रोम (एजेन्सी), आश्विन ८ - इटालीको जिनोआ सहरको स्यान विन्सेन्जोमा बिग्नोल रेल्वे स्टेसन नजिकैको सेन्ट्राले थिएटरमा प्रहरीले यौन व्यवसाय भएको फेला पारेको छ । फिल्मको टिकटभन्दा निकै कम दरमा त्यहाँ यौनजन्य क्रियाकलाप
भइरहेको थियो । छानविनपछि प्रहरीले उक्त हल बन्द गराएको छ ।
उक्त क्षेत्रलाई रेड लाइट एरियाको रूपमा पनि जानिन्छ । स्थानीय खबर पत्रिका 'ला रिपब्लिका' का अनुसार समलिंगी, ट्रान्ससेक्सुअल, युवा र युवतीले हलको सिट, शौचालय, रिसेप्सन नजिक र फिल्मको प्रोजेक्टर भएको कोठामा समेत यौनलीलामा मग्न फेला परेका थिए । यौन व्यवसायलाई प्रोत्साहन दिएको आरोपमा सेन्ट्राले हलका दुई प्रबन्धक र अन्य १७ जनाको भूमिकाबारे छानविन भइरहेको छ ।
इटालीमा सन् १९५८ मा यौनालयमा रोक लागेपछि यौनकर्मी र ग्राहकहरू सकडमा आउन बाध्य भएका ह्न् । उनीहरूले यस्तोमा बन्द चलचित्र हललाई पनि यौन व्यवसायको ठेगाना बनाउन पुगेका छन् ।
कुनै ठोस विकल्प नहुने र पक्राउ गर्दा पनि खासै उपलब्धि नहुने हुनाले प्रहरी अधिकारीहरूले प्रायः जसो यो व्यवसायलाई उपेक्षा गर्दै आएका ्न् । तर, इटालीको मिलान सहरको अभियोजन कार्यालयले उत्तरी इटालीको सिनेमा घरमा छापा मार्ने आदेश दिएको छ ।
साभार : कान्तिपुर
साभार : कान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !