धमिजा काण्ड
२०५० सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निगमको कामकारबाहीमा हस्तक्षेप गरेर भारतीय मूलका बेलायती व्यापारी दिनेश धमिजालाई मनोमानी ढंगले निगमको एजेण्ट नियुक्त गरेको भनिएको 'धमिजा–काण्ड' को नामले चर्चित यो
प्रकरणमा निगमले रु.३९ करोड ५५ लाख घाटा बेहोर्यो। राजनीतिक नेतृत्वले निगम सञ्चालक समितिमा आफू अनुकूल मान्छे ल्याउने 'संस्थागत अभ्यास' त्यहींबाट शुरू भयो, सरकार गठनसँगै सञ्चालक समिति र कार्यकारी प्रमुख फेरिन थाले।
चेज एअर
२०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा नेकपा (माले) का यामलाल कँडेल पर्यटनमन्त्री हुँदा पार्टी महासचिव वामदेव गौतम निकट हङकङ रानामगरलाई निगम अध्यक्ष बनाई जहाज र कार्यालय समेत नभएको 'चेज–एअर' नामको कम्पनीबाट बोइङ–७५७ भाडामा ल्याउने सम्झौता गरियो। नाम मात्रको सो कम्पनीका सिसिल विन्टर्ससँग सम्झौता गरिएको त्यो प्रकरणमा निगमले ९ लाख अमेरिकी डलरभन्दा बढीको नोक्सानी व्यहोर्नुपर्यो।
चाइना साउथवेष्ट
२०५५ मै गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस–एमाले संयुक्त चुनावी सरकारले बि.के.मान सिंहलाई निगमको कार्यकारी अध्यक्ष बनाएपछि बिना टेण्डर चाइना साउथवेष्ट एअरलाइन्ससँग विमान भाडामा लिने सम्झौता गरियो। एमालेका भीम रावल पर्यटन मन्त्री हुँदाको यो प्रकरणमा निगमले रु.२२ करोड नोक्सानी व्यहोर्यो।
लाउडा एअर
कोइराला प्रधानमन्त्री हुँदा नै २०५७ मा निगमसँग आफ्नै दुइटा जहाज रहेको, चाइना साउथवेष्टसँग सम्झौता भइसकेकाले तत्काल आवश्यक नभएको चौथो विमान भाडामा लिन अस्ट्रियाको लाउडा एअरसँग सम्झौता भयो। संसद्को शीतकालीन अधिवेशन पूरै अवरुद्ध गरेको यो प्रकरणले निगमलाई रु.२ अर्ब नोक्सान पार्यो।
हिमाल खबर पत्रिका बाट अंश साभार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !