CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » प्रचण्डलाई हराउने राजन केसी भन्छन्, प्रचण्डकै कारण मैले चुनाव जितेँ

प्रचण्डलाई हराउने राजन केसी भन्छन्, प्रचण्डकै कारण मैले चुनाव जितेँ


छ वर्षअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग संविधानसभा निर्वाचनमा पराजित हुँदाको क्षणलाई जीवनकै अविस्मरणीय क्षण मान्ने नेपाली कांग्रेसका विजयी राजन केसीका लागि बिहीबारको बिहान जीवनकै अर्को ठूलो अविस्मरणीय क्षण लिएर आयो।
उनी तिनै दाहाललाई ठूलो मतअन्तरले पराजित गर्दै बिहीबार संविधानसभासद्मा
चुनिएका छन्।
नेपालीमा उखान छ, १२ वर्षमा त खोला पनि फर्कन्छ तर कीर्तिपुरका जनतालाई १२ वर्ष कुर्ने धैर्यता भएन। काठमाडौं १० का मतदाताले ६ वर्षपहिले अत्याधिक मतले विजयी बनाएका माओवादी अध्यक्ष प्रचण्डलाई लज्जाजनक हार भोग्न बाध्य पारेका छन्।
केसीले २०३९२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी प्रचण्ड नभएर नेकपा एमालेका सुरेश मानन्धर बन्न पुगे जसले १३६१५ मत ल्याए। यो क्षेत्रमा प्रचण्ड तेस्रो भए। उनले १२८५२ मतमात्र ल्याए।
संविधानसभा निर्वाचनको परिणामले एमाओवादीका अध्यक्ष प्रचण्ड र उनको सिंगो पार्टीपंक्तिलाई बेचैन बनाइरहेका बेला पार्टी अध्यक्षलाई नै ठूलो अन्तरले हराउँदै नेपाली कांग्रेसका राजेन्द्र केसी विजयी भएका छन्।
सेतोपाटी संवाददाता बिहीबार बिहान पौने सात बजे केसीको घर पुग्दा उनी जितमा निश्चित भइसकेका थिए।
‘माओवादीले संविधान बनाउने नाममा मुलुकभर चार वर्ष जुन वितण्डा मच्चायो र यो क्षेत्रमा प्रचण्डले जितेर फर्केर पनि नहेरेपछि मेरो जितको कारण बन्यो,’ उनले भने, ‘मेरो क्षेत्रमा मात्र होइन, माओवादीको आँधीबेरी देशभरि नै बन्द हुनेछ।’
१५ सालदेखि हालसम्म यहाँको स्थानीय प्रतिनिधिका रूपमा यो क्षेत्रमा निर्वाचित नभएको इतिहास थियो। केसी पहिलो स्थानीय हुन् जसले यो क्षेत्रको प्रतिनिधित्व गरेका छन्।
‘यो क्षेत्रलाई लाल किल्ला भन्ने गरिन्थ्यो, त्यो अहिले तोडिएको छ,’ उनले भने।
मामाको छोरा कांग्रेस नेता रामशरण महतको प्रेरणाले राजनीतिमा आएको बताउने ५८ वर्षीय केसी २०४६ सालको जनान्दोलनपछिमा पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका हुन्। महतले केसीको चोभारस्थित घरमै बसेर एमए पढेका हुन्।
केसीले विजयी घोषित हुनुभन्दा केही घन्टाअघि सेतोपाटीसँग कुरा गर्दै लोकतन्त्र, जनता र मुलुकप्रतिको समर्पणभावले गर्दा नेपाली कांग्रेससँग आकर्षित भएको बताए।
भौगोलिक रुपले अत्यन्त विकट मानिने काठमाडौं क्षेत्र नम्बर दस एकतिर धादिङ र  अर्कोतिर मकवानपुर जिल्लासँग जोडिएको छ।
५८ वर्षका केसीको जन्म चोभारमा भएको हो। अर्थशास्त्रमा एमए गरेका केसीका बुबा आफैं सरकारी राइटर हुन्। परिवारका कान्छा छोरा केसी छयालीस सालको आन्दोलनसँगै पूर्णकालीन राजनीतिमा प्रवेश गरेका हुन्।
२०४७ सालमा उनी नेपाली कांग्रेस चोभार गाविसको इकाइ सभापति भए।
२०४९ को स्थानीय निर्वाचनमा चोभार गाविस वडा नम्बर २ को वडाअध्यक्ष निर्वाचित भएसँगै काठमाडौं जिल्ला विकास समितिको इलाका सदस्य बने उनी। २०५४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको नगर समिति सदस्यमा निर्वाचित भए केसी। त्यस्तै २०५४ सालमा कांग्रेसको क्षेत्रीय समिति सभापति निर्वाचित भए।
कांग्रेस महासमिति सदस्य तथा केन्द्रीय समिति अन्र्तगतको स्थानीय निकाय विभागको सदस्य हुन् उनी।
विजयमाला पहिरिन मतगणनास्थल नयाँ बानेश्वर जानुअघि हतारहतारमा केसीले अहिलेको चुनावको नतिजालाई लोकतन्त्रवादीको जितको रुपमा लिएको बताए। ‘एक वर्षभित्र लोकतान्त्रिक संविधान बनाई बाँकी अवधि जनताको भलाइका लागि स्थानीय विकासमा लागि पर्छु,’ उनले भने।
 - सेतोपाटी
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis