CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » हेलिकप्टरको हिसाबकिताब

हेलिकप्टरको हिसाबकिताब

चुनावी प्रचारका सिलसिलामा हेलिकप्टर चढेर २७ कात्तिकमा अछाम पुगेका परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई स्थानीय जनताले हूलहुज्जत गरे। फिस्टेल एयरको हेलिकप्टर चार्टर गरेका थिए ढकालले। चुनावका दौरान मात्रै उनले हेलिकप्टर भाडाबापत करबि ५५ लाख रुपियाँ खर्चेको हिसाबकिताब
निस्कन्छ। ढकाल त विगत संविधानसभामा एक मात्र सभासद् भएको दलका अध्यक्ष हुन्। चुनाव प्रचारमा उनीजस्तो हेलिकप्टरको प्रयोग ठूला दलका लगभग सबै नेताले गरे।

हेलिकप्टर कम्पनीहरूले दिएको औपचारकि जानकारी अनुसार प्रतिघन्टा उडानको नेपालीलाई १ हजार २ सय ५० अमेरकिी डलर पर्छ। प्रचलित विनिमय दर अनुसार त्यो रकम १ लाख २५ हजार नेपाली रुपियाँ हो। आयोगले दिएको स्वीकृतिलाई आधार मान्दा पनि एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले टाढाको जिल्ला आउन-जान चार घन्टासम्म र नजिकका लागि दुई घन्टाको दरले हिसाब गर्दा ६५ लाख रुपियाँ खर्चेर हेलिकप्टर उडान गरे।

पूरै दिनका लागि भाडामा लिँदा त्यसको खर्च २० लाख रुपियाँभन्दा बढी हुन्छ। प्रचण्डले त्यस्तो प्रयोजनका लागि समेत थुप्रैपटक हेलिकप्टर भाडामा लिएको स्रोत बताउँछ। हेलिकप्टर सयरमा प्रचण्डलाई पछ्याए, उनकै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईले। अनुमानित हिसाबकिताब अनुसार अहिलेसम्म चुनावी प्रचारप्रसारका लागि उनी एक्लैले ५७ लाख रुपियाँको हेलिकप्टर उडान गरे।

एमाओवादीकै नारायणकाजी श्रेष्ठले २९ लाख रुपियाँ, नेपाली कांग्रेसका रामचन्द पौडेलले २० लाख रुपियाँ, शेरबहादुर देउवाले २२ लाख रुपियाँ, राप्रपाका कमल थापाले सात लाख रुपियाँ, नेकपा एमालेका केपी ओली, ईश्वर पोखरेल र नेपाली कांग्रेसका मिनेन्द्र रजिालले क्रमशः पाँच, ६ र चार लाख रुपियाँका दरले खर्च गरेको हिसाब निस्कन्छ। कांग्रेसकै सुजाता कोइराला, गोपालमान श्रेष्ठ, प्रदीप गिरी र रामशरण महतले पनि पाँच लाख रुपियाँसम्म खर्च गरेका छन्। कांग्रेसमा पौडेल र देउवा खर्च गर्नेमा अगाडि छन्। सभापति सुशील कोइरालाले एक ठाउँ संखुवासभा जान मात्र हेलिकप्टर प्रयोग गरेका थिए।

संविधानसभाको दोस्रो निर्वाचनका लागि राजनीतिक दलले विभिन्न माध्यममार्फत आफ्नो प्रचारप्रसार गरे। निर्वाचन आयोगले तोकेको मापदण्ड र आचारसंहिताको समेत ख्याल नगरेर चुनावी दौडाहामा रहेका थिए नेताहरू। भौगोलिक दृष्टिकोणले दुर्गमका जिल्लामा हेलिकप्टर उडान गर्न पाउनुपर्ने माग एमाओवादीले सुरुदेखि नै राखेको थियो। तर, निर्वाचन आयोगले प्रारम्भमा हेलिकप्टरलाई चुनावी प्रचारप्रसारमा प्रयोग गर्न नपाइने भनेको थियो।

आयोग स्रोतका अनुसार एमाओवादीको दबाबकै कारण उसले आफ्नो पूर्वभनाइलाई संशोधन गर्दै दुर्गम जिल्लामा हेलिकप्टर लैजान पाइने भन्यो। यसलाई आधार बनाएर देश दौडाहमा हेलिकप्टर प्रयोग गर्ने प्रथम पार्टी पनि एमाओवादी नै बनेको छ।

अहिले नेपालमा निजी क्षेत्रबाट सञ्चालित १२ वटा हेलिकप्टर कम्पनीले उडान भर्दा पनि दलका नेताहरूले चाहे अनुरूपको सेवा पाएनन्। फिस्टेल एयरका वरिष्ठ परिचालन व्यवस्थापक श्रीहरि कुईंकेल भन्छन्, "जति नेताबाट माग आयो, त्यति पूरा गर्न सकिएन।"

पर्यटकलाई घन्टाको २ हजार ५ सय डलर शुल्क लिइन्छ। एकातिर नेपालीलाई शुल्कमा छुट दिनुपर्ने, अर्कातिर समयमा नै शुल्कबापतको रकम बुझाउने/नबुझाउने भर पनि नहुने। यस कारण पनि कम्पनीहरू हेलिकप्टर दिन हिचकिचाएका हुन्। तर, ठूला नेताका लागि भन्दै दबाब आउँदा त्यो खेप्न नसकेर धेरै ठाउँमा व्यवस्था गरिदिए। अब प्रश्न गर्न सकिन्छ, यसमा खर्चिएको पैसाको स्रोत के हो ?

निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै एक व्यक्तिले १० लाख रुपियाँभन्दा बढी खर्च गर्न नपाइने नियमविपरीत लाखौँ रुपियाँ खर्च गर्दा पनि निर्वाचन आयोग मुकदर्शक बन्यो। यस सम्बन्धमा आयुक्त तथा आचारसंहिता अनुगमन समितिका संयोजक अयोधीप्रसाद यादव भन्छन्, "पत्रकारहरू पूर्वाग्रही भएकाले यस्तो हिसाब निस्केको हो। प्रतिउम्मेदवार ७५ हजार रुपियाँ खर्च गर्ने प्रावधान अनुरूप ३ सय ३५ उम्मेदवार उठाएको दलले २ करोड ५१ लाख रुपियाँ खर्च गर्न पाउँछ। यसै अन्तर्गत खर्च भएको हुनुपर्छ।" एकातिर स्रोत देखाउनु नपर्ने, अर्कातिर खर्चलाई आयोगले वैधानिक बनाइरहँदा आगामी चुनाव भड्किलो र महँगो भएको अनुमान गर्न गाह्रो छैन।

आयुक्त यादवको भनाइ नै सत्य मान्ने हो भने पनि परिवार दलका अध्यक्ष ढकालले प्रचण्डको जत्तिकै खर्च गरेर हेलिकप्टर चार्टर गरेका थिए। नेपाली राजनीतिमा खासै चर्चामा नरहेको परिवार दलका अध्यक्ष ढकालको यस खर्च गराइ र स्रोतका बारेमा प्रश्न कसले गर्ने ?

दोस्रो संविधानसभा चुनावको प्रचारप्रसारमा हेलिकप्टर उडानमै ठूलो रकम खर्च तर स्रोत अज्ञात



हेलिकप्टर प्रयोग गर्ने नेताहरू 

-    पुष्पकमल दाहाल 'प्रचण्ड’ ः सोलुखुम्बु, भोजपुर, खोटाङ, दोलखा, डोल्पा, दैलेख, सुर्खेत, सिन्धुली (दुईपटक), सिन्धुपाल्चोक (दुईपटक), मनाङ, पर्वत, स्याङ्जा,

कास्की, लमजुङ, धादिङलगायत

-    बाबुराम भट्टराई ः हुम्ला, मुगु, दैलेख, बाजुरा, डडेलधुरा -दुईपटक), बझाङ, प्यूठान, गुल्मी (दुईपटक), दाङ, पाल्पा, बुटवल

-    नारायणकाजी श्रेष्ठ ः सिन्धुली, पाँचथर, इलाम, काभे्र, सोलुखुम्बु, खोटाङ, उदयपुर

-    सुशील कोइराला ः संखुवासभा

-    रामचन्द्र पौडेल ः अर्घाखाँची, रामेछाप, उदयपुर, राजविराज, धनकुटा, इलाम, खाँदबारी

-    शेरबहादुर देउवा ः बैतडी, डडेलधुरा, अछाम, बझाङ

-    केपी ओली ः दार्चुला

-    कमल थापा ः जाजरकोट, दैलेख, सल्यान

-    सुजाता कोइराला ः ओखलढुंगा, पर्वत

-    प्रदीप गिरी ः पर्वत

-    रामशरण महत ः पर्वत

-    गोपालमान श्रेष्ठ ः स्याङ्जा (दुईपटक)

-    मिनेन्द्र रिजाल ः खोटाङ

-    ईश्वर पोख्रेल ः लमजुङ

-    एकनाथ ढकाल ः भोजपुर, ओखलढुंगा, संखुवासभा, रोल्पा, कालीकोट, अछाम, सुर्खेत, दैलेख, बाजुरा, डोटी

(स्रोत ः निर्वाचन आयोग)

साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis