'मलाई तिम्रो बडी मन पर्दैन।' खेम सुवेदीलाई गर्लफ्रेन्डले बारम्बार यसो भन्ने गर्थिन्। गर्लफ्रेन्डले हाँसी–हाँसी भनेकाले उनले त्यति वास्ता गरेनन्। खेमका साथीभाइ गर्लफ्रेन्डले उनीहरूको जिउडालमाथि ठट्टा गरेर कमेन्ट गर्ने कुरा गर्थे। कसैका गर्लफ्रेन्डले 'तिम्रो छाती सानो भयो' भन्थे भने कसैका गर्लफ्रेन्डले 'तिम्रो भुँडी लाग्यो' भन्थे। साथीभाइका गफले खेमका आँखा खुले। गर्लफ्रेन्डको ठट्टालाई उनले गम्भीर रूपमा लिए। दुईचार जना साथीसँग मिलेर जिम जान थालेपछि उनको शरीर कसिलो हुँदै आयो। 'त्यसपछि त गर्लफ्रेन्डले दोब्बर माया गर्न थालिन्,' पोखरा, नदीपुरका २३ वर्षीय खेमले भने। झन्डै एक वर्षदेखि जिम गरिरहेका उनको शरीर आकर्षक भएको छ।
पोखरा, बगरका जिमी गुरुङ पनि गर्लफ्रेन्डकै लागि मसल बनाउँदै छन्। पहिले उनको तौल ८२ केजी थियो। गर्लफ्रेन्ड उनलाई 'मोटे' भनेर जिस्काउँथिन्। त्यसैले उनी जिम जान थाले। अहिले उनको वजन ६८ किलो छ। उनको शरीर हेर्नलायक छ। छाती चौडा छ। पाखुरा मोटा छन्। 'अहिले त गर्लफ्रेन्ड पनि खुसी छिन्,' उनी भन्छन्, ' साथीभाइ पनि हिरो भनेर बोलाउँछन्।' उनी क्रिकेट र फुटबल खेल्न मन पराउँछन्।
गर्लफ्रेन्डकै करबल या सुझावमा जिम जाने पोखरेली युवा असंख्य छन्। उनीहरू ज्यान बनाएर गर्लफ्रेन्ड खुसी पार्ने 'अभियान'मा छन्। उसो त अन्य कारणले पनि जिम धाउनेहरू छन्। पोखरा तेर्सापट्टिका निर्जन राजभण्डारी १० वर्षदेखि जिम गइरहेका छन्। 'खाली बस्यो भने कुलतमा फस्ने डर हुन्छ,' उनी भन्छन्, 'मेरा थुपै्र साथी कुलतमा फसेर बर्बाद भएका छन्। म स्वस्थ छु। ज्यान पनि बनेको छ।' शरीरका सबै अंगको एक्सरसाइज हुने, बडी फिगर पनि आकर्षक देखिने र अनुशासित हुन सघाउने भएकाले जिम जान नछाडेको उनको भनाइ छ।
खानपान र जीवनशैलीका कारण मोटोपनले युवाहरूलाई रुवाइरहेको छ। यसले शरीर भद्दा त देखाउँछ नै, व्यक्तिलाई अस्वस्थ पनि बनाउन सक्छ। त्यसैले व्यायाम गरेर फिट हुनुपर्छ भन्ने मानसिकता सबैमा विकास भएको छ। क्लब धाउने र घरमै जिम गर्ने लहर पनि बढ्दो छ।
जिम हल गएर एक्सरसाइज गर्दा छुट्टै स्फूर्ति आउने बताउँछन्, जाल्पारोडका खाद्यान्न व्यवसायी मदन श्रेष्ठ। 'प्रेसर बढी भएकाले यसलाई कन्ट्रोल गर्न जिम जान्छु,' ११ वर्षदेखि जिम जाने गरेका ३० वर्षीया मदन भन्छन्, 'मोटोपनको समस्या पनि छैन। शरीर फुर्तिलो छ।'
शारीरिक रूपमा फिट रहन पनि पछिल्लो समय युवाहरू जिम धाउने गरेको बताउँछन्, पोखरा व्यायामशालाका प्रशिक्षक महेश उदास। २०४४ सालदेखि व्यायामशाला चलाउँदै आएका उदास अहिले साँझ–बिहान गरेर ७० जना युवा नियमित जिम आउने गरेको बताउँछन्। 'सस्तो शुल्क तिरेर शरीरका सबै अंगलाई एक्सरसाइज पुर्यानउने व्यायाम भनेकै जिम हो,' उदास भन्छन्, 'अहिलेसम्म हाम्रो व्यायामशालाबाट हजारौँ युवाले जिम गरिसकेका छन्। केहीले शारीरिक सुगठन प्रतियोगिताको उपाधिसमेत जितेका छन्।'
पोखरामा रत्नश्री जिम, बुल्स जिम, पोखरा व्यायामशाला, गण्डकी जिम, फेवा जिम, पावर जिमलगायत जिमखाना सञ्चालित छन्।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !