो छ। यस्तो अवस्थामा आम मानिसको अवस्था खस्कनु स्वाभाविक नै हो। आधुनिक जीवनको दौडमा हरेक मानिस आफूलाई प्रतिष्ठित देखाउन चाहन्छ। यसका लागि आर्थिक रूपमा बलियो हुनु अत्यावश्यक छ। तर, नेपालीका आयस्रोतभन्दा खर्च बढी छ। नेपालीले सानादेखि ठूला सामानका लागि अन्य मुलुकमा भर पर्नुपर्छ। सबै कुरा किन्नैपर्ने हुन्छ। 'मोडर्न लाइफ गाह्रो छ,' भन्छन् मंगोलियन हार्ट ब्यान्डका गिटारिस्ट बबी लामा, 'लुगा, जुत्ता, हेयर स्टाइल, एक्सेसरिजमा हुने खर्च व्यहोर्न धौ-धौ हुन्छ। तर, समाजमा आफूलाई मोडर्न देखाउनु त पर्छ नै।' भोलि के होला? भन्ने पीर हुँदाहुँदै पनि आजको लागि पनि सोच्नुपर्दा असाध्यै धपेडी हुने उनी बताउँछन्।
आधुनिक जीवन बाँच्न संर्घष गरिहेका छन्, २५-३५ वर्षका युवा पुस्ता। काम, करिअर र जिम्मेवारीबीच उनीहरूले आफ्नो व्यक्तिगत जीवनलाई नै भुलेका छन्। 'तनावले आफूलाई नचिन्ने बनाउँदो रहेछ,' भन्छिन् अधिवक्ता सुजाना मर्हजन, 'काममा व्यस्त भइन्छ। कामबाट केही समय पाइयो भने घरव्यवहारमा व्यस्त। भोलिका लागि आजैदेखि जोरजाम गर्नुपर्यो। बाँच्नुका लागि ठूलो संघर्ष गर्नुपरेको छ।' उनीजस्तै काठमाडौँमा लाखौँ युवा छन्, जो बाँच्नका लागि संघर्ष गरिरहेका छन्। तीमध्ये एक हुन्, कन्टिनेन्टल कन्सलटेन्सीकी म्यानेजिङ डाइरेक्टर विद्या श्रेष्ठ। 'आजभोलि शारीरिकभन्दा मानसिक थकान बढी हुने गरेको छ। काममा मात्र केन्द्रित मानिस इन्ज्वय गर्न बिर्सिन्छ। यसो हुँदा निराश भइन्छ,' उनी भन्छिन्, 'कामको बोझले समय मिलाउनै गाह्रो पर्छ।'
०००
व्यस्त जीवनशैलीका कारण अहिले मानिससँग समय अभाव छ। सबै आ-आफूमा व्यस्त छन्। आफूबाहेक अरूका लागि कमैसँग समय छ। साथीभाइसँग भेटघाट पातलिएको छ। सँगै बसेर चिया पिउने साथीलाई भेट्न चाडपर्व कुर्नुपर्छ भन्छन्, ग्राफिक डिजाइनर अनुप श्रेष्ठ। 'साथीहरू आ-आफ्नो काममा सेटल भइसके। आफ्नो फुर्सद भयो भने साथीहरूको हुँदैन। साथीहरूको फुर्सद भए आफ्नो हुँदैन,' उनले भने, 'मोडर्न लाइफको भागदौडमा साथीभाइ र आफन्तसँग टाढिएको छु।'

आजका मानिसले एक जटिल प्रश्नको उत्तर पाइरहेका छैनन्। त्यो हो- कति भए पुग्छ? सुखी जीवन बाँच्न कति पैसा, कति समय, कति सम्पत्ति, कति साधन, कति प्रतिष्ठा भए पुग्छ? जवाफ कसैसँग छैन। सायद आधुनिक जीवनको सबैभन्दा महत्वपूर्ण सवाल यही हो।
-- नागरिक न्युज
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !