CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » निर्वस्त्र हुनुका फाइदा

निर्वस्त्र हुनुका फाइदा

nakनग्नता भन्ने वित्तिकै छाडापन तथा अश्लीलता भन्ने बुझिन्छ । यो एक अर्थमा सही भएपनि मानव स्वास्थ्यको दृष्टिले अर्ध वा पूर्ण नग्नता फाइदाजनक हुने विज्ञहरु बताउँछन् । समय परिस्थिति अनुसारको पूर्ण नग्नता, अर्ध नग्नता वा खुकुलो वा कम कपडा लगाउँदा मान्छेको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ

विकशित पश्चिमा देशहरुमा नग्नता खासै ठूलो विषय नभएपनि हाम्रोजस्तो देशमा भने यो असभ्यपना ठानिन्छ । त्यसैले नग्नतालाई देश काल परिस्थिति अनुरुप बुझ्नु तथा अपनाउनुपर्ने हुन्छ । हामीकहाँ सार्वजनिक तवरले नग्नता अवैधानिक हुने तथा अपनाउन समेत नसकिने भएकाले जिउमा लगाउने कपडा कम वा खुकुला पार्ने तथा रात्रीको समयमा समेत नग्नतालाई उपयोग गर्न सकिन्छ । नग्नताका फाइदा यस्ता छन्
बिहानको घाममा नांगो छालामा घाम ताप्नुहोस्, यसका लागि पूरै नांगो हुनुपर्छ भन्ने छैन । तर सरीरको धेरै हिस्सामा बिहानको घाम पार्नुभयो भने प्रसस्त भिटामिन डी प्राप्त हुनेछ ।
सरीरभर बाक्ला तथा धुम्म परेका कपडा लगाउनुको साटो हलुका तथा खुकुलो र छोटो कपडा लगाउने हो भने त्यसले छालालाई स्वस्थ राख्न, विषाक्त पदार्थ उत्सर्जन गर्नका साथै कत्ला उत्पन्न हुनबाट जोगाउँछ ।
एक अध्ययन अनुसार नांगो खुट्टाले झारपातमा हिड्नाले मानिसमा अल्जाइमरको जोखिम कम हुन्छ । नांगो खुट्टाले दौडनु पनि मस्तिष्कको सक्रियताका लागि सहयोगी हुन्छ ।
निराशा, डिप्रेसन, आत्मग्लानी तथा अन्य खाले मानसिक समस्याबाट मुक्ति पाउन समेत रातमा निर्वस्त्र सुत्नु निकै लाभदायी मानिन्छ ।
दिउसोको दौडधुप पछि बेलुकी नुहाएर रातमा निर्वस्त्र सुत्नुहोस् त्यसले छालामा संक्रमणको खतरा कम गर्छ ।
कसिलो भित्री वस्तले यौनांगको रक्तप्रवाहमा असर पूराउँछ । कसिलो पाइन्टले समेत यौनांगमा असर पूराउँछ जसले अन्ततः पुरुषको यौनक्षमतामा कमी ल्याउँछ । त्यसैले बढि कसिलो भित्री वस्त्र लगाउनु हुँदैन र रातको समयमा सुत्दाखेरि त अझ यसमा ठूलो ध्यान पूराउनुपर्ने हुन्छ ।
कट्टु मात्र लगाएर व्यायाम गर्ने तथा दौडने गर्नुभयो भने त्यसले रक्तसंचारलाई स्वस्थ तथा सन्तुलित बनाउनेछ ।
नग्नताले यौन इच्छामा वृद्धि गराउनुका साथै श्रीमान श्रीमतीबीच भावनात्मकताको समेत वृद्धि गर्छ ।
मीठो निद्रा लिने मन छ ? त्यसो भए सुत्दाखेरि कपडा लगाउने कष्ट नगर्नुस् ।
साभार : अन्लाईन खाबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis