आयरल्याण्डका मार्क बोयलले आफ्नो घर जागिर सबै छाडिदिएका छन् । अब उनीसँग न बैंक अकाउन्ट छ न कुनै सम्पत्ति । सारा संसारिक सुख छाडेर अहिले उनी सयौं बर्ष पुरानो जीवन जीउँदै छन् ।
उनको जीवनमा यो परिर्वतन महात्मा गान्धीको जीवनीमा बनेको भिडियो ‘द गान्धी’ हेरेपछि आएको हो । गान्धीको विचार ‘बी द
चेन्ज वान्ट टू सी इन द वल्र्ड’ ले मार्कलाई यति प्रभावित पर्यो कि जीवनको उद्देश्य नै बदलिदिए- गान्धीले जस्तो जीवन बिताउने । अब उनले संघर्ष गरेर नै बाँकी जीवन बिताउने छन, पश्चिमा मुलुकको सुबिधामा हैन् ।
मार्क भन्छन्-सात वर्षअघिसम्म म यस्तो गर्नेबारे सोच्नसम्म सक्दिनथेँ ।’ बिजनेस र इकोनोमिक्समा डिग्री गरेपछि उनले एक अर्गानिक कम्पनीमा काम गरेका थिए । ‘मसँग पैसा र जीवनको सबै सुविधा थियो ।’ उनी भन्छन्, अब म आफ्नो खाना माइक्रोओभनमा हैन स्टोभमा बनाउँछु । मलाई लाग्छ, उपभोक्ता र उपभोगको बीचमा निकै दुरी बढेको छ । पैसाले खुसी आउँदैन । सुविधाको अभावमा पनि म निकै खुसी छु ।’
बृत्तचित्र हेरेपछि अहिले उनी गान्धीको जस्तो जिन्दगी जिउने कोसिसमा छन् । उनी सकेसम्म सुबिधायुक्त चीज प्रयोग गर्दैनन, आफ्नो जीवनलाई भोग बिलासबाट टाढै राख्न कोसिस गर्छन् ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !