एउटा युवकलाई प्रेम गर्थें। एक वर्षको अन्तरालमा मेरो प्रेमीसँग पाँच-छ पल्ट राजीखुसीमा यौनसम्पर्क भयो। दोस्रो वर्ष ऊ मेरो घरको छेउमा डेरा सर्यो। नजिक भएका कारण जुन बेला हाम्रो फुर्सद हुन्थ्यो, हामी सम्पर्क गथ्र्यौं। यही कारण सचेत हुँदाहुँदै पनि गर्भ बस्यो, थाहा
भएन। मैले गर्भपतन गराएँ। गर्भपतन गराएपछि मात्र मैले कति गलत काम गरिरहेकी रहेछु भन्ने थाहा भयो। तीन-चार महिनापछि म पूर्ण स्वस्थ भएँ र विवाहअघि अब यौनसम्पर्क राख्दिनँ भनेर कसम खाएँ। मेरो प्रेमीले त्यो घटनालाई सामान्य रूपमा लियो र जहिल्यै यौनसम्पर्कको प्रयास गरिरह्यो। जब मैले उसको कोठा जान पूर्ण रूपमा नकारें, उसले मेरो घरमै आएर बलात्कार गर्यो। जुन बेला म एक्ली हुन्थें, त्यो बेला ऊ मेरो कोठामा पस्थ्यो र भावनात्मक भयादोहन गरेर मलाई सम्पर्क गर्न राजी गराउँथ्यो। विवाह गरौं भन्यो भने केही समय पर्ख भनेर टाथ्र्यो। जब उसको विवाह गर्ने योजना छैन भन्ने थाहा भयो, मैले नै ब्रेकअप गरें र आइन्दा विवाहको कुरा लिएर आउँछौ भने आऊ, होइन भने अब सधैंका लागि हामी छुटि्टयौं भनेर अड्डी लिएँ।
अहिले मेरो विवाह भैसकेको छ। सानो सुखी परिवार छ। तैपनि मनमा सन्तोष छैन, किनभने मैले उसले बलात्कार गर्दा पनि सहेर बसें। एक जना कानुनविद्लाई सोध्दा थाहा भयो, बलात्कार गरेको ३५ दिनभित्र उजुरी गरिसक्नुपर्ने रहेछ। यस्तो अवस्थामा म पश्चातापबाहेक केही गर्न सक्दिन। उसलाई मार्न जाऊँ, मेरो सुखी परिवार तहसनहस हुन्छ, चुपचाप बसौं, आफू कमजोर भएकोमा ग्लानि हुन्छ। म के गरौं ?
ति.
तपाईंको मानसिक उल्झन कति गम्भीर छ, म महसुस गर्न सक्छु। नेपाली समाजमा महिला एकपटक गलत बाटोमा चिप्लिन पुगिन् भने त्यसले जीवनभरि नै विभिन्न किसिमका आघात पारिरहन्छ। यसले अनेकन् मानसिक समस्या निम्त्याउँछ।
यस्ता समस्याका बारेमा युरोप-अमेरिकामा विभिन्न अध्ययन भएका छन्। तीमध्ये एक अनुसन्धानमा आफूमाथि बलात्कार भयो भन्ने महिलाहरूमध्ये ६० प्रतिशतलाई आत्महत्याको विचार बारम्बार आउँछ। त्यसमध्ये २८ प्रतिशतले आत्महत्याको प्रयास गरेको र तीमध्ये झन्डै आधाको मृत्यु भएको पाइएको छ। सुरु-सुरुमा तपाईंमा पनि यस्तो समस्या आएको हुुनुपर्छ। अहिले छोरा-छोरी र श्रीमान्का कारण ती विचारहरू कम हुँदै गएको हो कि भन्ने तपाईंको प्रश्नले देखाउँछ।
धेरै अध्ययनले यस्ता समस्या भोगेका महिलाहरूले कुनै अल्कोहलजन्य पदार्थको सेवन गरेको पाइन्छ। नेपाली समाजमा महिलाहरू खुला रूपमा यस्ता पदार्थ सेवन गर्न वञ्चित हुन्छन्। यो एउटा राम्रो पक्ष हो। यदि यस्तो अल्कोहलजन्य पदार्थको सेवन बढ्दै जाने हो भने कसैले गरेको गल्तीको सजाय आफूले पाउने अवस्था सिर्जना हुन्छ। कतिपय सर्वेक्षणअनुसार यस्ता महिलाहरूले अरूमाथि हिंस्रक व्यवहार गर्छन्। कतिपयको श्रीमान् तथा छोराछोरीसँग राम्रो व्यवहार हुन सक्दैन। कतिपयको पारपाचुके पनि हुन्छ। कारण यस्ता महिलाहरू आफ्नो रिस सम्बन्धित व्यक्तिमा पोख्न नसक्दा त्यसको सिकार अरूलाई बनाइरहेको उनीहरूलाई थाहा हुँदैन। यस्तो केही नभए निद्रा कम लाग्ने, पुराना कुरा सम्झेर दुःखी हुने र जागिर तथा साथीभाइ फेरिरहने स्वाभावमा वृद्धि हुँदै जान्छ।
तपाईं पनि यीमध्ये कुनै समस्यामा अवश्य परेको हुनुपर्छ। यत्रो वर्षपछि पनि त्यो कुरा बिर्सन नसक्नु, कानुनी उपचारको प्रयासमा कानुनविद्लाई भेट्नु र अहिले यो प्रश्न पठाउनुले तपाईं मानसिक समस्यामा हुनुहुन्छ भन्ने प्रस्ट हुन्छ। तपाईंको सबैभन्दा राम्रो उपचार तपाईंलाई भावनात्मक कुरा गरेर यौनसम्पर्क राख्ने -जसलाई तपाईंले बलात्कार भन्नुभएको छ) व्यक्तिले पाउने कानुनी सजाय नै हो। त्यो बेला तपाईंको प्रेम भएकाले उसलाई बलात्कारको आरोप लगाउन सक्नुभएन, अहिले तपाईंलाई त्यो बलात्कार थियो भन्ने लागिरहेको छ। यसका लागि कुनै कानुनी उपचार छ भन्ने मलाई लाग्दैन, तैपनि फेरि एकपटक विस्तृत रूपमा जानकार व्यक्तिसँग सम्पर्क राख्नुहोला।
मेरो दृष्टिकोणबाट हेर्दा भने त्यो बलात्कार थिएन, किनभने तपाईंलाई जुनसुकै कुरा गरेर भए पनि उसले राजी गराएको थियो र तपाईं यौनसम्पर्क गर्न सहमत हुनुभएको थियो। नत्र पटक-पटक तपाईं उसको जालमा फस्नुहुन्नथ्यो। अहिले तपाईंको विवाह भैसकेको छ र सन्तान पनि छन्।
पुरानो कुरा बिर्सेर नयाँ तरिकाले जीवन सुरु गर्नु नै सबैभन्दा हितकर हुन्छ। किनभने कुरा बढाउँदै लाँदा तपाईंका गोप्य कुरा सार्वजनिक हुन्छन् र त्यसले तपाईंको श्रीमान् वा अन्यसँगको सम्बन्ध बिग्रन सक्छ। यदि यो कुरा परिवारमा थाहा छ भनेचाहिँ उनीहरूको सहयोग लिएर अघि बढ्न सकिन्छ। कुरा निकै पुरानो भैसकेको तथा कानुनमा त्यसको कुनै व्यवस्था नभएका कारण हेर्दा भने सबैभन्दा राम्रो उपाय मनोवैज्ञानिकसँग भेट्नु नै हो। आशा छ, तपाईंले उपयुक्त बाटो खोज्नुहुनेछ।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !