काठमाडौं– टेलिसिरियल 'तीतो सत्य' युनिटले फिल्म निर्माणमा पनि हात हालेको छ। मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा निर्माता रहेको फिल्म '६ एकान ६'ले राजधानीमा सोमबार पत्रकार भेटघाट गर्यो। कार्यक्रममा निर्माता दीपकराज गिरीले टेलिफिल्म निर्माणको अनुभवले फिल्म निर्माणमा प्रेरित गरेको बताए।
'भारतीय च्यानलहरुको अतिक्रमणका बावजुद नेपालमा बनेका कमेडी सिरियलले आफ्नो उपस्थिति जोगाउन सफल भएका छन्। नेपाली दर्शकले हामीप्रति देखाएको माया र ममताले ठूलो पर्दामा पनि केही गर्न सकिन्छ भनेर निर्माणमा हात हालेका हौं,' फिल्मका कलाकारसमेत रहेका दीपकले भने। संसारमा धेरै थरीका फिल्म बन्ने सन्दर्भ उल्लेख गर्दै उनले फिल्ममा हिरामोती जवाहरात होइन मनोरञ्जन खोजौं भन्ने नारालाई सार्थकता दिने हिसाबले फिल्म बनाएको बताए।
तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानी समूहका प्रमुख कलाकारको अभिनय रहेको फिल्मलाई दिनेश डिसीले निर्देशन गरेका हुन्।
दिनेशले फिल्मले १० मिनेट पनि 'बोर' नगर्ने दाबी गरे। 'आम नेपाली फिल्ममा हुने गल्ती यसमा छैनन्। म आफैंले पछिल्ला फिल्ममा गरेका गल्ती पनि दोहो¥याएको छैन,' डिसीले भने।
६ जना चरित्रको कथा भन्ने फिल्ममा शिवहरि पौडेलले मुख्य भूमिकामा अभिनय गरेको जानकारी दिए। उनले ४७ वर्षको उमेरमा हिरो बनेर अभिनय गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए। 'सुरुमा दीपकराज गिरीले मुख्य भूमिकामा अभिनयको प्रस्ताव ल्याउँदा हच्किएको थिएँ। तर सलमान खानले ४८ को उमेरमा पनि हिरोको रुपमा अभिनय गरिरहेको समाचार पढेपछि म पनि के कम भन्ने लाग्यो र प्रस्ताव स्विकारेँ। अहिले फिल्म हेर्दा सबैभन्दा कम उमेरको र ह्यान्डसम त मै पो देखिएको रैछु,' ठट्यौलो पारामा पौडेलले भने।
कार्यक्रममा अभिनेत्री नीता ढुंगाना, दीपाश्री, निर्माल शर्मा तथा सन्दीप क्षेत्रीले पनि फिल्मसँगका अनुभव बाँडेका थिए। अनामनगरस्थित युनियन हाउसमा सम्पन्न कार्यक्रममा फिल्मको शीर्ष गीत देखाउनुका अलावा राज सिग्देलले गीत गाएर सुनाएका थिए।
फिल्ममा जितु नेपाल, सीताराम कट्टेल, केदार घिमिरे, सन्दीप क्षेत्री, अर्जुन श्रेष्ठ, शैलेश आचार्य, निता ढुंगाना आदिको अभिनय रहेको छ।
दीपकराज गिरीको कथा संवाद रहेको फिल्मको पटकथा जगदीश्वर थापाले तयार गरेका हुन् भने पुरुषोत्तम प्रधानको छायांकन र शम्भुजित बास्कोटाको संगीत रहेको छ। फिल्म पुस २६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको हो

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !