CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » हरिवंश आचार्य -वरिष्ठ हास्यकलाकार : अन्तर-कुन्तर कुराकानी

हरिवंश आचार्य -वरिष्ठ हास्यकलाकार : अन्तर-कुन्तर कुराकानी

गाईजात्रा मनाइन्छ, तर गोरुजात्रा चाहि किन नमनाइएको होला ?

महिलालाई प्राथमिकता दिइएको हुनुपर्छ, महिलालाई झल्लर-मल्लर, श्रृंगारपटार राम्रो देखिन्छ, गोरुलाई त
झल्लर-मल्लर गर्‍यो भने रिसाएर चौपट गरिहाल्छ नि, कहाँ गोरुजात्रा मनाउनु ?

अहिले गाईजात्राबाट हराउनुभएको हो ?

होइन्, हामीसँग दर्शकको अपेक्षा धेरै हुन्छ। हामीले गाईजात्रामा प्रहसन गरे त्यो अपेक्षा पूरा गर्नुपर्छ। त्यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि ६ सय १ को हातमा परेको थियो, एउटा प्रज्ञाभवन थियो, त्यहाँ मिसिएर कार्यक्रम गर्दा हामीलाई नै दुई घण्टा चाहिने, पारिवारिक कारण पनि थिए।

तपाईंलाई सबैभन्दा मन परेको गाईजात्रा प्रहसन ?

यमलोक, दर्शकले पनि अत्यधिक मन पराएको। 

मनपरेको चरित्र नि ?

मह दोहोरीकी कुहिरेनी हरिवंश। कुहिरेनीको गेटअपमा तयार भएर ऐना हेर्न गएको आफ्नो रूप देखेर मनै बिगि्रयो, त्यति राम्री लाग्यो। 

लोग्नेमानिसहरूले कुहिरेनी हरिवंशलाई कत्तिको साइड हाने त ?

कुहिरेनी हरिवंश स्टेजमा मात्र देखिन्थी, साइड हान्नै पाएनन् नि। एकपटक अफगानिस्तानमा नेपालीहरू त्यो भिसिडी हेर्दै रहेछन्, एउटा अफगानीले त्यस्तो गेटअपको भिडियो नहेर, यो भिडियो तालिवानले देखे भने मार्छन् भनेछ, नेपाली दाजुभाइले यो पुरुष हो भन्दा पनि पत्याएनछ, अफगानीले।

कुनै चरित्रको अभिनय गर्दा गाह्रो भएको क्षण ?

बूढी आमा, बूढी आमा बनेर ३५ मिनेट लगातार कुप्रिएर बूढीकै स्वरमा गीत गाउदै रंगमञ्चमा प्रस्तुत हुँदा बेलुका ढाड दुखेर सुत्न नसकेको अवस्था थियो। 

तपाईं हास्यकलाकार कि चरित्र अभिनेता ?

सबैले हास्यकलाकारका रूपमा चिन्छन्, माया गर्छन् तर मलाई भने चरित्र अभिनेता हुँ जस्तो लाग्छ। सधैं हँसाउने मात्र काम गर्दिन्, रिस पनि उठाउँछु, रुवाउँछु पनि। 

अरूले गरेको गाईजात्रा कत्तिको हेर्नुहुन्छ ?

हेर्छु, २०३३ साल यता निरन्तर हेर्दै आएको छु, सकेसम्म कसैको पनि छुटाउँदिन। 

गाईजात्रामा अरुले गरेको मनपरेको चरित्र ?

सन्तोष पन्तको हाँडीघोप्टे असाध्यै मन परेको थियो। 

गाईजात्राका बारेमा आमजनताले थाहा नपाएको यथार्थ कुरा ?

गत वर्ष पत्रपत्रिकाहरूमा गाईजात्रामा कम्मरमुनिको अंग देखाइयो, छाडा शब्द प्रयोग गरियो भनियो, तर गाईजात्रा भनेकै अश्लीलता प्रदर्शन गर्ने पर्व हो। अहिलेका कलाकारले बौद्धिक कुरा गरेर पनि हँसाउन सक्लान् तर इतिहास खोतल्ने हो भने अश्लीलताको सहारा लिएर गाईजात्रामा हास्य मनोरञ्जन पस्किइन्थ्यो। मकैको खोयालाई सिम्बोलिक रूपमा देखाउने चलन पुरानै हो। 

तत्कालीन समयमा राजा-रानी पनि छाडा गाईजात्रा हेर्थे ?

राजारानी आउने दिन सेन्सर गरिएको गाईजात्रा मञ्चन हुन्थ्यो। 

आजभोलि तेस्रोलिंगीहरू पनि आफ्नो विशेष पर्व आए जसरी गाईजात्रा मनाउँछन् नि ?

समाजले तेस्रोलिंगीलाई पनि अरु लिंगीलाई झैं स्वीकार गर्नुपर्छ। 

गाईजात्रा हेर्न नेताहरूको बटालियन आउँछ, प्रहसन हेरेपछि उनीहरूको चरित्रमा कत्तिको फरक आएको पाउनुभएको छ ? 

बन्दुक बोक्ने सिद्धान्त भएका र नभएका तर पेस्तोल भिर्नेहरूलाई पार्टी प्रवेश गराउने पार्टी र नेताहरू भएको देशमा कलमका कुराले केही अर्थ राख्छ जस्तो लाग्दैन। अहिलेका नेताहरू व्यंग्यको संवेदनशीलताबाट धेरै पर छन्। 

गाईजात्रासँगै गोरुजात्रा पनि प्रारम्भ भयो भने ?

यो प्रतिस्पर्धाको युग हो, जसको जात्रा राम्रो हुन्छ, त्यसकै चल्छ। 

तपाईंचाहिँ गोरु कि गाई ?

कहिलेकाहीं गाई र कहिलेकाहीं गोरु।

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis