पूर्वीय ग्रन्थले त्यसै उल्लेख गरेको थिएन, मदिरा र मेनकाका चर्चा। मदिरा अर्थात् नशाका कुरा र मेनका अर्थात् युवतीका कुरा। यही ग्रन्थका विविध पक्षमा अहिले काठमाडौं हराइरहेको छ। र, यसको एउटा पाटोमा नयाँ पुस्ता पनि रुमल्लिरहेको छ। भविष्यको चिन्ताविनै मझधारमा अलमलिएको छ। रेस्टुरेन्टमा मदिराको लत, कलेजमा
ड्रग्सका कैयन काण्डहरूमा मुछिएको छ। यो स्वाभाविक कुरा होइन। अहिले लागूऔषध अपराध ब्युरोको रेकर्डलाई हेर्ने हो भने पनि घटना वर्षैपिच्छे भयानक र भयावह हुँदै गइरहेको छ। अब यो अवस्थालाई नियन्त्रण गर्ने अथवा न्यूनीकरण? यसबारेको चर्चामा राज्य, अभिभावक र सम्बन्धित पक्ष उभिनु आवश्यक छ।
नियन्त्रणका लागि नियमन आवश्यक हुन्छ। न्यूनीकरणका लागि जनचेतना। कतिपय समस्याहरू नियमनबाट नियन्त्रण गर्दा भन्दा चेतनाबाट न्यूनीकरण गर्दै लैजानुमा उपयुक्त देखिन्छन्। झनै मानिसका दैनिक कार्ययोजना जस्तै बनेका कतिपय कुरालाई त निषेध गर्ने जमर्कोले त्यसको न्यूनीकरण सम्भव छैन। काठमाडौंमा चलेका कैयन राम्रा पाठशालाहरूको एउटा कथा छ। ती पाठशालाहरू विभिन्न बहानामा वैज्ञानिक दुनियाँमा छिरेर भए पनि चलिरहेका छन्। तिनले वर्षेनी कस्ता र कति राम्रा विद्यार्थीहरूको उत्पादन गरिरहेको छ त्यो एउटा कुरा। तर, पाठशालासँग जोडिएको होस्टेलले काठमाडौंको मुहारमा कुन छाप छाडिरहेको छ? त्यो विश्लेषण गर्नैपर्ने बेला भइसकेको छ।
गुरुकुल पौराणिक पाठशालाको नाम थियो। ग्रन्थहरूमा हामीले पढेका पनि छौं ती पाठशालाहरूसँग जोडिएका आवासको नै अंग्रेजी नाम होस्टल हो। पाठशालासँग जोडिएका अनेक आवासहरूमा शिक्षाका अतिरिक्त कक्षा हुनुपर्छ, यो मान्यताले होस्टेलको विकास हुने हो। होस्टेल राज्यनीति सिकाउने संस्थासम्मका रूपमा परिभाषित भएका छन्। सामान्यतया अहिले पनि गाउँघरतिर होस्टेल बसेर पढ्नेहरूको शैक्षिक समय व्यापक हुने भएकाले उनीहरू ‘ट्यालेन्ट’ हुन्छन् भन्ने चर्चा चलिरहन्छ। झन् राजधानीका होस्टेलहरूमा बस्नेका चर्चा कम्ती हुँदैन। तर, आजभोलि होस्टेल शिक्षाको दीप लिएर अघि बढ्नेभन्दा पनि अपराधको अखडाका रूपमा परिभाषित हुन थालेका छन्। काठमाडौंका धेरै ठाउँमा खुलेका होस्टलहरू ड्रग्स, सेक्स र रंगीन दुनियाँमा भुल्ने अखडा बन्न थालेका छन्। यो प्रहरीले गरेको अध्ययनले पनि देखाएको छ।
केही महिनाअघि बानेश्वरस्थित होस्टलबाट महानगरीय प्रहरीले तीनजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो। महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वरले ६ महिनामा विभिन्न अपराधबारे गरेको अनुसन्धानमा झन्डै ५० प्रतिशत अभियुक्तहरू होस्टेलमा बस्ने, होस्टलबाट नै विभिन्न गैरकानुनी काम गर्ने फेला पारेको थियो। प्रहरीे तथ्यांकअनुसार ६ महिनामा पक्राउ गरिएका तीन हजार ६ सयजनामध्ये एक हजार चार सय ४० होस्टेलमा बस्ने युवायुवती छन्। पक्राउ परेकामध्ये दुई सय ८८ जनाविरद्ध विभिन्न अभियोगमा प्रहरील्ो मुद्दा नै चल्ााएको थियो। ज्यान मार्ने उद्योग, ल्ाागूऔषध, चोरीजस्ता अपराधमा होस्टेल्ामा बस्ने विद्यार्थीहरूको संल्ाग्नता देखिएको प्रहरी अधिकारीहरूले बताएका छन्। ल्ाागूऔषध नियन्त्रण ब्युरो नयाँबानेश्वरका अनुसार पनि पछिल्लो समय लागूऔषध कारोबार तथा प्रयोगकर्तामा पनि होस्टेलका विद्यार्थीहरूको संख्या बढिरहेको छ।
प्रहरी तथ्यांक यस्तो आएपछि गत पुसदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले होस्टेल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०६९ लागू गरेको थियो। प्रमुख जिल्ला अधिकारी संयोजक रहने सात सदस्यीय जिल्ला अनुगमन समितिले होस्टेल नियमित अनुगमन गर्नुपर्ने व्यवस्था गरेपछि फागुनको अन्तिमसम्म अनुगमन हुनसकेको थिएन। मापदण्डअनुसार कम्तीमा ५० जना बस्ने भएपछि मात्र होस्टेल खोल्न पाइने, गैरविद्यार्थीलाई होस्टेलमा राख्न नपाइने, होस्टेलमा सुरक्षागार्ड, वार्डेन व्यवस्था र सेवा शुल्क, गोपनीयता, अनुशासन, आचारसंहिता लागू गर्नुपर्छ।
नयाँबानेश्वर प्रहरी वृत्तका डीएसपी भीमप्रसाद ढकालका अनुसार होस्टेलमा आपराधिक क्रियाकलापमा संलग्न रहेका र विभिन्न अवैधानिक काम हुन थालेपछि अनुगमनको प्रस्ताव गरिएको थियो। अहिले उपत्यकामा सरदर पाँच सय होस्टेल सञ्चालनमा छन्। तर तीमध्ये डेढ सय मात्र दर्ता र मापदण्डमा रहेको पत्ता लागेको छ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छात्रावास (होस्टेल) सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड मस्यौदा समितिले बनाएको मापदण्डअनुसार अनुगमन सुरु भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माको संयोजकत्वमा रहेको समितिमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, घरेलु अधिकृत, काठमाडौं प्रहरी परिसर प्रमुख, नेपाल होस्टेल व्यवसायी संगठन सदस्य र सहायक प्रमुख जिल्ला अधिकारी सदस्यसचिव रहेको अनुगमन समिति छ।
होस्टेल एसोसिएसनकी अध्यक्ष किरण राजभण्डारीका अनुसार छात्रावास व्यवस्थित सञ्चालन गर्न अनुगमन सुरु गर्न लागिएको हो। केही छात्रावास सञ्चालकहरू मापदण्ड पूरा गर्नुको साटो ‘पेइङ गेस्ट’ राखेको भन्दै तर्किन थालेपछि अनुगमन सुरु गरेको राजभण्डारीले बताइन्। उनका अनुसार देशभरका हजारभन्दा बढी छात्रावासलाई एउटै छातामा ल्याएर सबैका समस्या समाधान गर्ने योजना छ।
छात्रावासहरूमा लागूऔषध सेवन, गुण्डागर्दी र आपराधिक गतिविधि बढेको पाइएपछि अनुगमन सुरु गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्दले बताए। उनका अनुसार अनुगमनबाट छात्रावास, अभिभावक, विद्यालय सबैलाई फाइदा पुग्ने योजना बनाइएको छ।
नेपाली जमातमा प्रहरीले हात हालेको ठाउँमा प्रहरीको स्वार्थ मात्र देख्ने गरिन्छ। तर, वास्तवमै काठमाडौंका होस्टेलहरूमा हुने गरेका गतिविधिहरूको कुनै सीमा छैन। कैयन अपराधका शृंखलाहरूको सुरुआत नै त्यहाँबाट हुने गरेको छ। लगामविनाको घोडाको उपद्रो र अभिभावकत्वविनाको स्वतन्त्रतामा रमाउने नाममा एउटा पुस्ता अपराधको दलदलमा लागिरहेको छ। यसको समाधानका लागि अभिभावक, प्रशासन र आमसाधारण जुट्नु आवश्यक छ। जसले सहरलाई अनुशासित बनाउन सिकाओस्।
— विनोद ढकाल, तरुण

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !