CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » हेल्सिन्की र मुम्बईका इमान्दार, लिस्बनका बेइमान , नेपालका अनुजा बानियाँ ‘बेइमान इमान्दार’ ?

हेल्सिन्की र मुम्बईका इमान्दार, लिस्बनका बेइमान , नेपालका अनुजा बानियाँ ‘बेइमान इमान्दार’ ?

wallet-drop-test-01-sl (1)रिडर्स डाइजेस्ट म्यागेजिनले एउटा गजबको सामाजिक सर्वेक्षण गरेको छ। अलिकति पैसा, परिवारका फोटो र सम्पर्क ठेगानासमेत राखिएको पर्स विश्वका १६ देशका शहरका प्रमुख स्थानमा छाडियो। कुन कुन ठाउँका बासिन्दाले त्यो टिपेर त्यहाँ भएको ठेगानामा सम्पर्क गरी फिर्ता दिए, त्यसैलाई इमान्दारिताको आधार बनाइयो। यो सर्वेक्षणमा नेपालका कुनै पनि शहरलाई समावेश गरिएको थिएन। हाम्रोमा बसमा भेट्टाएको लाखौँ रुपियाँ फिर्ता दिने अनुजा बानियाँ जस्ता ‘बेइमान इमान्दार’ को चर्चा प्रशस्त भए पनि हराएका सामान फिर्ता दिएका केही घटना पनि समाचारमा नआएका भने हैनन्। विदेशी पत्रिकाको यो सर्वेक्षणले सबैभन्दा इमान्दार भने फिन्ल्यान्डको हेल्सिन्कीलाई देखाएको छ। त्यसपछि छिमेकी देश भारतको मुम्बई र हङ्गेरीको बुडापेस्ट देखियो। 
हेल्सिन्कीमा गज्जबै भएको रहेछ। त्यहाँ १२ वटा पर्समा ११ वटा फिर्ता भएको रहेछ।
फिनल्यान्डको इमान्दारीबारे चार वर्षअघि साक्षात सुशीलले माइसंसारमा यस्तो लेखेका थिए-
एकदिन म हेल्सिन्कीको माल्मीस्थित प्रहरी थाना जाँदा रेलमा मेरो मोबाइल छुटेछ । फेला पर्ने आशा त थिएन तैपनि साथीको मोबाइलबाट फोन गरेँ । कसैले उठाएनन् । एक छिनपछि हराएको मोबाइलबाट साथीको मोबाइलमा फोन आयो । एउटा केटी सुरुमा फिन्निश र पछि ईंग्लिशमा बोलिन् र भनिन् ” यो मोबाइल रेलमा भेटेको हुँ । लिनको लागि फिल्म टाउन नामको पसलमा आउनू म त्यही छोड्दिन्छु । ” मैले सधन्यवाद हुन्छ भनेँ र गुमिसकेको मोबाइल फिर्ता पाएँ ।
मलाई जस्तै घटना अर्को एक जना नेपाली मित्रलाई पनि परेको रहेछ । बिकेश साप्कोटा (नाम परिवर्तन)को पेन ड्राइभ काइभो पुइस्तो नामको स्थानमा खसेको रहेछ । एउटा फिन्निशले फेला पारेछन र पेन ड्राइभ भित्रको फाइलमा उनको नाम खोजेर फेसबुकमा खोजेर मेसेज पठाएछन‌‌्- “पेन ड्राइभ लिन आऊ।”
खै किन हो ? फिन्निशहरु आर्थिक रुपमा सम्पन्न भएर हो अथवा अरुको खानु हुन्न भन्ने चेतना भएर हो । यस्ता यस्ता घटना सुन्न पाइन्छ । आफ्नो केही हरायो भने प्रहरी थानामा आइपुगेको छ कि भनेर बुझ्न गइन्छ।
म्यागेजनिको अक्टोबर अङ्कमा छापिने यो अध्ययनको नतिजामा ठाउँ धनी छ कि गरिबले पर्स फिर्ता हुन्छ कि हुँदैन भन्नेमा कुनै असर नपारेको देखाएको छ। हामीले फिल्म र समाचारहरु हेरेर नकारात्मक छाप बनाएको छिमेकी देश भारतको मुम्बई सहर यो अध्ययनको मामिलामा दोस्रो इमान्दार सहरका रुपमा देखा परेको छ। त्यहाँ राखिएका १२ वटा पर्समध्ये ९ वटा फिर्ता भएछन्। जबकि धनी देश स्विट्जरल्यान्डको ज्युरिचमा १२ मा चार वटा पर्समात्रै फिर्ता भए।
रमाइला रमाइला घटना पनि भएछन् नि। त्यही ज्युरिचमा राखिएको एउटा पर्स एक जना ट्राम ड्राइभरले टिपेछन् र फर्काएनछन्। जबकि त्यहाँको ट्राम सिस्टममा शहरव्यापी हराएको-पाएको (लस्ट एन्ड फाउन्ड) सर्भिस छ।
अझ एउटा अर्को घटना, एक जनाले ठ्याक्कसँग पर्स बाटोमा देखेछन्। ट्याक्कसँग टिपेछन्। त्यसपछि के गरेछन् थाहा छ ? सुटुक्कसँग फ्ल्यास माज्दा गाडी चढेछन् र हुइँय हुइँकिएछन् आफ्नो बाटोतर्फ।
न्युयोर्कको एउटा केटाले पर्सभित्र पैसा भेटाएपछि सिधै पसलमा गएर चुरोट किनेछन्।
आम्सटरडाममा एक जना बूढाले पर्स भेट्टाएका थिए। बूढा त खुइँखुइँ रक्सी पसलतिर पो अघि बढ्छन् त। रिपोर्टरहरु पछि पछि लागे। अनि पो थाहा भयो, बूढाले त पर्समा भएको फोन नम्बरमा फोन गर्न पो त्यो पसलमा गएका रहेछन् त। फोन गरेर बूढाले पर्स फिर्ता दिए।
एउटा मात्र पर्स फिर्ता आएको ठाउँ लिस्बन थियो। तर त्यो फिर्ता दिने पनि त्यही शहरका बासिन्दा भने थिएनन्, नेदरल्यान्डस्‌बाट छुट्टी मनाउन आएका बूढाबूढीले पो भेट्टाएर फिर्ता गरेका रहेछन्।
imandaar
तपाईँको पनि माथिका कुनै शहरबारे आफ्नो अनुभव छ कि ? अथवा जुनै ठाउँमा बसे पनि तपाईँको कुनै सामान हराएको र फिर्ता पाएको अनुभव छ ? तल कमेन्टमा बाँड्न सक्नुहुन्छ।
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis