नेपालको राजनीतिमा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको संलग्नता नौलो होइन। हरेक पार्टीमा मसल देखाउन सक्ने र परेको खण्डमा जस्तोसुकै हर्कत गर्न तम्सिनेहरूको जमात ठूलो छ। दलका नेताहरूले शक्ति प्रर्दशन गर्न तथा निर्वाचनमा आफ्नो रवाफ देखाउन 'डन' कहलिएका गुन्डाको सहारा लिने गरेका छन्। यस पटकको संविधानसभा निर्वाचनमा पनि केही 'डन' भनाउँदाहरूले नेताको सेवा गर्ने मौका पाएका छन्।
नेताले आपराधिक पृष्ठभूमि भएकालाई आफ्नो सारथि बनाएका छन्। शहरका टोल तथा गल्लीमा डुलिहिँड्ने 'टोले दादा' नेताको सम्पर्कमा पुग्ने माध्यम पनि यस्तै निर्वाचन हुन्। चुनाव प्रचारप्रसारमा सहभागी हुने, बुथ क्याप्चर गर्ने र प्रतिस्पर्धी पार्टीका कार्यकर्तालाई तह लगाउने काम गरेपछि नै 'टोले दादा' नेताका नजरमा चढ्छन्। नेताले ढाड सुमसुम्याएर 'मेरो भाइ' भन्न थालेपछि टोले दादाहरूको मनोबल एकाएक बढ्छ। त्यसपछि उनीहरू धम्की, कुटपिटबाट माथि उठेर जबरजस्ती रकम असुली, हत्या र अपहरणजस्ता गम्भीर प्रकृतिका अपराधमा संलग्न हुन थाल्छन्। गम्भीर प्रकृतिका अपराधमा प्रहरीले गुन्डाहरू पक्राउ गरे पनि नेताहरू 'मेरो मान्छे हो, छोडिदिनू' भन्दै प्रहरीलाई दबाब दिन थाल्छन्। गुन्डाहरू कुनै न कुनै राजनीतिक दलसँग आबद्ध हुने भएका कारण उनीहरूमाथि प्रहरीले कानुनबमोजिम कारबाही गर्न सक्ने अवस्था छैन। यो निर्वाचनमा केही नेताले केही नाम चलेका गुन्डालाई आफ्नो सारथि बनाएका छन्।
१) एमाले नेता केपी ओलीले आठ महिनाअघि टीका लगाएर पार्टी प्रवेश गराएका 'डन' रमेश बाहुन (सुजन पौडेल) प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका व्यक्ति हुन्। उनी अहिले रामेछापमा एमालेको प्रचारमा उम्मेदवारसँग घरदैलो गरिरहेका छन्। उम्मेदवारको सुरक्षाका लागि खटिएका प्रहरीसँग कुम जोडेर हिँडिरहेका उनलाई रामेछाप प्रहरीले भने नभेटिएको भनिरहेको छ। उनी एमाले रामेछापको जिल्ला सदस्य पनि हुन्। बाहुन रामेछाप क्षेत्र नं. १ बाट चुनाव लडेका नेकपा एमालेका कमलप्रसाद सुनुवार र क्षेत्र नं. २ का उम्मेदवार कैलाशप्रसाद ढुंगेलको चुनावी अभियानमा संलग्न भइरहेका छन्। मंसिर १ गतेसम्म रामेछापको निर्वाचन अभियानमा सक्रिय रहने बाहुन २ मंसिरमा एमाले नेता केपी ओलीको प्रचारका लागि झापा जाने तयारीमा छन्। विभिन्न व्यक्तिलाई धम्क्याएर पैसा असुल्ने गरेको उजुरीका आधारमा प्रहरीले उनलाई 'मोस्ट वान्टेड'को सूचीमा राखेको छ।
२) नुवाकोट क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले निर्वाचनमा प्रयोग गर्ने डनहरूमा घैँटे भनिने कुमार श्रेष्ठ मुख्य व्यक्ति हुन्। विभिन्न आपराधिक गतिविधिमा संलग्न घैँटेलाई नेता केसीका भाइ जगदीशनरसिंह केसीको संरक्षण छ। प्रहरीबाट जोगिनका लागि उनले पटकपटक केसीको घरमा संरक्षण लिने गरेको प्रहरी बताउँछन्। प्रहरीले सोधपुछका लागि बोलाउँदा उनी नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीको साथ लागेर प्रहरी कार्यालय पुग्ने गरेका छन्। घैँटेले नुवाकोट क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार डा. रामशरण महतलाई पनि सहयोग गरिरहेका छन्।
३) दुई साता अघिमात्र जेलबाट छुटेका 'डन' दीपक मनाङेले एक टेलिभिजन च्यानलसँग जेलबाट छुटेकै दिन कुराकानी गर्दै ठाउँ अनुसार फरकफरक पार्टीलाई सहयोग गर्ने बताएका थिए। उनको संक्षिप्त प्रतिक्रिया थियो– ठाउँ हेरेर कांग्रेस, एमाले र माओवादीलाई सहयोग गरिन्छ। उनको भनाइबाट के बुझिन्छ भने डन कहलिएका मनाङे जस्ता व्यक्तिहरू सबै पार्टीमा उत्तिकै खपत हुन्छन्। उनको आफ्नै दल संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले संविधानसभा निर्वाचनमा भाग नलिएपछि उनी ठाउँअनुसार फरकफरक दललाई सहयोग गर्ने निर्णयमा पुगेका हुन्। उनले करिब छ महिनाअघि पत्रकार सम्मेलन गरेर माननीय हुने योजना सुनाएका थिए। पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका मनाङेले पूर्वका जिल्लाहरूमा कांग्रेस र एमाओवादीका उम्मेदवारलाई सघाइरहेका छन्। मनाङेले काभ्रे क्षेत्र नं. २ का फोरम लोकतान्त्रिकका उम्मेदवार अर्का 'डन' गणेश लामालाई पनि सघाइरहेका छन्।
४) सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा छुटेका अर्का 'डन' पर्शुराम बस्नेत एमालेलाई जिताउन पूर्व क्षेत्रमा सक्रियताका साथ लागिपरेका छन्। बस्नेत युवा संघको पूर्वाञ्चल इन्चार्ज हुन्। बस्नेत एमाले नेता केपी ओली उम्मेदवार रहेको क्षेत्र झापा– ७ मा विशेष सक्रिय छन्। उनी पूर्वाञ्चलका ५६ क्षेत्रमध्ये २४ वटामा एमालेको जीत सुनिश्चित भएको बताउँदै प्रचारप्रसारमा हिँडिरहेका छन्। उनी आफू डन नभएको र एमाले कार्यकर्ता रहेको बताउँछन्। पर्शुरामलाई एमाले नेता ओलीले संरक्षण गर्दै आएका छन्। राजनीतिक आवरणमा उनको चुरीफुरी निकै बढिरहेको छ।
५) नेकपा एमालेले संरक्षण गरेर राखेको अर्का 'डन' हुन्, चरी अर्थात् दिनेश अधिकारी। प्रहरीको सूचीमा चरी संगठित आपराधिक समूहका नाइके भए पनि राजनीतिक आशीर्वाद पाएका कारण उनी कारबाहीबाट जोगिएका छन्। उनलाई एमाले नेताहरूको दह्रो साथ छ। धादिङ क्षेत्र नं. ३ का क्षेत्रीय कमिटिका उपाध्यक्ष रहेका चरी आफूलाई एमालेको इमानदार सिपाही भन्न रुचाउँछन्। उनी क्षेत्र नं. ३ बाट एमालेको तर्फबाट उम्मेदवार बनेका नेता राजेन्द्रप्रसाद पाण्डेको निकट मानिन्छन्। नयाँ धन्दा नभएका कारण आर्थिक समस्यामा परेको भनिएका उनी निर्वाचनमा भने केही मात्र सक्रिय देखिएका छन्। पाण्डेको चुनावी अभियानमा उनी सहभागी भइरहेका छन्। चरी सुरुमा कांग्रेस निकट थिए। एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीसम्म चरीको राम्रो सम्पर्क रहेको बताइन्छ।
६) 'डन' नेताका सारथिमात्र बनेका छैनन्, स्वयम् चुनावी मैदानमा पनि उत्रिएका छन्। वारेसनामामार्फत जेलबाटै काभ्रे निर्वाचन क्षेत्र नं. २ बाट फोरम लोकतान्त्रिकको उम्मेदवारी दर्ता गराएका गणेश लामा प्रचारप्रसारमा व्यस्त छन्। आपराधिक गतिविधिमा सक्रिय लामा छोटो समयमै बलियो राजनीतिक संरक्षण पाउने व्यक्ति हुन्। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले उनलाई आफ्नो सारथि बनाउँदै आएका छन्। करिब एक दशक आपराधिक गतिविधिमा सक्रिय रहेका उनी पार्टीको नेताका रूपमा मतदातको घरदैलो गरिरहेका छन्। उपत्यकाको रात्रिकालीन व्यवसाय, रक्तचन्दन तस्करी, ठेक्कापट्टामा गुन्डा परिचालन गरेर मनग्गे समपत्ति जोड्न सफल लामा फोरम लोकतान्त्रिकका लागि आर्थिक 'ब्याकअप' पनि हुन्।
७) पार्टीका नेता कार्यकर्ता चुनाव प्रचारमा व्यस्त रहेका बेला नेकपा एमालेको भ्रातृ संगठन युवा संघका धरान नगर इन्चार्ज दिवस राई प्रहरीले भेट्ला भनेर लुकीलुकी हिँडिरहेका छन्। धरानमा राजनीतिक कार्यकर्ताभन्दा स्थानीय डनका रूपमा बढी परिचित दिवसविरुद्ध संघीय समाजवादी पार्टीका निर्वाचन परिचालन कमिटी उपाध्यक्ष मदन तामाङ र जिल्ला उपाध्यक्ष पारस काङमाङलाई गोली प्रहार गरेको अभियोगमा किटानी जाहेरी परेको छ। त्यसैले उनलाई प्रहरीले दुई सातादेखि खोजी गरिरहेको छ।
बा २ च ९७४५ नम्बरको छतबिनाको क्लासिक जिपमा नेकपा एमाले जिन्दावाद नारा लेखेर पार्टीको झन्डा फहराउँदै गाडीभरि लामो कपाल पालेका, कुन्डले राखेर बजारमा हिँड्ने दिवस यसअघि पनि विभिन्न आपराधिक घटनामा मुछिएका व्यक्ति हुन्। जिपको अगाडि–पछाडि र दायाँ–बायाँ सूर्य चिन्ह पेन्टिङ गरेर पार्टीको रवाफ देखाउँदै हिँड्ने उनी यसअघि पनि धनकुटामा ठेकेदार अपहरणको आरोपमा पक्राउ परेका थिए। स्थानीय डनकै रूपमा परिचित तथा हाल युवासंघमै आबद्ध अर्का युवा आविष्कार लिम्बू पनि सो घटनामा पक्राउ परेका थिए। ६० लाखको चेकसहित पक्राउ परेका उनीहरूलाई एमालेले सोर्सफोर्स लगाएर छुटाएपछि फूलमाला र अबिर जात्रा गर्दै बजार परिक्रममा गराएको थियो। त्यसपछि आपराधिक क्रियाकलापमा उनीहरूको मनोबल झनै बढेर आयो।
पहिला धरानमा युवाहरूबीच तरबार हानाहान गर्न सक्रिय दिवसलाई एमालेले पार्टी प्रवेश गराएपछि उनी पार्टीका गतिविधिमा सक्रिय बनिरहेका छन्। केही वर्षअघि धरान–१८ शिवमार्गमा युवा समूहबीचको गोलीकाण्डमा समेत मुछिएका उनलाई एमालेले बचाएको थियो। एक महिनाअघि आविष्कार रेस्टुरेन्टमा सशस्त्र प्रहरी निरीक्षक विजय हमालको पेस्तोल खोसेको आरोपमा पक्राउ परे। प्रहरीले उनलाई मुद्दा चलाएर जिल्ला पठायो। हमाललाई विभागीय कारबाही भयो तर लिम्बूलाई जिल्ला प्रशासन कार्यालयले चार दिनमै छाडिदियो। गोलीकाण्डमा मुछिएका दिवसलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन भने उनको क्लासिक जिप प्रहरीले पक्राउ गरे पनि एक सातापछि छाडिदियो।
साभार : नागरिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !