CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » डेढ करोड पानीमा ??

डेढ करोड पानीमा ??


काठमाडौ, चैत्र २१ - सुख्खायाम र काठमाडौंको कमजोर खानेपानी व्यवस्थापनका कारण राजधानीमा दैनिक करिब डेढ करोड रुपैयाँको खानीपानी बिक्री वितरण हुने गरेको छ । कमजोर वितरण व्यवस्था र बढ्दो जनसंख्याका कारण पानी उपभोक्ताले बढी खरिद गर्नुपरेको हो ।
उपत्यकावासीले झन्डै १० लाख बराबर जारको पानी, ६० लाख बराबरको बोतलको पानी, ७५ लाख बराबरको ट्यांकरको पानी र केयूकेएलबाट दैनिक १० लाख रुपैयाँको पानी किन्दै आएका छन् । केयूकेएलले गर्मी याममा १० करोड र निजी क्षेत्रले १०
करोड लिटरभन्दा बढी पानी वितरण गर्दै आएको छ ।
काठमाडौं उपत्यका व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक शिवराज पाठकले गर्मीयाममा पानीको माग बढ्ने भएकाले बिक्री पनि बढी हुने गरेको बताए । दैनिक छ सयभन्दा बढी खानेपानीका ट्याङ्करले उपभोक्तालाई पानी आपूर्ति गर्दै आएको उनले बताए । दैनिक पाँच करोड लिटरभन्दा बढी निजी ट्याङ्करले पानी आपूर्ति गर्दै आएको उनले बताए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले करिब २० वटा भन्दा बढी ट्याङ्करमार्फत पानी बिक्री-वितरण गर्दै आएको छ । निर्देशक पाठकका अनुसार दैनिक निजी र सरकारी क्ष्ाेत्रले कति मात्रामा पानी बिक्री-वितरण गर्छ भन्ने आधिकारिक तथ्यांक भने नभएको बताए । 'डेढ करोड रुपैयाँभन्दा बढी नै हुन सक्छ, किनभने खानेपानी ट्याङ्कर व्यवसायी धेरै छन्,' उनले भने ।
बोर्डको तथ्याङ्कमा २ सय ७५ वटा र केयूकेएलले ७३ वटा जति डिप बोरिङहरू दर्तामा रहेका छन् । निजी क्षेत्रका २ सय ७५ वटा डिप बोरिङले ट्याङ्करबाट मात्र गर्मी याममा दैनिक करोड लिटरभन्दा बढी पानी आपूर्ति गर्दै आएका छन् ।
प्रकाशित मिति: २०६९ चैत्र २१ १२:०५ 
ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis