CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » चिया पसलदेखि कारागारसम्म आशारामको यात्रा

चिया पसलदेखि कारागारसम्म आशारामको यात्रा

Asaram Bapuजोधपुर , - बलात्कारको अन्य घटनाहरूमा न्यायका लागि गुहार्दै सडकमा मैनबत्ती बालेर निस्कने एक ठूलो समूह अहिले आशारामविरुद्ध षड्यन्त्र र दुष्प्रचार गरिएको आरोप लगाउँदै दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरिरहेको छ । उनीहरूले आत्मदाहको चेतावनी दिँदै राष्ट्रपति र प्रधानमन्त्रीको नाउँमा स्थानीय प्रहरीलाई ज्ञापन दिएका छन् । प्रहरी, तर्कशास्त्री र मनोविद्हरूले
उनीहरूलाई अन्धभक्त भनेका छन् । अर्कोतिर आम स्वतन्त्र नागरिकको ठूलो समूहले आशारामलाई बलात्कारका अन्य अपराधीझैं व्यवहार गरिनुपर्ने र कडा सजाय दिइनुपर्ने माग गर्दै भारतभरि प्रदर्शन गरिरहेका छन् ।
प्रमुख राष्ट्रिय एवं राजनीतिक मुद्दाहरूलाई ओझेलमा पार्दै भारतका प्रतिष्ठित सञ्चार माध्यमहरूको केन्द्रबिन्दु बनेका आखिर आशाराम बापु को हुन् त ? जानकारहरूका अनुसार आफूलाई भगवान््को मित्र र दूत भएको दाबी गर्दै आए पनि उनी साधारण व्यक्ति हुन् ।
अविभाजित भारतको बेरानी गाउँ -अहिले पाकिस्तान) मा सन् १९४१ को १७ अपि्रलमा सामान्य परिवारमा उनको जन्म भएको थियो । उनको वास्तविक नाम आसुमल सिरुमलानी हो । विभाजनपछि भारत आएर उनको परिवार गुजरातको अहमदावाद नगरको मणिनगर इलाकामा बसेको थियो ।
उनको पिताको काठ र कोइला उत्पादन गर्ने कारखाना थियो । उनी बालखै हुँदा पिताको निधन भएको थियो । पिताको निधनपछि आमाबाट उनले योगा र धार्मिक ज्ञान पाएका थिए । चिया पसल खोलेर निर्वाह गरिरहेका आशाराम एक प्रहरी मुद्दामा परेर पछि अर्को ठाउँ सरदारनगरमा बस्न थाले । उनले त्यहाँ केही मित्रसँग मिलेर रक्सीको व्यापार सुरु गरे । केही वर्ष यो काम गरेपछि उनले दूध पसलमा जागिर थाले । त्यसछि उनी एकाएक बेपत्ता भई भारतभरि घुमे । वृन्दावनका गुरु स्वामी लीला शाहले उनलाई नयाँ नाम आशाराम दिए ।
सानो उमेरमा बिहे गरेका आशारामले धर्मको व्यापार गरेर आश्रम खोल्ने सपना बोकेर अघि बढे । अशिक्षित, गरिब र पढेलेखेका मूर्खहरूको ठूलो जत्था रहेको भारतमा उनलाई धर्मको व्यवसाय निकै फाप्यो । धर्मको नाउँमा सजिलै नगद आउने यस कार्यमा छोरा नारायण साई र छोरी भारती देवीले पनि उनको पूरा साथ दिए ।
गृहस्थ जीवनमा आध्यात्मिक साधना गर्न सकिने भन्दै उनी धर्मको प्रचारमा लागे । १९७१ मा उनी अहमदावादमा स्वामी सदाशिवको आश्रम बस्न थाले । पछि स्थानीय मणिनगरका व्यवसायीको सहयोगले उनले अलग संस्थान सुरु गरे । उनको पहिलो कार्यक्रम १९८९ मा दिल्लीको बिडला मन्दिरमा भएको थियो ।
उनले त्यतिबेला भक्तजनलाई आकषिर्त गर्न सकेनन् । कार्यकर्ताको मद्दतले सय/डेढ सय मान्छे भेला पारेर प्रवचन गर्न थाले । यसको ५ वर्षपछि १९९४ मा दिल्लीको लालकिला मैदानमा आशारामको प्रवचन भयो । यो कार्यक्रममा आशारामका प्रचारकले ५/७ हजारको भीड जम्मा गर्न सफल भए । शिष्य बन्न थालेपछि
उनको वर्षमा २/३ ठूला धार्मिक आयोजन हुन थाल्यो ।
अहिले उनको अनुयायीको संख्या १५ करोडबढी छ । उनले २०१२ मा भ्यालेन्टाइन डेलाई 'पेरेन्स वर्सिप डे (अभिभावक पूजा दिवस) को रूपमा मनाउन आग्रह गरेका थिए । चिया पसलबाट जीवन यात्रा थालेका आशारामसँग अहिले ४ सय २५ भन्दा बढी आश्रम र ५० भन्दा बढी गुरुकुल छन् । उनको मासिक आम्दानी १६ करोड भारतीय
रुपैयाँ छ ।
१० दिनभित्र अभियोगपत्र
जोधपुर- भारतको राजस्थान राज्यको जोधपुर प्रहरीले बलात्कार आरोपी आशारामविरुद्ध दस दिनभित्र अदालतमा अभियोपत्र दर्ता गर्ने बताएको छ । अदालतले सोमबारदेखि लागू हुने गरी उनलाई १४ दिनको न्यायिक हिरासतमा जोधपुर केन्द्रीय कारागार गृहमा पठाइसकेको छ । अदालतको आदेशलगत्तै आशारामका वकिलले जमानतका लागि अपिल गरेका थिए ।
बलात्कारका आरोपी आशाराम बापुले दायर गरेको जमानत याचिकामाथिको थप सुनुवाइ बुधबार हुने भएको छ । जोधपुर अदालतमा मंगलबार बेलुकी सुनुवाइ सुरु भएको थियो । प्रहरीले शनिबार अबेर राति मध्यपुरको इन्दौरस्थित आश्रमबाट उनलाई पक्राउ गरेको थियो । उनले कारागारको नियमअनुरूप सामान्य बन्दीझैं लाइनमा उभेर खाना खानुका साथै भाँडा आफैंले धोएका छ्् । आश्रमबाटै खाना प्रबन्ध गर्ने आशारामको वकिलको प्रस्तावलाई कारागार प्रशासनले अस्वीकारेको थियो । उनले लामखुट्टेको टोकाइबीच अशान्त र अनिँदो रात बिताइरहेका छन्् ।
कुनै सीप नलागेपछि आशारामलाई बचाउन अनुयायीहरूले मन्त्र जप र यज्ञ सुरु गरेका छन् । राजस्थानको महिला आयोगकी अध्यक्ष लडकुमारी जैनले आशारामको नार्को टेस्ट गर्न माग गरेका छन् । यस्ता बाबा र तान्त्रिककोमा श्रीमती र छोराछोरीलाई जान नदिन परिवारजनलाई आग्रह गरेकी छन् । धार्मिक एवं भावनात्मक रूपले मूर्ख बनाइएका महिला र बालबालिकाहरूले नै अहिले आशारामको समर्थनमा सडकमा आएका छन् । महिला सुरक्षासम्बन्धी कानुनलाई कडाइ साथ लागू गरिनुपर्नेमा उनले जोड दिएकी छन् ।
courtesy -- ekantipur.com
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis