CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नेपाल पहिलो पटक विश्वकप क्रिकेटमा .... गज्जब

नेपाल पहिलो पटक विश्वकप क्रिकेटमा .... गज्जब

t20विश्वकपमा सँधै नेपालीहरु अरु टिमको समर्थन गरी हेर्नुपर्ने बाध्यता थियो। विश्वकप एउटा सपना जस्तो लाग्थ्यो हामीलाई। तर यस पटक ट्वान्टी २० क्रिकेटको विश्वकपमा नेपालले छिमेकी देशको हैन, आफ्नै चन्द्रसूर्य फहराएर आफ्नै देशको टिमलाई समर्थन गर्न पाउने छन्। हङकङसँग भएको रोमाञ्चक खेलको अन्तिम बलमा विजय लक्ष्य भेट्टाएर नेपाल विश्वकपका लागि छनौट भएको हो। 
नेपालले टस जितेर ब्याटिङ गर्न हङकङलाई आह्वान गरेपछि उसले आठ विकेटको
क्षतिमा १४३ रन बनाएको थियो।
अन्तिम ओभरमा ६ बलमा १३ रन बनाए नेपाल विश्वकपका लागि छनौट हुन्थ्यो। यो ओभर नेपाली क्रिकेट इतिहासमा सदा स्मरणीय रहनेछ।
क्रिजमा थिए शरद भेषावकर र प्रदीप ऐरी। बलिङ गर्दै थिए हसिब अमजद।
मैदानमा उपस्थित नेपाल समर्थकहरुमात्र हैन एनटिभी प्लसमा लाइभ हेरिरहेका सारा नेपालीको मुटु ढुकढुक गरिरहेको थियो।
पहिलो बलमा शरद्ले छक्का हानिदिए।
अब ५ बलमा ७ रन बनाए विश्वकपमा छनौट।
दोस्रो बलमा पनि शरदले चौका हानिदिए। अब ४ बलमा ३ रन बाँकी।
तेस्रो बलमा शरद्ले एक रन लिए। अब ३ बलमा २ रन बाँकी।
चौथो बलमा ब्याटिङमा थिए प्रदीप ऐरी। अमजदले बल फ्याँके तर कुनै रन बनेन। अब २ बलमा २ रन बाँकी।
पाँचौँ बलमा प्रदीप ऐरीले एक रन लिए। स्कोर बराबर भयो। जितका लागि एक बलमा एक रन।
ब्याटिङमा थिए शरद्। फ्याँके अमजदले बल। हङकङका सबै खेलाडी एक रन जोगाउन घेरा हालेर बसेका थिए। शरदको ब्याटमा ठोक्किएको बललाई हङकङका खेलाडीले रोक्न खोजेका थिए तर बल मैदानमा गुड्दै गयो। हाम्रो आँखा त्यसैमा थियो। किनकि टिभीको क्यामेरा त्यतै। त्यतिञ्जेल एक रन बनिसकेको थियो। त्यसको मतलब नेपाल विश्वकपका लागि छनौट भइसकेको थियो। र यो ऐतिहासिक सफलता थियो नेपालका लागि।
हेर्नुस् यो रोमाञ्चक ओभर भिडियोमा
नेपालले यो सफलता राज्यले धेरै सुविधा दिएर, क्रिकेट स‌ंघले राम्रो व्यवस्था गरिदिएर पाएको हैन। खेलाडीहरुको कडा मेहनत अनि पारस जस्तो क्याप्टेन र पुबुदु दासानायके जस्तो कोचका कारण पाएको हो। सारा नेपालीको शीर ठाडो पार्ने सबै नेपाली खेलाडीलाई सलाम्। नेपाललाई ऐतिहासिक सफलता दिलाउने क्याप्टेन र कोचलाई धन्यवाद।
विश्वकप कहाँ र कहिले हुन्छ ?
नेपालले विश्वकप खेल्ने भयो। तर त्यसो भन्दैमा भारतीय वा पाकिस्तानी अथवा श्रीलंकाली स्टार क्रिकेटरहरुसँग नेपालले खेलेको तुरुन्तै हेर्न भने पाइने छैन। टेस्ट खेल्ने टप ८ देशसँग खेल्न नेपालले पहिला ग्रुप एमा आयोजक बंगलादेश वा ग्रुप बीमा जिम्बाब्वे रहेको चार देश सम्मलित समूहमा खेली ग्रुप टप भए बल्ल इङल्यान्ड न्युजिल्यान्ड साउथ अफ्रिका र श्रीलंका भएको समूह १ वा भारत पाकिस्तान अस्ट्रेलिया वेस्ट इन्डिज भएको समूह २ मा प्रवेश पाउँछ।
ट्वान्टी २० खेल हो के भन्न सकिन्छ र, विश्वकपमा पनि पहिलो चरण पार गरी टेस्ट खेल्ने राष्ट्रलाई हराइदियो भने ? किनकि हामी सपना देख्न थालेका छौँ। हामीलाई सपनामा विश्वास गर्न हाम्रो टिमले सिकाइसकेको छ। अब यो ऐतिहासिक सफलता पाइसकेपछि नेपाललाई गुमाउनु केही छैन। अब पाउनु मात्र छ।
विश्वकप सन् २०१४ को १६ मार्चदेखि हुनेछ। नेपालले पहिलो चरणमा तीन खेल खेल्नेछ। यी खेल १६ देखि २१ मार्चको बीचमा हुनेछ। यो चरण पार गरे बाँकी तीन खेल २४ मार्चदेखि १ अप्रिलको बीचमा हुनेछ।

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis