CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » 'हुस्सू’ खिरारे ?

'हुस्सू’ खिरारे ?

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी (खिरारे) धेरै बोल्दैनन् भन्ने त सबैलाई थाहा छ। उनी मुसुक्क मुस्कुराउँछन् र काम गर्छन्। उनी काम कसरी गर्छन् भन्नेबारे धेरै कुरा बाहिर आएको छैन। तर, ४ मंसिर बिहानै काठमाडौँ-१, सानो गौचरन मतदान केन्द्र
पुगेर उनले गरेको मतदान देख्नेले भने उनको काम थोरबहुत थाहा पाए। मतदानमा पुगेका खिरारेले त्यहाँ प्रत्यक्षतर्फको मत खसाएर फर्किन खोजे। तर, सहयोगीले उनलाई सम्झाए, 'मतपत्र त अर्को पनि छ' भन्दै। उनलाई थाहै रहेनछ, दुइटा मतपत्र छन् भन्ने कुरा। प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीका लागि अलगअलग मतपत्र राखिन्छन् भन्नेसम्म जानकारी रहेनछ कि क्या हो श्रीमान्लाई ? रेग्मीलाई नै यस्तो अलमल हुने अवस्थामा निरक्षर आमनेपालीको अवस्था के भयो होला ? कसो नीलकण्ठ उप्रेतीज्यू ?

-  नारायण अमृत
साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis