Home »
abroad
,
Entertainment
,
Movies
» बाह्र वर्षपछि ऋतिक-करिना : कट्रिनाले सलमानसित रोमान्स नगर्ने
बाह्र वर्षपछि ऋतिक-करिना : कट्रिनाले सलमानसित रोमान्स नगर्ने
कट्रिनाले सलमानसित रोमान्स नगर्ने
अन्ततः कट्रिना कैफ सल्लु भाइसित रिसाइन्। त्यसैले त उनले सलमान खानसित अनस्क्रिन रोमान्स नगर्ने बताइन्। स्रोतका अनुसार कोरियोग्राफर-निर्देशक प्रभुदेवा आफ्नो नयाँ चलचित्रका लागि सलमान र कटरिनालाई कास्ट
गर्न चाहन्थे, तर कटरिनाले सलमानसित अनस्क्रिन रोमान्स गर्न चाहिनन्। अब उक्त चलचित्रमा सलमानकी नायिकाको हुने भन्ने प्रश्न उठेको छ।
बाह्र वर्षपछि ऋतिक-करिना
बलिउडकी हट अभिनेत्री करिना कपुर तथा ड्यासिङ हिरो ऋतिक रोशन करिब १२ वर्षपछि पुनः पर्दामा एकसाथ देखिने भएका छन्। यी दुवैलाई पुनः पर्दामा ल्याउने तयारीमा छन्— करण जौहर र करण मल्होत्रा। स्रोतका अनुसार जब करणले यो प्रस्ताव यी दुवै स्टारसामु राखे, उनीहरू दुवै जना एकसाथ काम गर्न तयार भए।
साभार : सप्ताहिक
Labels:
abroad,
Entertainment,
Movies
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !