CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » साप्ताहिक सर्वोत्कृष्ट सेक्सी ब्लोअप

साप्ताहिक सर्वोत्कृष्ट सेक्सी ब्लोअप


मोडल हुन् वा नायिका हुन साप्ताहिकको मध्यपृष्ठमा एक न एकपटक छापिनै पर्छ भन्ने मान्यता पनि छ। हुन पनि साप्ताहिकको मध्यपृष्ठबाट कैयन् सुन्दरीले करियरको ढोका खोलेका छन्। मोडलिङ तथा चलचित्रमा चिनिएका मुहारहरूलाई पनि मध्यपृष्ठमा प्रकाशित ब्लोअपले थप प्रसिद्धि दिएको छ। साप्ताहिकले हरेक ब्लोअपलाई थप आकर्षक र अर्थपूर्ण बनाउने कन्सेप्टमा आधारित तस्बिरहरूलाई महत्व दिने गरेको छ। त्यसैले पनि अंकैपिच्छे प्रकाशित अधिकांश तस्बिर आकर्षक हुनुका साथै पाठकहरूका लागि रुचिकर खुराक भैरहेका छन्। 

अठारौं वर्ष प्रवेशांकदेखि उन्नाइसौं वर्ष लाग्ने अघिल्लो अंकसम्मका मध्यपृष्ठमा समावेश सुन्दरीका तस्बिरलाई पाठकहरूबाट प्राप्त एसएमएस मतका आधारमा सर्ट लिस्टिङ गरेर उत्कृष्ट २० वटा ब्लोअप छनोटमा परे, जसलाई पाठकहरूले पनि निकै मन पराएका थिए। पि्रयंका कार्की, सन्ध्या जोली, झरना गुरुङ, पुजा नेपाली, सरु बन, पार्वती राई, रेश्मा प्रसाईं, नीता ढुंगाना, सुमिना घिमिरे, फोबी रिमाल, राचु आले, सृष्टि श्रेष्ठ, शिवाङ्गिनी राणा, मेरिशा लिम्बु, श्वेता भट्टराई, प्रनिशा सिलवाल, संगम राई 'लभ्ली' तथा एलिना बाँसकोटालाई उत्कृष्ट २० मा छनौट गरिएपछि समाजका विभिन्न पेसामा संलग्न व्यक्तित्वहरूबाट अन्तिम छनौट गरेर सर्वोत्कृष्ट १२ को सूची तयार भयो। 

उत्कृष्ट २० बाट गायक प्रमोद खरेल, गीतकार तथा उपन्यासकार राजेन्द्र थापा, नाट्यकर्मी कलाकार राजन खतिवडा, कोरियोग्राफर तथा इभेन्ट म्यानेजर धीरज तण्डुकार, चलचित्र निर्देशक निश्चल बस्नेत, चलचित्र छायाँकार तथा निर्माता सुसन प्रजापति, म्युजिक भिडियो, टेलिविज्ञापन तथा चलचित्र छायांकार विदुर पाण्डे, चलचित्र निर्माता तथा वितरक प्रदीपकुमार उदय, होटल मनाङ्का कार्यकारी निर्देशक तथा गीतकार देवेन्द्र गिरी एवं चलचित्र नायक सुवास थापाबाट छुट्टाछुट्टै निणर्ायक मत संकलन गरेर वर्षभरिका सर्वोत्कृष्ट १२ ब्लोअप सुन्दरी छनौट गरियो, जसमध्ये सर्वाधिक मत पाएर २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठको ब्लोअप अब्बल ठहरिएको छ। 

साप्ताहिकको मध्यपृष्ठ -ब्लोअप) लाई पाठकले हरेक साता मोबाइल एसएमएस बक्समा क्द्य लेखेर स्पेस दिएपछि मन परेको वा नपरेको जानकारी ८०८० मा पठाउनुहुन्छ। विगतमा झैं यसपटक पनि पाठकबाट प्राप्त एसएमएस मत तथा फेसबुक लाइकका आधारमा उत्कृष्ट २० ब्लोअप सुन्दरीको छनौट गरिएको थियो।



सृष्टि श्रेष्ठ नम्बर १

तस्बिर ः एजेन्सीहरू

२०१२ मा मिस नेपाल भएपछि सृष्टि श्रेष्ठको तस्बिर मध्यपृष्ठमा प्रकाशित भयो। चितवनकी सृष्टिले मिस नेपालको उपाधि जितेपछि २०१२ मै चीनमा सम्पन्न मिस वल्र्डमा पनि सहभागीता जनाइन्, जहाँ उनी क्वाटर फाइनलसम्म पुगिन् भने बिच व्युटी शीर्षकमा आठौं स्थानमा रहन सफल भइन्। यसका साथै मिस वल्र्डअन्तर्गत संसारभरका सुन्दरीहरूबीच उनी टप टेन डान्सरसमेत भइन्। लन्डनमा हुर्के-बढेकी सृष्टि हाल लन्डनमै छिन् र उनी त्यहाँ मोडलिङ गर्छिन्। नेपाल सुन्दरी सृष्टिका तस्बिरहरू साप्ताहिकका पाठकहरूले निकै रुचाए, साथै निणर्ायकहरूले पनि उनलाई राम्रो मत दिए र उनको ब्लोअप बर्षकै सर्वाधिक राम्रो ठहरिएको छ।



पि्रयंका कार्की नम्बर २

तस्बिर ःकमल श्रेष्ठ

गत वर्ष अमेरिकाबाट फर्किएपछि पि्रयंका कार्की यति व्यस्त भइन् कि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। पि्रयंका मुख्य भूमिकामा रहेको 'थ्री लभर्स', 'कलिउड' र 'भिजिलान्ते' चलचित्रहरू वर्ष ०६९ मा सार्वजनिक भए। उनले अभिनय गरेका चलचित्रले खासै व्यवसाय गर्न सकेनन्, तर ती चलचित्रमा पि्रयंकाको नृत्य तथा अभिनयको प्रशंसा भने निकै भयो। त्यसैकारण उनको व्यस्तता अहिले अझ बढेको छ। बन्दिपुरमा चलचित्र 'सुन्तली'को छायांकनमा व्यस्त सन् २००५ की मिस टिन नेपाल कार्कीले लेहंगा, साडीजस्ता पहिरनमा खिचेका तस्बिर अधिकांश पाठकले रुचाए भने निणर्ायकहरूले पनि उनका तस्बिरलाई राम्रो माने।





निता ढुंगाना नम्बर ३

तस्बिर ःकमल श्रेष्ठ

गएको वर्ष नीता ढुंगानालाई निकै फाप्यो। स्कुटर दुर्घटनापछि गालामा चोट लागेकाले अब नीताको सुन्दरतामा दाग लाग्यो, उनलाई कसैले काम दिँदैनन् भन्ने हल्ला पनि सुनिए, तर वर्ष ०६९ को अन्त्यमा आएको चलचित्र 'नोटबुक' सफल भएपछि नीताले करियरमा अर्को फड्को मारिन्। गत वर्षको वषर्ामा रोपाइँ गरिरहेको जस्तो गरी कमल श्रेष्ठले गोदावरीमा खिचेका नीताका तस्बिरलाई पाठक तथा निणर्ायकले राम्रो माने। यसका साथै गत वर्ष नै प्रकाशित उनको अर्को ब्लोअपमा उनले कर्कलाको पातले आफूलाई ढाकेको तस्बिरलाई पनि धेरैले ग्ल्यामरस भनेपछि नीतालाई जसो गरे पनि सुहाउने नायिका भनियो।





पार्वती राइर् नम्बर ४

तस्बिर ःनिर्मल श्रेष्ठ

पार्वती राई नृत्यका पारखीहरूमाझ परिचित छिन्। नेपाल टेलिभिजनको कार्यक्रम 'छमछमी'मार्फत उदाएकी पार्वती लोकदोहोरीका म्युजिक भिडियोहरूमा छाएकी छिन्। स्टेज तताउने नृत्य प्रदर्शन गर्न सक्ने भएकीले पार्वती विगत केही समययता देशविदेश सर्वत्र चर्चित छिन्। विशेष गरी विदेशका कार्यक्रमहरूमा उनको माग बढ्दो छ। कार्यक्रमकै सिलसिलामा हङ्कङ पुगेकी पार्वतीको फोटोग्राफर निर्मल श्रेष्ठले स्ट्यान्ली बीचमा आकर्षक तस्बिरहरू खिचेर साप्ताहिकलाई पठाए। ती तस्बिर मध्यपृष्ठमा प्रकाशन भएपछि पाठकहरूले पनि उत्तिकै रुचाउनु भयो। 





फोबी रिमाल नम्बर ५

तस्बिर ः सञ्जय रौनियार

ब्युटिसियन तथा मोडल फोबी रिमाललाई निमा रुम्बाको म्युजिक भिडियो 'रंगाउ“m कि म' ले चिनायो। काठमाडौंको सिनामंगलमा ब्युटिपार्लर सञ्चालन गरिरहेकी फोबीले अरू पनि धेरै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन्। फोटोग्राफर सञ्जय रौनियारले स्टुडियो भित्र खिचेका उनका तस्बिरमा उनी निकै फरक देखिएकी छिन्। ती तस्बिर मध्यपृष्ठमा आएपछि कतिपयले उनलाई विदेशी युवतीसमेत भने। साप्ताहिकका पाठकहरूले राम्रो मानेका उनका तस्बिर १० जना निणर्ायकलाई समेत मनपर्‍यो।



सिमरन मुखर्जी नम्बर ६

तस्बिर ः सञ्जय रौनियार

२२ वर्षअघि कलकत्तामा जन्मिए पनि विगत २० वर्षदेखि काठमाडौं बस्दै आएकी सिमरन मुखर्जीले हयात् रिजेन्सी होटलमा सम्पन्न फेसन सोपछि मोडलिङ यात्रा थालेकी हुन्। त्यसका साथै उनले चलचित्र 'सिमलको फूल'मा समेत अभिनय गरेकी छिन्। कस्मेटिक्स तथा पहिरनहरूको व्यवसाय गरिरहेकी सिमरनका तस्बिर फोटोग्राफर सञ्जय रौनियारले आफ्नो स्टुडियोमा खिचेका हुन्। साप्ताहिकमा प्रकाशित भएपछि ती तस्बिर धेरैले मन पराए। 





शिवा·निी राणा नम्बर ७

तस्बिर ः महेश प्रधान

नेपालगञ्जकी शिवाङ्गनिी राणा एमटिभीको रियालिटी शो 'स्पिल्ट भिल्ला'मा सहभागिता जनाएपछि युवा दर्शकमाझ चर्चामा आइन्। गत वर्ष स्वदेश फर्किएपछि उनलाई साप्ताहिकमा स्थान दिइयो। फोटोग्राफर महेश प्रधानले भक्तपुरमा उनका तस्बिरहरू खिचे। फोटोजेनिक शिवाङ्गनिीका तस्बिर निकै राम्रो आए। मध्यपृष्ठमा प्रकाशित भएपछि निकै पाठकले त्यसलाई मन पराउनुभयो। सर्वोत्कृष्ट १२ ब्लोअप सुन्दरीमा निणर्ायकहरूले उनको ब्लोअपलाई राम्रो अंक दिएका छन्। 





श्वेता भट्टराई नम्बर ८

तस्बिर ः सुरज श्रेष्ठ

श्वेता भट्टराई नेपाली चलचित्रकी नायिका हुन्। 'तिमी जहाँ भए पनि' तथा 'ब्ल्याकमेल'मा नायिकाका रूपमा काम गरे पनि उनको चर्चा गत वर्षको सफल चलचित्र 'रिदम' का कारण भयो। पोखराकी श्वेताले उतैका फोटोग्राफर सुरज श्रेष्ठसँग गराएको फोटोसेसनका तस्बिरहरू साप्ताहिकको मध्यपृष्ठमा प्रकाशित भएको थियो। पाठक तथा निणर्ायकहरूले उनको ब्लोअप निकै मन पराउनुभएको छ। 



सरु बन नम्बर ९

तस्बिर ः महेश प्रधान

नवलपरासीकी सरुले भर्खरै चलचित्र 'बुलेट'मा काम गरेकी छिन्। गायक हिमाल सागरको 'नाच तिमी मादलुको तालमा' गीतको म्युजिक भिडियोमा समेत देखिएकी सरु त्यसपछि म्युजिक भिडियो तथा चलचित्रहरूमा  ब्यस्त रहन थालेकी छिन्। फोटोग्राफर महेश प्रधानले अन्तराष्ट्रिय चेन रेस्टुराँ यल्लो चिल्लीको काठमाडौं ब्राञ्चमा खिचिएका सरुका आकर्षक तस्बिर मध्यपृष्ठमा प्रकाशित गरिएपछि त्यसलाई धेरैले मनपराए। 



राचु आले नम्बर १०

तस्बिर ः सुरज श्रेष्ठ

पोखराकी मोडल राचु आलेले रहरमै पोखराको फुलबारी होटल तथा रिसोर्टमा तस्बिर खिचाइन्। उनका पोजहरूलाई क्यामेरामा उतारेका पोखराकै फोटोग्राफर सुरज श्रेष्ठले ती तस्बिर साप्ताहिकमा प्रेषित गरेपछि ब्लोअपमा छापियो। हाल स्थानीय एक संस्थाकी जागिरे राचुको ब्लोअप पाठकहरूले मन पराउनुभयो। निणर्ायकहरूले पनि उनलाई राम्रै अंक दिएपछि उक्त ब्लोअप सर्वोत्कृष्ट १२ मा पर्न सफल भयो। 



झरना गुरुङ नम्बर ११

तस्बिर ः सुरज श्रेष्ठ

पोखराकी झरना गुरुङ गुरुङ भाषामा निर्माण भएको चलचित्र 'आगे डागु'की नायिका हुन्। पोखरामा आयोजना हुने फेसन सोहरूमा समेत सहभागीता जनाउने झरनाले केही स्थानीय म्युजिक भिडियोहरूमा समेत मोडलिङ गरेकी छिन्। पोखराका फोटोग्राफर सुरज श्रेष्ठले फूलबारी होटल तथा रिसोर्टमा खिचेका आकर्षक तस्बिरहरूले मध्यपृष्ठमा स्थान पाएपछि मोडल झरना गुरुङले थप चर्चा बटुलिन्। पाठक तथा निणर्ायकहरूले पनि उनको ब्लोअपलाई निकै मनपराए। 



पूजा नेपाली नम्बर १२

तस्बिर ः महेश प्रधान

मोरङकी पूजा नेपालीले गत वर्ष दीलिप समनको निर्देशनमा गायक सन्तोष लामाको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाइन्। उनले भिडियोमा चर्चित नायक आर्यन सिग्देलसँग रोमान्टिक अभिनय गरेकी थिइन्। त्यसपछि उनले म्युजिक भिडियोलाई निरन्तरता दिएकी छैनन्। बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा फोटोग्राफर महेश प्रधानले खिचेको मोडल पुजा नेपालीका तस्बिरले साप्ताहिकको मध्यपृष्ठमा स्थान पाएपछि त्यो अहिले सर्वोत्कृष्ट १२ मा पर्न सफल भएको छ।

--- साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis