रिपोर्टिङ्का सिलसिलामा चितवनको हात्ती प्रजनन केन्द्रमा थिएँ। लँगौटी मात्र लगाएका एक वृद्घ राप्ती नदीमा पसे। मैले पारिबाटै फटाफट फोटो खिचेँ। ती वृद्घ आठ-दसपटक नदीमा डुबुल्की मारेर निस्किए। तस्बिर सन्तोषजनक नभएपछि काठेपुल तरेर वृद्घको केही नजिक पुगेँ। उनी नदी किनारमा लुगा लगाउँदै थिए। क्यामेरामा तस्बिर उतार्न लाग्दा उनी त लट्ठी उठाएर मैतिर आए। मचाहिँ उनलाई सम्झाउने उद्देश्यले जहाँको तहीँ उभिइरहँे। उनले सीधै क्यामेरा समातेर भन्न थाले, "तैँले मेरो नांगो फोटो खिचिस्, जरविाना तिर्।" मैले सम्झाउन धेरै कोसिस गरेँ तर उनी डेग चलेनन्।
अन्तमा हार खाएर सोधेँ, जरविाना कति हो ? उनले जवाफ दिए, "५० रुपियाँ।" पर्स निकालेर हेरेँ, १ हजार ३० रुपियाँ रहेछ। हजार दिएर बाँकी फिर्ता माग्ने अवस्था थिएन। त्यसैले मैले २० र १० का दुईवटा नोट दिएर उनको नाम र उमेर सोधँे। नाम मानबहादुर तामाङ, उमेर ८१ वर्ष। सिन्धुपाल्चोकबाट ०२२ सालमा चितवन आएका रहेछन्। उनले सुनाइहाले, "राजा महेन्द्रलाई मुद्दा हाल्ने मै हुँ।" उनको भनाइले ममा कौतूहल जगायो। सोधेँ, "राजालाई किन मुद्दा हालेको त ?" उनी बोलेनन्। मैले उनलाई पुनः प्रश्न गरेँ। उनी कड्किएको शैलीमा 'पहिला पूरा जरविाना तिर् अनि भनौँला' भन्दै हिँडे। मचाहिँ उनको जरविाना तिर्न नसकेर थकथक मान्दै फर्किएँ। घर फर्किएर खिचेको फोटो कम्प्युटरमा डाउनलोड गरेपछि पो थाहा लाग्यो, उनी त लँगौटी खुस्किएको अवस्थामा नदीबाट बाहिर निस्किएका रहेछन्।
-- रबि मानन्धर , नेपाल

kina usko permission begar photo khecheko ta?kina patrika ma publish gare ko timi sajayako hakdar chau hai bro.by law
ReplyDelete