CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नेवाःको नाममा सर्वोत्तमको स्वाहा

नेवाःको नाममा सर्वोत्तमको स्वाहा

काठमाडौ। काठमाडौ उपत्यकामा रहेका नेवार समुदायको भाषा, संस्कृति र परम्पराको उत्थान र विकास गर्ने नाममा एकीकृत नेकपा माओवादीका प्रभावशाली नेता सर्वोत्तमदास डंगोलले काठमाडौ महानगरपालिकाबाट लिएको ४ करोड रुपैयाँमा ब्रम्हलुट गरेको खुलेको छ।
डंगोलको संरक्षणमा रहेको नेवाः जातीय उत्थान कोषले २०६५ असोज ९ गते १ र २०६६ असार २९ गते ३ करोड रुपैयाँ गरी
जम्मा ४ करोड रुपैयाँ महानगरपालिकाबाट निकासा लिएको थियो। उक्त रकम बराबरको फर्जी कामको विवरण बनाएर पेश्की फर्छौट गर्ने तयारी डंगोलले गरेपछि सो घोटाला सार्वजनिक भएको हो। डंगोलले लिएको चार करोडको हिसाब फर्छ्योट गर्ने क्रममा हालसम्म प्रकाशित नै नभएको अप्सरा साप्ताहिकलाई भाषाको उत्थानमा भूमिका खेलेको भन्दै २० हजार रुपैयाँ दिएको उल्लेख छ। त्यसैगरी सो संस्थाले नेवा संग्राहलय निर्माण तथा ब्यवस्थापन समितिलाई १० लाख १५ हजार दिएको उल्लेख गरेको छ। सो रकम पनि त्यहाँ पुगेको आफूहरुले अनुगमनको क्रममा नपाएको काठमाडौ महानगरपालिका स्रोतले जनाएको छ।
त्यसैगरी नेवाः स्थानामी मण्डललाई साढे सात लाख, सन्ध्या टाइम्सलाई ५० हजार, झिगु सोनिग साप्ताहिकलाई ५० हजार, देशे मरु झ्या साप्ताहिकलाई १० हजार, नेपाल भाषा इन्स्टिच्युट सञ्चालन गर्न नेपाल भाषा स्यनज्या कुठिलाई ४ लाख ५० हजार, जातीय बाजा संरक्षणको लागि भन्दै फेरि सो संस्थालाई ४ लाख ५० हजार, नेपाल भाषाको कक्षा सञ्चालनको लागि भन्दै नेवाः स्थानामी नेपाल मण्डललाई ७ लाख ५० हजार रुपैयाँको विवरण प्रस्तुत गरेर ४ करोडको फर्जी फर्छ्योट विवरण पेश गरिएको छ। डंगोलले फर्जी विवरण बनाएर कामै नगरी नेवाः जातीय उत्थानको नाममा आफ्नो ब्यक्तिगत उत्थान गरेको विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसमक्ष पनि यस अघि नै उजुरी परेको थियो। तर प्रचण्डले डंगोललाई बोलाएर सामान्य कुराकानी गर्नु बाहेक कुनै कारबाही नगरेको नेवार भाषा र संस्कृिीको उत्थानमा लागेकाहरु गुनासो गर्छन्।
डंगोलले पार्टीको नामबाट सो फर्जी विवरण अनुसार पेश्की फर्छ्योट गराउन महानगरपालिकाका अधिकारीहरुलाई तारन्तार दबाब दिइरहेको महानगरपालिकाका कर्मचारीहरु बताउँछन्। सर्वोत्तमको दबाब महानगरपालिकाका लागि निल्नु न ओकल्नु भइसकेको छ। नस्वीकारे देशको ठूलो पार्टीको दबाब आउने, स्वीकारे अन्य संस्थाले विरोध गर्ने र लेखापरीक्षणमा समेत फस्ने स्थितिमा रहेका छन्। महानगरपालिका स्रोतले डंगोलले पेश गरेको सबै विवरण झुटा भएकोले उनले दिए भनिएका कतिपय संस्थाहरु अस्तित्वमा नै नरहेकेा र रहेकाले पनि पैसा नपाएको स्पष्ट जानकारी आफूरुलाई दिएको जनाएका छन्। डंगोलले आफ्नो खर्च विवरण २०६८ सालमै महानगरपालिकामा बुझाए पनि अहिलेसम्म फरफारक हुन सकेको छैन। सो रकमको अहिलेसम्म महानगरपालिकाले लेखापरीक्षण समेत गर्न सकेको छैन। जातीय राज्य र जातीय उत्थानको नाममा देशमा जातीय राजनीतिको प्रारम्भ गरेर एमाओवादीले नै गरेको जातीय उत्थानको नाममा ब्यक्तिगत उत्थानको कामले उनीहरुको जातीयताको नारा जातीय उत्थान भन्दा पनि कमाउनको लागि उठाएको एजेण्डा जस्तै बनेको गुनासो अहिले काठमाडौ महानगरपालिका, जातीय उत्थानमा लागेका संघ सस्था र नेवार समुदायवीच चर्चाको विषय बनेको छ।
स्रोत : http://sanghu.weeklynepal.com/2013/05/07/article-item41367904740/

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis