यतिबेला देशका विभिन्न स्थानहरुमा बाढी पहिरोले थुप्रै मानिसहरुको उठिबास भइरहेको छ। कसैको घर बाढीले बगाएको छ त कसैको पहिरोले पुरिदिएको छ। कतिले आफ्नो आफन्त गुमाउनु परेको छ त कतिले खुल्ला आकासमुनि रात बिताउनु पर्ने बाध्यता परिरहेको छ। यस्तो अबस्थामा देशबासीका नाताले अथवा मानवताको नाताले एक ठाँउको दुखलाई अर्को ठाँउका जनताले महसुस गर्न सक्नु
पर्दछ । सहयोग भन्ने कुरा नै दुख र अभावमा गर्नु पर्ने हो । सबै ठाँउमा सरकारको मुख ताक्ने वानी छोड्नु पर्छ । उसै त सरकारको प्रक्रिया नै लामो हुन्छ त्यही माथि नेपाल जस्तो कमजोर सरकार भएको देशमा सरकार जनता प्रति जनताले आशा गरे अनुशारको उत्तरदायीत्व निभाउन असक्षम नै छ । तसर्थ यस्ता प्राकृतिक प्रकोपले निम्त्याएको बिपत्तीमा सम्पूर्ण देशबासी संकट समाधानको लागी जोडिनु पर्छ ।
तर जोडिने कसरी ?
सबै जनता सँकटग्रस्त क्षेत्रमा पुग्न सम्भब हुदैन । प्रभावित क्षेत्रमा पुगेर मात्र पनि समस्याको समाधान हुने होईन । उजाड भएको घरबार र आफन्त गुमाएकाहरुलाई सहयोग गर्नु सबै देशबासीको कर्तब्य हुन आउछ । विपत्ती भनेको सधै एउटैलाई आइपर्ने कुरा पनि होइन र बाजा बजाएर आउने कुरा पनि होइन त्यसैले सहयोगको सँस्कार बसाल्न सके प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई केहि हद सम्म भएपनि राहतको महसुस गराउन सकिन्छ र त्यो गर्नु नै पर्छ ।
सहयोग भनेको आँफू सँग भएको र आँफुले सकेको जति गर्ने हो जुन देश ब्यापीरुपमा जोडीदै जाँदा ठूलो बन्न गई पीडित पक्षलाई झनै ठूलो महसुस हुन पुग्दछ । विभिन्न सँघ सँस्थाहरुले सहयोगको लागी चन्दा सँकलन कार्य गरीनै रहेका छन् । कतिपयले दिइरहेका छन् त कतिपयले दिने क्रममा छन् भने अधिकतम ब्यक्तिहरुले चाहेर पनि सहयोग दिन सकिरहेका छैनन् । सहयोग हो, तर पनि न्युन रकम सहयोग गर्नको लागी देशका कुना काप्चामा रहेका जनताहरुले चाहेर पनि सम्बन्धित पक्ष अर्थात पीडित पक्ष सम्म पुर्याउन सकिरहेका छैनन् । रेडियो टिभि तथा पत्रपत्रिकाहरुमा विभिन्न सँघ सँस्थाहरुको पहलमा बाढीपहिरो पीडित सहयोगार्थ रकम उठाइरहेको जानकारी आइरहेको हुन्छ । २-४ लाख सहयोग जम्मा गर्न ती सँस्थाहरुले धेरै नै कसरत गर्नु परीरहेको छ । त्यस्ता सँस्थाहरुमा हजार भन्दा कमको सहयोग दिनको लागी कोहि जान तयार वा सक्षम पनि हुदैनन् तर हजार होइन सय वा त्यो भन्दा कम सहयोग गर्ने इच्छा र क्षमता बएका जनताहरु लाखौको सँख्यामा छन् । देशका जनताको त्यस्तो पीडा देख्दा देशका अरु सबै जनतालाई आँफुले सकेको सहयोग गरुम् भन्ने भावना जो कोहिलाई पनि पैदा हुन्छ नै । मनाङको कुनै एक बासिन्दाले दार्चुलाको बाढीपीडितलाई सहयोग गर्न चाहयो भने त्यो पनि आफ्नो क्षमता रु १ देखि रु १०० वा त्यो भन्दा माथिको रकम, उसको सहयोगको ईक्षा रहरमा मात्र सिमित हुन पुग्छ । उसले सहयोग गर्न चाहेको १०-१५ रुपैयाँ सम्वन्धित पीडित पक्ष समक्ष पुर्याउन नै सहयोग रकम भन्दा धेरै खर्च हुन पुग्छ तसर्थ उसको सहयोगको भावना मरेर जान्छ अर्थात सहयोगको इच्छा हुदा हुदै पनि सहयोग गर्न सक्दैन । यस्ता चाहेर पनि सहयोग गर्न असक्षम भइरहेका जनता देशमा लाख होइन करोडमा छन् । जो आँफूले चाहेको र सकेको न्युन रकम भने पनि सहयोग गर्न चाहन्छन् तर चाहेर पनि असक्षम भइरहेका छन् । यस्तो परीस्थीतिमा थोपा थोपा मिलेर सागर बन्दछ भने जसरी थोपा थोपा लाई जोड्ने काम गर्न सक्छन् नेपालका टेलिकम सेवा प्रदायक हरु !!!
कसरी सकिन्छ ?
नेपाल दुरसँचारको आँकडा अनुशार नेपालमा ६ वटा चालु टेलिकम सेवा प्रदायकहरु छन् । नेपाल टेलिकमका जीएसएमका ग्राहकहरु ६० लाखको हाराहारीमा छन् भने एक करोड ग्राहक पुर्याएको दावी निजि क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको रहेको छ । त्यस्तै युटियल, स्मार्ट टेलिकम, एसटिएम, नेपाल स्याटलाईट टेलिकम (हेलो नेपाल) का साथै नेपाल टेलिकमको ल्याण्डलाईन अनि सिडिएमए प्रविधिका टेलिफोन हरु पनि २०-३० लाखको हाराहारी मा छन् । यो सँख्यालाई जोड्दा करिव २ करोड जनसँख्या सँग टेलिफोनको कुनै न कुनै सेवा प्रयोग गर्दछन् । जस मध्ये साढे एक करोड (१ करोड ५० लाख) जनताहरु दिनको एक पटक टेलिफोन प्रयोग अवस्य गर्दछन् । यहि ग्राहक सँख्यालाई मध्य नजर राखेर टेलिफोनको प्रविधिबाट क्षण भरमा नै लाखौ रकम उठ्न सक्ने देखिन्छ ।
करिव २ करोडको सँख्यामा रहेका ग्राहकहरु, जो देशमा भइरहेको विपत्ती र उक्त विपत्ती बाट पीडित जनताको लागी सहयोग गर्न चाहन्छन् तिनिहरुको वीचमा टेलिकम सेवा प्रदायकहरु कोशे ढुङ्गा अर्थात माध्यम बनिदिनु पर्दछ जसका कारण थोपा थोपा जोडिएर सागर बन्न केही क्षण नै काफी हुन्छ ।
करिव २ करोडको सँख्यामा रहेका ग्राहकहरु, जो देशमा भइरहेको विपत्ती र उक्त विपत्ती बाट पीडित जनताको लागी सहयोग गर्न चाहन्छन् तिनिहरुको वीचमा टेलिकम सेवा प्रदायकहरु कोशे ढुङ्गा अर्थात माध्यम बनिदिनु पर्दछ जसका कारण थोपा थोपा जोडिएर सागर बन्न केही क्षण नै काफी हुन्छ ।
यो कसरी सम्भव छ ?
विभिन्न टेलिफोन सेवा प्रदायकहरुले आफ्ना ग्राहकहरुको लागी विभिन्न समयमा छुट्टा छुट्टै अफर र स्कीमहरु लेराई कुनै निश्चित नम्बर डायल गर्न आफ्ना ग्राहकहरुलाई जानकारी गराई नै रहेका छन् । कसैले सिआरविटी त कसैले एसएमएस पोल र कसैले आफ्नो कम्पनीको जानकारीको लागी भिन्ना भिन्नै नम्बरहरु प्रयोगमा लेराईनै रहेका छन् । उक्त स्कीम जस्तै गरी सवै सेवा प्रदायकहरुले सँयुक्त अथवा एकल रुपमा दैवीक प्रकोप सहयोग अभियान चलाउन सकिन्छ । जनताको सेवा तथा सुरक्षाको लागी सवै सेवा प्रदायक हरुले नेपाल प्रहरीको नम्बर १०० लाई चालु गरे जस्तै बिभिन्न सेवामा प्राय सवै सेवा प्रदायकहरुले छुट्टा छुट्टै नम्वरहरु चालु गरी रहेका छन् । त्यस्तै गरेर यस्तो प्रकोपहरुको लागी पनि एउटा छुट्टै नम्बर छुट्याएर उक्त नम्बरमा डायल गर्दा अथवा एसएमएस गर्दा लाग्ने रकम सोझै पीडित पक्षलाई सहयोग गर्न सकिन्छ । उदाहरणको लागी कुनै एउटा नम्वर १५० मा डायल वा एसएमएस गरे पछि सम्बन्धीत ग्राहकको एकाउन्ट बाट रु एक (वा त्यो भन्दा वढि कुनै निश्चित रकम) ब्यालेन्स घटाई उक्त रकमलाई प्राकृतिक प्रकोप पीडित पक्षलाई उपलब्द गराउने विभिन्न सरकारी तथा गैह्र सरकारी सँस्था सम्म पुर्याउन सकिन्छ । करिव २ करोडको सँख्यामा रहेका टेलिफोन प्रयोगकर्ताहरु मध्य ७५% मात्र यो अभियानमा सामेल भए भने पनि १ करोड ५० लाख रुपैया (रु १ का दर ले एक पटक भाग लिदा) क्षण भरमा नै जम्मा हुन पुग्दछ । देशमा र देश बासीलाई परेको त्यती ठूलो बिपत्तीमा रु १ सहयोग गर्नु कसैको लागी पनि ठूलो कुरा होइन । साथै आफ्नो क्षमता र इच्छा अनुसार थप रकम सहयोग गर्न चाहेमा पटक पटक डायल एसएमएस गर्न पनि सकिन्छ । जुन रकम पीडीत पक्षको लागी ज्यादै ठूलो राहत हुन पुग्छ । मैले अथवा तपाईले रु एक अर्थात त्यो भन्दा बढि रकम बाढीपीडितलाई सहयोग गर्ने इच्छा अथबा क्षमता छ भने त्यो रकम लाई जम्मा गरीदिने माध्यमका रुपमा टेलिफोन सेवा प्रदायकहरुले ठूलो भुमिका खेल्न सक्छन् । घरमा बसी बसी हात बाटनै त्यो पनि आफ्नो क्षमता अनुसारको न्युन रकम सहयोग गर्न प्राय सबै जनता सक्षम छन् र गर्छन् पनि । विदेश तिर मनी वालेटको रुपमा प्रयोगमा आइसकेको मोबाइल सेवालाई प्रयोग गरेर हामी पनि दैविक प्रकोपमा परेका हरुलाई सहयोग जुटाउन सक्छौ । यसको लागी मोबाइल सेवा प्रदायकहरु अगाडी बढ्न जरुरत छ ।
बर्षमा एक दुई वटा स्कुल तथा सार्वजनिक सँस्थाहरुलाई केही हजार तथा लाखको सहयोग गरेर दैनिक पत्रपत्रीकामा सहयोग भन्दा ठूलो हल्ला गर्नु भन्दा यस्ता किसिमका अभियान चलाएर ग्राहक तथा जनताको मन जित्न जरुरत छ । आखिर सेवा प्रदायकहरुले यसको लागी छुट्टै लगानी गर्नु पर्ने होइन । भइरहेको सँरचना (नेटवर्क)लाई उपयोग गरीदिने मात्र हो । आखिर देशमा आइपरेको विपत्ती प्रति केहि हद सम्म सहयोग गर्नु टेलिकम सेवा प्रदायकहरुको पनि दायीत्व भित्र नै पर्दछ । साथै दैनिक करौडौ नाफा गरीरहेका ठूला टेलिफोन सेवा प्रदायकहरुले आफ्नो तर्फबाट पनि केहि रकम पीडितहरुको लागी सहयोग गर्न कन्जुस्याँई गर्नु हुदैन । यस विषयमा सम्वन्धीत टेलिफोन सेवा प्रदायकहरुले ध्यान दिएमा दैवीक प्रकोपवाट पीडित जनताहरुले देशकै अन्य कुनामा रहेका जनताहरु द्दारा क्षण भरमा नै सहयोग पाउन सक्दछन् । यस विषयमा सम्वन्धीत निकायहरुले वेलैमा सोचेर कदम चाल्न सके पीडितहरुको घाउमा छिट्टै महलम लाग्ने थियो ।
-विरोध कट्टेल-
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !