CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » अञ्जु पन्तका पूर्वपति मनोज आफु माथि लागेका आरोपको खण्डन सहित भन्छन् :-हो म उनीप्रति क्रेजी थिएँ - घरको होइन दिलमा तल्ला थपें |

अञ्जु पन्तका पूर्वपति मनोज आफु माथि लागेका आरोपको खण्डन सहित भन्छन् :-हो म उनीप्रति क्रेजी थिएँ - घरको होइन दिलमा तल्ला थपें |

Manoj-Raj-1सुरेश भुसाल/राजकुमार श्रेष्ठ
२ असोज, काठमाडौं । पुतलीसडकस्थित मुच्र्छना संगीतालयमा पुग्दा गायक मनोजराज आफ्ना विद्यार्थीहरुलाई सारेगमप सिकाइरहनुभएको थियो । केहीबेरको अभ्यासपछि उहाँले ‘मेरो सपना, मेरो कल्पना, मेरो विपना माया हो’ बोलको गीत
मा केहीबेर रियाज गर्नुभयो र सँगै विद्यार्थीहरुलाई अभ्यास गराउनुभयो । एकैछिनमा माहौल संगीतमय भयो ।मनोजराज हारमोनियम बजाउँदै विद्यार्थीहरुलाई सिकाइरहनुभएको थियो । झण्डै आधा घण्टाको कक्षामा हामी पनि सँगै बसेपछिमात्रै उहाँले अनलाइनखबरका लागि समय निकाल्नुभयो । गायिका अञ्जु पन्तका पूर्वपति समेत रहनुभएका मनोजराजसँग हामीले सोध्यौं- ‘माया भन्ने चिज के रहेछ ?’

‘माया भन्ने अचम्मको चिज हो, जानियो भने गिफ्ट (उपहार) हो जानिएन भने श्राप हो । कहिले स्वर्गीय आनन्द दिन्छ, कहिले जीन्दगीमा नराम्रो चोट दिन्छ । मेरो अनुभवमा माया भन्ने कुरा मलाई माया नगर्ने गलफ्रेण्ड जस्तो लाग्छ । मैले जसलाई माया गरेँ, एकदमै मन पराएँ, त्यो मान्छेबाट मैले केहिल्यै माया पाइँन । सायद मेरो किसमत नै होला । जसलाई म मन पराउँदिन, उ म भनेपछि मरिहत्ते गर्छन्।’ लामो हाँसोसहित उहाँले मायाको परिषाभा दिनुभयो । गायिका अञ्जु पन्तको हकमा पनि यही नै सत्य हो त ? अञ्जुको प्रशंग आएपछि केही गम्भीर देखिएका मनोजराजले भन्नुभयो- ‘हो अञ्जुको हकमा पनि ।’
मनोजको सम्झनामा अञ्जु पन्त
विस्तारै मनोजले स्मृतिको पन्तुरो खोल्न थाल्नुभयो- अञ्जु मैले एकदमै धेरै मन पराएकी मान्छे, एक प्रकारले उ भनेको मेरो स्वास-प्रश्वासमा बसेकी थिई, ….जमानामा । म पनि संगीतमा लागिरहेका बेला सानी मान्छे देखेँ, असाध्यै मीठो गाउने, मलाई मन पर्ने । त्योबेला के भयो भने मान्छे मन पर्‍यो, स्वर मन पर्‍यो । मैले सम्भावना देखेँ त्यो स्वरमा । मलाई लाग्यो, यो स्वर त धेरै माथि जाने स्वर हो । त्यसपछि म अलि नजिकिएँ । उनकी फुपूका घरमा जान थालेँ । उसका दुःखहरु देख्न थालें । उनको बुबाको निधन भइसकेको थियो । फुपूको घरमा बस्थे आमा र उनी । अनि नन्दीरात्री माविभित्र नन्दी बहाल थियो, त्यहाँ अञ्जु र उसको ममी बस्ने । त्यो जब देखेँ मैले, फुपूको आफ्नो गाँस काटेर खान दिएको, उसको आवाजको सम्भावना देखेपछि मलाई पनि केही गरौंजस्तो लागेर नजिक भएँ ।
पहिलोपटक ५२ सालतिर कृष्णमान डंगोलको सिक्न गएको बेला मैले देखेको हो । गाइरहेको सुन्दा असाध्यै मनपर्‍यो । बीचमा २/३ वर्ष ग्याप रहृयो । योबेला पनि कहिलेकाँहि भेट हुन्थ्यो । एकपटक म साइकलमा स्कुल गइरहेका बेला पातली कुर्ता-सलवार लगाएकी फुच्ची कुदिराखेको देखेपछि मैले ए अञ्जु कहाँ हिँडेको भनेँ । केहीबेर कुराकानी भएपछि केही गाह्रो भएको जस्तो देखेपछि सोध्दा, उसले दाइ तपाईसँग कति पैसा छ भनी । पैसाको एकदम जरुरी परेको भनेपछि मैले गोजीमा रहेको त १ सय हो कि डेढ सय रहेछ, मसँग यति रे’छ लिएर जा भनेर दिएको याद छ । निकैपछि भेट भएको थिएन ।
५५/५६ मा म नक्सालमा शाही सेन्टरमा भजन कोअर्डिनेटर थिएँ । त्यहाँ एक दिन अञ्जु देखेँ, बस भनेर राखेँ । उसले आफ्नो ब्वाइप|mेन्डका, मैले मेरो गर्लफ्रेण्डको फोटो देखाउने गथ्र्यौं । त्यो खालको आत्मीयता हुन थाल्यो । मैले घरमै आएर अभ्यास गर्न भनेँ । घरमै आउन थाली, त्यही क्रममा मैले कोठा खोजेर राखेँ, मैले सक्दो सहयोग गरेँ । त्यो क्रममा म एकदमै क्रेजी भइसकेको थिएँ । उसको पूर्वप्रेमी र हालका प्रेमी पनि सँगै आउँथे ।
तर, मलाई योभन्दा केही चाहिँदैन भन्ने भएको थियो । मैले उनीहरु दुबैलाई साइड लाएर म घुसेँ । अनि उनी मतिर नजिकिइन् । घरमा पनि आउने-जाने क्रम बढ्यो र घर परिवारले विवाह गर्ने भनेपछि हामीले विवाह गरेका हौं । मैले त यो केटीलाई आफ्नो परिवारमा ल्याउँछु भनेर मनमनै निर्णय पहिल्यै गरिसकेको थिएँ । उसले कोरस जान्छु भन्दा यो आवाज कोरस गाएर हुँदैन, बरु के गर्नुपर्छ म गर्छु भनेर सिक्न लगाएँ । त्यसबेला मैले नबुझेको चाहीँ घरमा भित्र्याउँछु भन्ने पनि चरित्रदेखि सबै कुरा हेर्नुपर्ने थियो तर आवाज मात्र हेरेँ, मलाई मन पर्छ, सकियो ।
घरमा ल्याउँदा हजुरआमाले हुन्न भन्नुभएको थियो । विवाह अघि एकजना वरिष्ठ गायककहाँ उनलाई लिएर गएकी थिएँ । म गम्भीर देखेर उहाँले एक दिन यो केटीले राम्रो गाउँछ, आवाज ठीक छ तर हुँदैन है भन्नुभएको थियो । पछि हाम्रो डिभोर्स भएपछि उहाँले भन्नुभएको थियो, मैले त तँलाई भनेकै थिएँ नि, त्यो केटीसँग विवाह नगर् भनेर ।
विवाह भएपछि म उनको आवाजमा हराएँ । मेरो लक्ष्य भनेको अञ्जुलाई अघि बढाउनु भयो । मैले म पनि संघर्षरत् गायक हुँ भन्ने नै बिर्सिएँ । उसलाई अघि बढाउन कहाँ भन्नुपर्ने हो, कहाँ अवसर छ ? भनेर लागेँ । म उसको अघि-पछि मात्र भएँ । मैले मलाई छोडेर उसको प्रचार गर्न लागेँ । तर, जब उनले कमाउन थाली, अञ्जुको परिवारको हस्तक्षेप बढ्यो । म पछि परिसकेको थिएँ, मान्छेहरुले म र अञ्जुमा कम्पेयर गरेर हेर्न थाले । बुढाको भन्दा बुढीको राम्रो भन्ने भएपछि एकै ठाउँबाट आएको प्रजेक्टसमेत एउटाकोमा मात्र पर्न थाल्यो ।
विस्तारै अञ्जुको कमाइ बढ्दै गयो । माइतीको हस्तक्षेप पनि बढ्न थाल्यो । मैले मेरो केही गल्ती छैन, तिमीले पनि नगरे, दायाँ बायाँ लाग्नु हुँदैन भन्थेँ । संगीत भनेको सरस्वती हो । अहिले तिमीलाई श्रोताहरुले आँखा उठाएर हेर्छन् तर, सानो गल्तीले तल हेर्छन् भनेर सम्झाउँथेँ । तर, विस्तारै उनको संगत गलत मानिसहरुसँग हुन थाल्यो । मैले दिस इज रङ भनेँ, तिमी त्यो क्याटगोरीको मान्छे हैन है भनेँ । पहिला संघर्ष गर्दा मैले यसो भन्दा अर्ती भयो, तर पछि डाह गरेको भयो । तैंले मलाई बाँध्न खोज्ने ? भन्न थाली । किन तैंले त्यसो गरेको भनेर उक्साउनेहरु पनि भए । हाम्रो समस्याको सुरुवात नै यहीँबाट भयो ।
जब अञ्जुले मैले भनेको मान्न छोडी, म एकदमै डिस्टर्व हुन थालेँ । विदेशका कार्यक्रमहरुको अफर आउन थालेपछि उसमा समस्या देखिएको हो । मसँगै हुँदा पनि समस्या हुन थाल्यो । उसले इन्जोइ गर्न विदेशका कार्यक्रममा बढी रमाउन थाली । तर, मलाई पनि मान्छेहरुले सुनाउँथे । मैले यस्तो सुनेँ भन्दा अरुको कुरा सुन्ने ? कलाकार मान्छे विदेश जान पाउँदिन ? भनी । अहिले पनि बेलाबेला अनेक कुरा सुन्नमा आउँछन् । घरमा आउँदा फेरि कुनै समस्या देखिँदैनथ्यो ।
उनमा मेरो केही प्रगति नहोस्, भयो भने सँगै हिँडडुल गर्नुपर्छ । इन्जोइ गर्न पाइन्न भन्नेजस्तो व्यवहार पाएँ । यो पनि पछि गएर थाहा भयो मलाई । मैले जीन्दगीमा पैसालाई प्राथमिकता दिइँन । तर, उसले पैसालाई महत्व दिई । कतिसम्म भने कुनै कार्यक्रमका लागि ५० हजारको सम्झौता हुँदा मेरा अघि ३० हजारको कुरा गर्ने, २० हजार बैंकमा गइसक्ने जस्ता काम भए । मैले पैसा खाइदिन्छ भन्ने जस्तो देखियो । कतिसम्म भयो भने अन्तिमतिर ज्वाइन्ट एकाउन्ट थियो, त्यसमा झण्डै साढे २ लाख थियो । उनले बैंकमा बोलाइन्, मलाई पनि केही समस्या परेकाले केही होला भनेर गएँ । तर, छोरीलाई केही गरेको छैन भनेर भनेपछि मैले ल भैगो बाबा मलाई चहिएन भने हस्ताक्षर गरिदिएँ । स्युचाटारमा करिव ७ आना जग्गा पनि मैले उनकै नाममा पास गरेको थिएँ । त्यो उनले दाइजोका रुपमा लिएर गइन् ।
अञ्जुलाई सुरुदेखि नै मूर्छा पर्ने बानी रहेछ । पछि थाहा भयो, उनलाई हिस्टेरिया भएको रहेछ । एकदमै उनी डिस्टर्बमा हुन थालिन् । यतिसम्म भयो कि उनलाई साथ दिन मैले पनि सँगै बसेर पिउन थालेँ । ऊ भने मलाई हेर्नै नसक्ने । ऊ के गरेर मलाई छोड्न सकिन्छ भनेर खोज्न थाली । उसलाई जे गरे पनि मैले सबै कुरालाई सहेँ । म मायाले नसकेर पछि लाग्ने, उनी र उनको परिवारले भने पैसाका लागि पछि परेको भनेर बुझ्न थाले । यसले उसलाई झन हौसला बढ्यो ।
अमेरिका जाने क्रममा हामी दुबैजनाको भिसा लाग्यो । तर, त्यहाँ पनि उनमा कुनै सुधार भएन । उनको बानी परेको थियो । हामी दुबैलाई झगडाको लत लागिसकेको थियो । ३ महिनाको कार्यक्रम सकेपछि उसले तपाई यहाँ बस्नु, पेपरहरु मिलाउनु, म जान्छु भनी । मैले हुन्छ भनेँ । तर, काठमाडौं आएपछि उनले जीन्दगी फर्किन्न भनेर भन्न थाली, मैले किन भन्दा तिमीलाई लैजानुपर्ने ठाउँ नै त्यहीँ हो भनी । जहाँ जे गरे पनि हुने भएपछि उनले यस्तो गरेको हो भन्ने मलाई लाग्छ । तर, म फेब्रअरी १४ मा रेड रोज लिएर फर्किएपछि उनको मास्टर प्लान चौपट भयो । म एयरपोर्टमा झगडा गरेर आएको हुँ । काठमाडौं आएपछिको सीन पूर्ण रुपमा परिर्वतन भयो ।
अमेरिकामा बस्दा म ग्रोसरी सपमा रातको ड्युटी गर्थेँ । त्यहाँ राति हुँदा नेपालमा दिउँसो हुने भएकाले म फोन गर्थेँ तर, उसले विस्तारै रिसिभ नै गर्न छाडी । म र्फकन्छु भन्दा आइस् भने म डिभोर्स गर्छु भनेर धम्की दिन थाली । त्यसले म एकदमै डिस्टर्ब भइसकेको थिएँ । एक दिन मेरो दिमागले काम गर्न छाड्यो । मलाई मार्छन् भन्ने दिमागमा आएछ । हिउँ परेको थियो तर, म ट्राक लगाए हात गोडा टेकेर बाहिर निस्किएँछु र बीचरोडमा उभिएर हेल्प हेल्प भन्दै कराएँछु । प्रहरी आएर मलाई मानसिक अस्पतालमा भर्ना गरेछ, डाक्टरले कोही छ भन्दा मैले अञ्जुको नाम र नम्बर भनंेछु । झण्डै एक साताको उपचारपछि म ठीक भएँ । तर, बिरामीले आउँदा भनेको मान्छेले छोड् भनेपछि मात्र छाड्ने रहेछ, तर डाक्टरले फोन गर्दा अञ्जुले मलाई थाहा छैन भन्दै फोन काट्न थाली । तीन दिनमा केही नभएपछि मैले फोन गरेर रोई कराई गरेपछि उनले छोड् भनेर अस्पताललाई भनिन् ।
अमेरिकाबाट काठमाडौं आउँदा उनलाई मदिराको लत लागेको थियो । मलाई श्रीभात् नै होइनस् भन्न थाली । बाबुआमालाई सोध्दा राति १० बजे, कहिले १ बजे आउने गरेको सुनाउनुभयो । कहिले कसले पुर्‍याउन आयो भन्या छ, कहिले कसले । त्यो सुन्दा एकदमै डिस्टर्ब भएँ । अन्तिममा उसले के नाटक गरी भने एक दिन सँधै झगडा हुन्छ, आज पनि गरौं भन्न थाली । उसले टाउको ढोकामा ठोक्काउनेदेखि बबाल गरी । अरु दिन म पनि झगडा गर्थेँ । तर, त्यो दिन म छेक्नेतिर लागेँ । रातभरको झगडापछि विहानै एक पत्रकारलाई बोलाइन् र झगडा भयो भनेर बाझिन् । मेरो लाइफको लभ इस्टोरीको इन्ड भयो ।
छोरीले सधैं मिल्नु भन्छे
छोरीसँग कहिलेकाँहि भेट हुन्छ, माया लाग्छ आफ्नो सन्तानप्रति । तर, उहाँले बाबुले हेरेन भनेर अवोध छोरीका नाममा मुद्दा हाल्नुभएको छ । एकतर्फी मुद्दा हालेर डिभोर्स गरी । छोरीलाई भेट्न म अञ्जुकी दिदीको सहयोग लिन्छु । छोरीको कुरा त फेरि मिल्नुस् भन्छे तर, म अञ्जुलाई फेरि फेस गर्न चाहन्न । छोरी ठूली भएपछि म ल्याउँछु । कानुनी रुपमा ७ वर्षसम्म अञ्जुसँग रहन्छे । तर, म कानूनी लडाई लड्ने, फेरि अञ्जुलाई फेस गर्न चाहन्न । तर, कहिले बाँकी विभिन्न कार्यक्रममा भेट हुन्छ, त्यस्तो बेला इग्नोर गर्न गाह्रो हुन्छ ।
अहिले खुशी छु, अञ्जुलाई कलाकारका रुपमा सम्मान गर्छु
एउटा समयमा मैले आफूलाई सिध्याएर अञ्जुलाई अघि बढाएँ भन्दा पनि फरक गर्दैन । पहिला म अञ्जुलाई अघि बढाउन लागेँ, दोस्रो फेजमा सम्वन्ध बचाउन व्यस्त भएँ । उहाँको परिवारलाई पनि सहयोग मागेँ ।Manoj 3-Raj तर, सुनको अन्डा भएपछि उहाँहरुले पनि बास्ता गर्नु भएन । थर्ड फेजमा सरप्राइज खाँदा खाँदा हैरान भएँ । उहाँका नयाँखालका व्यवहारहरुको । ममाथि लागाएका आरोपहरु पनि सरप्राइज नै हो ।
कहिलेकाँही सिनियर दाइहरुले अञ्जुले रुँदै यस्तो भनी, के गरेको भनेर सुनाउँछन् । मैले हैन यस्तो हो भनेपछि हेत्तेरिका मैले त तँलाई गाली गरेको थिएँ भन्नुहुन्छ । अहिले म ढुक्क छु, उसले राम्रो नराम्रो जे गरे पनि मलाई आउँदैन ।राम्रो गरे पनि श्रेय चाहिँदैन, नराम्रो गरे पनि अपजस आउँदैन । तर, मैले अञ्जुलाई अघि बढाएकोमा मलाई कुनै दुःख छैन । त्योबेला पनि म सही थिएँ, आज पनि सही छु । एक कलाकारको रुपमा म अहिले पनि अञ्जुलाई सम्मान गर्छु ।
जहाँसम्म मेरो कुरा छ, म अहिले एकदमै खुसी छु । डेढ वर्षअघि नयाँ जीवन सुरु गरेँ । सायद मेरो फ्यान थिई उनी, जोसँग मैले विवाह गरेँ । आमाबाबुलाई मन परेपछि मैले पनि स्वीकार गरेँ । कृष्णा घिमिरे हो उनको नाम । माइत हेटौंडा । मेरो पुरानो काम फेरि सुचारु भएको छ । मानिसहरुले मलाई सम्मानका साथ ब्यवहार गर्छन् ।मसंग मेरो संगीत छ, कला छ । राम्रो गर्नेलाई प्रोत्साहन गर्छु । मेरो सपना भनेको नेपालमा गजल गायक मनोजराज भनेर चिलाउने मेरो उद्देश्य छ । जरा कति गहिरो छ भन्ने त्यो जरालाई मात्र थाहा हुन्छ । तर, माथि फुलेको फूललाई कहिले झर्छु भन्ने थाहा छैन । त्यसैले म आफ्नो रुट बनाउन लागेको छु ।
अञ्जुले मनोजमाथि लगाएका आरोप :
गायक मनोजराजले आफ्नो ‘लभ स्टोरी’ सुनाइसकेपछि हामीले उहाँमाथि अञ्जुले लगाएका आरोपहरुको जवाफ दिन आग्रह गर्‍यौं । केहीवेर अन्कनापछि उहाँ तयार हुनुभयो ।
आरोप नम्बर १ : मनोजले मलाई धेरै पिछा गरेको थियो……
-हो म उनीप्रति क्रेजी थिएँ ।
आरोप नम्बर २ : प्रेम चलिरहँदा तपाईले ठमेलमा बेहोस हुने गरी कुट्नु भयो रे …..
- आबुई … ठमेलमा मात्र हैन, उहाँले मलाई धेरै ठाउँमा दुःख दिनु भएको छ । बेलाबेला उहाँ हिँड्दा हिँड्दै ढल्नुहुन्थ्यो । जहाँ गयो, त्यहीँ ढल्ने । उहाँको प्रेसर पनि लो थियो । त्यसबेला म कुनखालको प्रेमी थिएँ भने नि, प्रेमिकालाईर् भेट्न जाँदा म गुल्कोजको दुईवटा एम्पल बोकेर जान्थेँ । ढलिहाल्यो भने खुवाउनुपर्छ, ब्लड प्रेसर लो भएको बेला त्यसले बढाउँछ नि । डेटिङ त्यसरी जान्थेँ म ।
आरोप नम्बर ३ : मनोजले अञ्जुलाई धेरै कुट्यो रे । कुट्दा-कुट्दा अति भएपछि छोरी २२ दिनकी हुँदा अञ्जुले आत्महत्या गर्ने प्रयास समेत गर्नुभयो रे, चुलेसीले हात काटेर…..
- चुलेसीले हात काटेको उहाँको पहिलो र दोस्रो प्रेमी हुँदा नै होला । मैले देख्दा हातमा खत नै थियो । जहाँसम्म कुटेको कुरा छ, एक हदसम्म सही हो । उसले मैले भनेको कुरा नै मान्न छाडी, केही पनि मान्न छाडेपछि एक-दुई थप्पड लगाउँथेँ ।
हैन, म एकदमै हिंस्रक भएको भए अहिले मैले फेरि विवाह गरेको डेढ वर्ष भयो । एक दिन पनि झगडा भएको छैन, अहिले पनि म बेलाबेला मदिरा पिउँछु । म हिंस्रक भएको भए कम्तिमा २/३ पटक त झगडा हुनु पर्ने हो नि । तर, छैन । त्यो के भएको हो भने उसको कुराहरुले गर्दा म केही हदसम्म हिंस्रक भएको हो । उसलाई जति सम्झाए पनि हुँदैन ।
आरोप नम्बर ४ : मनोजराजले अञ्जुमाथि धेरै अनावश्यक शंका गर्‍यो, २ जनालाई जितेर गएको मान्छेलाई पहिल्यै थाहा थियो नि अञ्जुको पूर्वसम्वन्धबारे…….
- मैले कम्पिटिसन जितेपछि लाइफ सुरु भयो नि त । लाइफमा त सिन्सियर हुनपर्‍यो नि । मैले उसका धेरै कुराहरुमा कम्प्रोमाइज गरेको छु । मैले धेरै शंका गरेको होइन, उहाँले नै नयाँ पुरानालाई मात्र सम्झिनुमात्र भएन, नयाँ पनि बनेका कुराहरु बेलाद्दबेला आएका छन् । तर, मैले उसको आवाजलाई सम्झेर सबै बिर्सिने गर्थेँ । मेरो ढिपीले मात्र हाम्रो सम्वन्ध १० वर्षसम्म टिकेको हो । नत्र ५ वर्ष पनि कुन्नि ।
मनोजराजसँग छुटि्टएपछि अञ्जुजीले घर बनाएर तला थप्नुभो रे, तपाईले के गर्नुभयो नि भन्ने छुट्टनिे बेलाको अनलाइनखबरको प्रश्नमा मनोजले भन्नुभयो- ‘मैले दिलमा तला थपेको छु ।’

 


भिडियो हेर्नुस् :
साभार : अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis