CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौँ भएको के ?

बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौँ भएको के ?

मोरङको बेलबारीमा भएको बर्बर घटनामा संलग्न भएको भन्दै छ जना अहिले प्रहरी हिरासतमा छन्- जीवन भेट्वाल, अमित भेट्वाल, चन्द्रकला भेट्वाल, सेबिका भेट्वाल, अम्बिका भेट्वाल र कमला भेट्वाल। उनीहरुलाई सार्वजनिक अपराध ऐन र जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। पीडित अहिले प्रहरी संरक्षणमा छिन्। जागरण मिडिया सेन्टरले उनीसँग
कुरा गरेको छ। उनकै मुखबाट सुनौँ आखिर भएको के हो ? 
यसैबीच पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे छानबिन गर्न प्रहरी उपरीक्षक शेखर कोइरालाको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको बताएको छ। विज्ञप्तिमा दलित, उत्पीडित, महिला, बालबालिका, अपाङ्ग तथा असहायमाथि कुनै प्रकारको थिचोमिचो, भेदभाव र अपराध हुन नदिन प्रहरी सचेत रहेको र यस्ता अपराधमा संलग्न व्यक्तिमाथि कुनै पनि हालतमा मिलापत्र नगराई कानूनी कारबाही गरिने भनिएको छ।
पीडित युवतीको आवाज सुन्न तलको भिडियोमा क्लिक गर्नुस्-
उनको भनाईका केही अंश
साँझ घर फर्कँदै गर्दा एक्कासी एक जना मान्छे कुनाबाट निस्कियो। अँध्यारो भएकोले देखिएन। जीवन जस्तो लाग्यो मलाई। पछाडिबाट आएर मुख समातेर, घाँटी ङ्याकेर पछारिहाल्यो। कराउन सकिनँ। लछारपछार पार्‍यो। बल्लबल्ल कराउन पाएँ। मैले के बिगारेको छु र भन्दा ‘बोल्छेस्, तँलाई मार्दिन्छु’भन्दै घाँटी ङ्याक्दै गर्‍यो। मैले बचाउ बचाउ भनेर कराउँदा तल पट्टीको घरमा बत्ती बाले। हल्लाखल्ला मच्चिँदा भागिहाल्यो। अनि म डाँडामाथि चढेर मलाई मार्न खोज्दा पनि त्यत्रो कराउँदा पनि कसैले वास्ता गरेन भनेँ।
बोली चाहिँ मलाई त्यही भाइ (जीवन)को जस्तै लाग्यो। मैले टोकेको पनि थिएँ उसको हातमा। बेस्कन घाउ हुने गरी टोकेको थिएँ। पहिलेको घटनाका कारण मैले उसलाई शंका गरेको हो। लगभग साढे तीन वर्षअघि नन्दको बलात्कारको केसमा पाँच कट्ठा जग्गा दिलाइदेको थियो। त्यतिखेर मिलिहाल्यौँ। त्यो भाइ पनि विदेशमा थिए। विदेशबाट धेरै आउँदै जाँदै गरे। दुश्मनी त थिएन। एक्कासी उसले मेरो बाउको इज्जत यसले फ्याली, यसलाई म मारिदिन्छु भने कि भनेर मैले शंका गरेको।
आइतबार हामी मनोज भाइ सबै गयौँ, थानामा ल्यायौँ। उसलाई बोलाएर ल्याएर हेर्दा उसको हातमा रगत, चोट थिएन। मैले दोष त लगाएको थिएँ। तर उसको हातमा चोट नदेखेपछि त मेरो गल्ती भयो नि उसलाई दोष लगाउनुमा। त्यसपछि हामी घर आयौँ। घरमा आउँदाआउँदै उसको आमाले एक दुई झापड हानिहाली। तेरो दलित जातिले के गर्छ, तँलाई जे गर्नुछ भोलि बिहान गरौँला भनी।
बिहान समाज राख्ने भनेका थिए। आठ बजेसम्म राखेनन्। नराखेपछि म होटलमै काम गर्न आएँ। पछि मलाई बोलाउन आएको आयै गर्‍यो। जाने बित्तिकै तैँले कोकल्लाई लिएर गएकी, तँलाई कसले उचाल्यो भन भने। मलाई कसैले उठाएको छैन, मैले आफै लिएर गएको भाइहरुलाई भनेँ। एकैचोटी मलाई ह्वारहुर कुट्न थालिहाले। लुगासुगा सबै च्यातचुत पारे। कालो मोसोसोसो लगाएर जुत्ताको माला लगाए।
मैले त्यो भाइसँग पनि माफी मागेँ। मैले यस्तो भनी हालेँ भाइ, अबदेखि कहिल्यै त्यस्तो भन्दिनँ भने।
त्यसैगरी सोही दिन युवतीसँगै मोसो दलेर कुटपिट गरिएका युवक मनोज विश्वकर्मा यसो भन्छन्-
प्रहरी र प्रशासनको के भन्छ ? सुन्नुस् इलाका प्रहरी कार्यालयका इन्सपेक्टर दिलिप गिरी र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको भनाई-
इन्सपेक्टर दिलिप गिरीको कुराको प्रमुख अंश-
भाको चैँ के भने अस्तिको दिन एक जना लेडिज आउनु भो प्रहरी कार्यालयमा। जीवन भेटवाल भन्नेले मलाई बलात्कार गर्ने प्रयास गरे, त्यसको अकाट्य प्रमाणका रुपमा मैले उसको हातमा दुई ठाउँमा ठूल्ठूलो घाउ हुने गरी टोकिदिएको छु भन्नुभयो। उहाँ हल्का मादक पदार्थ सेवन गर्नुभाको थियो हुन चाहिँ तर हामीले मापसे चेकिङ गराइएन त्यसको चाहिँ कुनै प्रुफ छैन है त्यसको अब।
हातमा टोकेकै छैन रहेछ। त्यसमाथि पछि थाहा भयो त्यो समयमा ऊ अन्तै रहेछ। पछि उहाँले पनि रिमरिम भएर उहाँ जस्तै लागेर भनेको हो भन्नुभयो। पछि फेरि स्वर मात्रै त्यस्तै लागेर भनेको भन्नुभयो उहाँ आफैले। हातमा टोकेको दाग पनि छैन, केही पनि छैन के।
यत्तिकै आरोप लगायो भनेर त्यहाँ समाज बस्यो भोलिपल्ट। उहाँहरुलाई बोलाएर छलफल गर्दै जाँदा आक्रोशित भिडले अलिकति अभद्र व्यवहार.. अलिकति हैन निकै अभद्र व्यवहार हो यो। ….च्यातिएको भन्दा पनि अलिकति माथि सरेको थियो कपडा चाहिँ। जो जोले गरेका थिए ती मान्छेले चाहिँ माफी मागे। त्यसरी सहमति गरे.. मिलापत्र गरे भनौँ न।
आरोप लगाइसकेपछि त चौकीमा ल्याउनु पर्‍यो नि। भरे साँच्चिकै हो भने त बबाल होला फेरि। तर एउटा कुरा चाहिँ के सत्य हो भने उनीमाथि कोही न कोही व्यक्तिले त्यस्तो व्यवहार गरेका चैँ हुन् जस्तो लाग्छ हामीलाई। त्यो मान्छेले नभए पनि अरु कसैले होला।

साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis