CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » ठमेल आगलागीमा लोडसेडिङ कारण?

ठमेल आगलागीमा लोडसेडिङ कारण?


BKac9KwCMAA7AEW

ठमेलमा बिहीबार रातिदेखि लागेको आगो शुक्रबार बिहान बल्ल नियन्त्रणमा आयो। करोडौँको क्षति भयो। नौ घण्टाभन्दा बढी लाग्यो खतरनाक किसिमले फैलिएको आगो रोक्न। यति भिषण आगो कसरी लागेको रहेछ त ? कारण के रहेछ ?
लोडसेडिङ!  ?????????

हो, एउटा कारण लोडसेडिङ हो। आगोको स्रोत जेनेरेटर चलाउँदा भएको लाइन सर्ट रहेछ। काठमाडौ गेष्टहाउसको दायाँपट्टी रहेको तीन तल्ले घरको माथिल्लो तल्लामा रहेको फेसेस बारमा जेनेरेटर चलाउँदा लाइन सर्ट भई त्यहाँ राखेको ग्यास सिलिन्डरमा टिप्न पुग्यो। एलपीजी ग्यास पो त। आगो पाएपछि के बाँकी रहन्थ्यो, पड्क्यो। झन् ठूलो आगलागी भयो। नजिकमा रहेको विजय शाहीको घरमा समेत आगो सल्क्यो। त्यहाँ पनि पुनः अर्को ग्यास सिलिन्डर टिप्यो र त्यो पनि पड्किएर आगो लाग्यो।

फेसेस बारबाट फैलिएको आगोले त्यही भवनमा रहेका पुस्तक पसल, अरु रेस्टुरेन्ट, कफी पसल, थान्का पसल तथा निर्यातजन्य सामग्री रहेका पसल, ट्राभल्स तथा ट्रेकिङ पसललगायत २० वटा पसलमा नोक्सानी पुग्यो। सबभन्दा बढी क्षति पिलग्रिम्स बुक सपमा भयो। महँगा किताबहरु जलेर कामै नलाग्ने भए।
खासमा आगो निभाउन गाह्रो हुनुको एउटा कारण किताबमा लागेको आगो पनि हो रहेछ। अझ पुरानो घर। आगो सल्कन सजिलो काठ उपयोग गरिएको।
आगो लाग्नासाथ रेस्टुरेन्टका कर्मचारीले आगो निभाउने यन्त्र र पानी राखेर निभाउने प्रयास गरेका थिए। तर उनीहरुको प्रयास सफल हुन सकेन। त्यतिले नभएर दमकल पनि १५ मिनेटभित्रै आइपुगेको थियो। खासै टाढा पनि हैन दमकल कार्यालय र ठमेल। तर पनि आगो नियन्त्रणमा लिन सकिएन। यसले काठमाडौँका घनाबस्तीमा आगो लाग्दाको जोखिमतर्फ सचेत गराएको छ।
अहिले त अग्ला-अग्ला अपार्टमेन्टहरु बनिरहेका छन्। त्यस्ता घरमा आगो लागे के गर्ने होला ? माथिल्लो तल्लामा आगो लागे त्यहाँसम्म पुग्ने दमकलै छैन। अझै दमकल नछिर्ने कति साँघुरा गल्ली काठमाडौँमा छन्। खाना पकाउन अचेल धेरैले ग्यासै प्रयोग गर्छन्। त्यस्ता गल्लीमा ग्यास सिलिन्डर पडकिएर आगो लागे के हुने होला ? पशुपतिनाथले रक्षा गरेकाले होला धन्न अहिलेसम्म त्यस्तो भएको छैन।
यो घटनाले ग्यास सिलिन्डर स्टोर गर्न पनि सचेत हुन सिकाएको छ। रेस्टुरेन्टले आफ्ना ग्यास सिलिन्डरहरु खुला ठाउँमा, आगोको खतरा नहुने ठाउँमा राखेको भए यस्तो हुने थिएन होला।

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis