CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अनौठो होटल : कमोटमा आची गर्ने होइन खाना खानुपर्ने

अनौठो होटल : कमोटमा आची गर्ने होइन खाना खानुपर्ने

toilet resशौचालयमा कमोट हुन्छ र त्यसमा दिशा पिसाब गरिन्छ । तर जापानमा एउटा यस्तो होटल छ, जहाँ कमोटमा दिशा पिसाब होइन पाहुनाले खाना खान्छन् ।
सुन्दै घिन लाग्नसक्छ । तर घिन मान्नुपर्ने कुरा केही छैन
। त्यहाँ कमोटमै बसेर कमोटमै पस्किएको खाना मज्जाले खाइन्छ ।
toilet res
उक्त होटलको भित्री बनावट पूरै ट्वाइलेटको जस्तै छ । अर्थात् त्यो होटलभित्र छिर्ने वित्तिकै ट्वाइलेटमै छिरियो की भन्ने भान हुन्छ । त्यहाँ थरी थरीका कमोट, बाथटब लगायतका सामाग्री राखिएको छ । खाना राख्ने थालको रुपमा कमोटनै हुन्छ र बस्ने कुर्सीको रुपमा पनि ।
toilet1
होटलमा ग्राहकले जे खानेकुरा अर्डर गरेपनि वेटरले कमोट, बाथटब, वास बेसिन, बाल्टी आदिको आकारमा ढालेर खाना ल्याउँछ र कमोटको आकारको भाँडोमा खन्याइदिन्छ । यो आधुनिक रेष्टुरेन्ट जापानको एक नामी रेष्टुरेन्ट हो जसको शाखा ताइवान सम्मै छन् ।
toilet2
साभार : अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis