CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रेमको शक्ति

प्रेमको शक्ति


मानिसमा ऊर्जा सञ्चारको काम प्रेमले मात्र सम्भव छ। आफैँभित्र रहेको शक्ति प्रयोग गर्न पनि विशेष प्रकारको ऊर्जा चाहिन्छ। नत्र, आफ्नो शक्ति आफैँले चिन्दैनौँ र क्षमताको मूल्यांकन अरूले गरिदिनुपर्छ। 


प्रेमले पापीलाई पनि धर्मात्मा बनाउँछ। नराम्रो कार्यमा लागेका मानिसलाई पनि ठीक बाटोमा ल्याउने प्रेमबारे अमेरिकाको एम्सटर्डम
विश्वविद्यालयमा एक अध्ययन गरिएको थियो। जसले प्रेम पाएकाहरू र प्रेम गर्नेहरू नै बढी रचनात्मक र क्षमतावान् हुने निष्कष निकालेको थियो। हाम्रै परिवेशमा हेर्ने हो भने होस्टलमा बसेका विद्यार्थीभन्दा घरमा आमाबाबुसँग बसेका विद्यार्थी बढी चनाखो हुन्छन् । घरमा झगडा भइरहने परिवारका नानीहरूभन्दा राम्रो परिवारका नानीहरू अब्बल पाइन्छन्। प्रेमले आत्मबल बढाउनसमेत सघाउँछ।

किशोरावस्थामा सही र गलत छुट्याउन गाह्रो हुन्छ। खराब संगतका कारण कतिपय किशोरकिशोरी मानसिक तनावको सिकार बनेका छन्। उनीहरूलाई त्यसबाट मुक्त बनाउन प्रेमको अस्त्र प्रयोग गर्नुको विकल्प छैन। प्रेमका माध्यमबाट मात्रै त्यसको निदान सम्भव छ भन्ने हामीले सोचेको खोइ ?

- यात्रीशेखर , नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis