CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पछि पर्न थालेपछि एमाओवादीद्वारा मतगणना बहिस्कार

पछि पर्न थालेपछि एमाओवादीद्वारा मतगणना बहिस्कार

अपडेटः (बिहान ४:२४)देशभरका मतगणना भइरहेका ठाउँबाट आएका प्रारम्भिक मतगणना परिणाममा माओवादी तेस्रो स्थानमा रहेको खबर आउँदै गर्दा एमाओवादीले धाँधली र षड्यन्त्र भएको भन्दै २४० क्षेत्रकै मतगणना बहिस्कार गर्ने भन्दै आफ्ना प्रतिनिधिहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। राति अबेर प्रचण्ड निवासमा बसेको हेडक्वार्टर बैठकले निर्वाचन प्रक्रियामा परिवर्तन र अग्रगमनविरुद्ध व्यापक चलखेल र धाँधली भएको, आफूहरुलाई घेराबन्दीमा पारिएको ठहर गरेको थियो। काठमाडौँ १० मै चार हजार
मतले प्रचण्ड पछि परेर हार्ने लगभग निश्चित देखिएको बेला यस्तो निर्णय भएको हो। प्रचण्ड विवेकी र दूरदर्शी नेता हुन् भने हारले अत्तालिएका आफ्ना कार्यकर्तालाई सम्हालेर परिणाम स्वीकार्नु पर्थ्यो। तर एउटा पनि क्षेत्रको परिणाम नआउँदै निर्वाचन परिणामै नमान्ने निर्णय गरेपछि बल्ल राजनीति ट्र्याकमा आउने भो भनेर खुसी भएकाहरु फेरि निराश हुनुपर्ने अवस्था आए। तर निर्वाचन आयोगले माओवादी प्रतिनिधिहरुले बहिस्कार गरे पनि मतगणना जारी राख्ने आदेश दिएपछि मतगणना सुचारु भएको छ।
माओवादीले आवेगमा मात्रै यस्तो निर्णय गरेको हो, यसमा पछि पुनर्विचार गर्लान् भन्ने आशा गरौँ। किनभने बहुदलीय व्यवस्थामा आएपछि हारजित त भइरहन्छ। हार्न पनि सिक्नुपर्छ। जनताको मन रिझाउन सके अर्को पटक फेरि नम्बर एक पार्टी बनिहाल्छ।
यो हारको कारण माओवादीसँगको आश र त्रासबाट जनता मुक्त हुनु हो भन्ने उनीहरुले बुझ्नुपर्छ। के गर्नु त जनताले। लौ गर न त भनेर ठूलो पार्टी बनाइदिएकै हो। प्रत्यक्षतर्फ बहुमत दिएकै हो। अनि बदलामा उनीहरुले के दिए जनतालाई ? संविधान पनि दिन सकेनन्। विलासी जीवन शैलिमा रमाए। भ्रष्टाचारमा लिप्त भए। अझ त्यतिले नपुगेर पार्टीसमेत फुटाए। अनि फुटेको पार्टीले चुनाव बहिस्कार भन्दै बम पड्काएर मान्छे मारे। एक पटकको जनादेशलाई सदाका लागि ठाने। ठूलो पार्टीको दम्भ लिए। जनताको आफूहरुप्रतिको धारणा के छ बुझ्दैनबुझी दुई तिहाई हामीलाई दिनुस्‌ भन्दै चुनावी विज्ञापन बनाए। आत्ममूल्याङ्कन गर्नुपर्छ माओवादीले। र हार स्वीकार गरी लोकतान्त्रिक बन्नुपर्छ। नत्र अब माओवादी लिट्टेपथमा गएर सखाप हुने बाहेक अरु बाटो छैन।
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis