स्कुल तथा कलेजका विद्यार्थीले हतियार प्रयोग गरी हत्या आतंक मच्चाउने गरेको संयुक्त राज्य अमेरिकामा पुनः यस्तै अर्को एक घटना भएको छ । एकजना विद्यार्थीले आफूसँगको हतियार प्रयोग गरी सो
कलेजका कम्तीमा पनि १४ जना विद्यार्थीलाई घाइते बनाएको बताइएको छ । रातो कपाल भएको एकजना विद्यार्थीले हस्टनबाट करिब ६० माइल पर रहेको सो कलेजमा अन्धाधुन्द छुरा प्रहार गरेका थिए । सो विद्यार्थीको उमेर २१ वर्षको रहेको छ । उसले जथाभावी रुपमा छुरा प्रहार गर्न थालेपछि स्थानीय प्रहरीले सबैलाई सतर्क बनाएको थियो ।
केही समयको प्रयासपछि उसलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ । उसलाई हाल प्रहरी हिरासतमा राखिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था निकै गम्भीर रहेको छ । घाइतेहरु सबैको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ । अमेरिकामा यस्ता घटना समय समयमा हुने गर्दछन् ।
केही समयअघिमात्र पनि एक स्कुले विद्यार्थीले गोली प्रहार गरी १८ जनाको हत्या गरेको थियो । सो घटनापछि अमेरिकामा हतियारमाथि प्रतिबन्ध लगाउनुपर्ने विषयमा चर्काे बहस सुरु भएको छ । एएफपी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !