CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » महिलामा जुवा-तास तथा ड्रिंक्सको लहर

महिलामा जुवा-तास तथा ड्रिंक्सको लहर

उहिले चाडबाड केटाकेटी र पुरुषहरूलाई मात्र आउँथ्यो। कारण के भने महिलालाई उनीहरूको मनोरञ्जनको प्रबन्ध मिलाउँदैमा रमाइलो गर्नु त के खाने फुर्सद पाउन पनि गार्‍हो हुन्थ्यो। हिजोआज महिला पनि यस्ता अवसरमा पुरुषसरह जुवा-तास तथा मदिरा सेवनमा सरिक हुन थालेका छन्। महिलालाई पनि रमाइलो आवश्यक कुरा हो भन्ने लाग्न थालेकै कारण
यस्तो ट्रेन्ड बढ्दै गएको हो। महिलामा जुवा-तास तथा ड्रिंक्सको टे्रन्डका विषयमा नारी बहस ः

रिना प्रधान (परिमिता), कस्मेटोलोजिस्ट

यस विषयमा २ वटा तर्क छन्। सामाजिक हुन तथा मनोरञ्जनका लागि जुवा-तास वा मदिरामा सरिक हुनु वा यसैमा लत बसाई आशक्त हुनु। रमाइलो महिला-पुरुष दुवैका लागि आवश्यक छ तसर्थ चाडपर्वका बखत महिलाले घरभित्रै जुवा-तास खेल्नु अथवा मदिरापान गर्नु गलत होइन। यसबाट घरभित्रको पैसा बाहिर जाँदैन र परिवारसँग खुसी साट्न पनि पाइन्छ। यदि कोही मनोरञ्जनका लागि अकेजनल्ली पिउँछ वा खेल्छ भने त्यसलाई नराम्रो भन्न मिल्दैन। चाडपर्वमा म पनि परिवारसँग रमाइलोका लागि खेल्छु, पिउँछु। किनभने हामीलाई सामाजिक मान्यताको ख्याल हुन्छ। हामी यही समाजमा बस्ने मानिस हौं।

मनीषा घिमिरे, मिडिया पर्सनालिटी

म सम्झन्छु दसैं-तिहारका बेलामा आमामाथि कामको बोझ थपिन्थ्यो। घरका पुरुषहरू खानपिन वा जुवा-तासमा रमाउँथे र महिलाहरू घरधन्धामै व्यस्त हुन्थे। मनोरञ्जनका नाममा साथीभाइ एवं परिवारसँग गरिने यस्तो रमाइलो नराम्रो त होइन तर ठूलो पैसाको लेनदेन गरी खालै बनाएर खेल्ने र मदिराको लत नै लगाउने कुराप्रति भने सहमत हुन सकिँदैन। कतिपय अवस्थामा यस किसिमका लतका कारण चाडपर्वको रमाइलो नरमाइलोमा परिणत भएको पनि सुनिएको छ। हाल महिलाहरू पनि मनोरञ्जनका विभिन्न गतिविधिमा पुरुषसरह नै सहभागी हुन्छन्। यो  कुरा आफैमा नराम्रो होइन तर पुरुषले खान र खेल्न हुने अनि महिलाले नहुने भनेर होडबाजीका रूपमा  यस्तो विसंगतिलाई अंगाल्ने कुरा राम्रो होइन। यस्ता कुरालाई महिलाको स्वतन्त्रता र अधिकारसँग जोड्नु हुँदैन। यसमा महिला र पुरुषको कुरै आउँदैन। नराम्रो परिणाम निम्त्याउन सक्ने कुनै पनि चलनविरुद्ध महिला र पुरुष दुवै उभिनुपर्छ। मनोरञ्जनको चाहना  महिला र पुरुष दुवैलाई उत्तिकै हुन्छ भने मनोरञ्जनको पनि एउटा सीमा रेखा हुन्छ। 

सरु जोशी श्रेष्ठ,कार्यक्रम विज्ञ (युएन वुमन)

हामी एकातिर समानताको कुरा गर्छौं अर्कातिर विवेकशील निर्णयअनुसार चल्नुपर्ने अवस्था छ। व्यावसायिक महिलाहरू जो लोकप्रिय हुन्छन् सबैले उनीहरूका बारेमा चासो राख्छन् ती महिलाले जे-जस्ता काम गरे पनि नोटिस हुन्छ। यस्ता व्यक्तिले गरेको नराम्रो काम आगोझैं तुरुन्तै फैलन्छ। ती व्यक्तिहरू समाजका रोल मोडल भएकाले यस्ता कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ। चुरोट पिउने, मदिरापान गर्ने, जुवा-तास खेल्ने जस्ता कुरा नितान्त व्यक्तिगत भएकाले यस विषयमा अरुले बोल्ने, चासो दिने खाँचो छैन। तैपनि एउटा व्यक्तिले त्यसो गरेका कारण ठूलो मासलाई धक्का पुग्छ वा त्यो समूह पनि त्यतै केन्दि्रत हुने सम्भावना छ भने पक्कै पनि गम्भीर भएर सोच्नुपर्छ। अब चाडपर्वमा हामीले रचनात्मक मनोरञ्जनमा जोड दिने कि ? चाडपर्वलाई रचनात्मक तथा सिर्जनशील बनाउने तर्फ कसरी अघि बढाउने भन्ने हिसाबले फरक ढंगले सेलिब्रेट गर्ने हो कि ? 

रमिला न्यौपाने, गायिका

अन्य समयमा पनि महिलाले रमाइलो गर्नै नहुने भन्ने होइन। सबैको रमाइलो गर्ने तरिका भने एउटै हुँदैन। कसैलाई पिएर रमाइलो गर्न मन लाग्छ त कसैलाई पिलाएर... मतलब अरूले पिएको हेर्दै आफू रमाउने व्यक्तिहरू पनि कम छैनन् यहाँ। पहिलेको पुस्तालाई फर्केर हेर्दा महिलाहरू पुरुषको रमाइलोको व्यवस्थापनमै सरिक हुन्थे। यसले गर्दा न त रमाइलो गर्ने फुर्सद मिल्थ्यो न रमाइलोको तरिका नै थाहा हुन्थ्यो। हरेक कुरामा पुरुषसरह महिला भन्ने सिद्धान्तसँगै रमाइलो गर्ने कुरामा पनि महिलाहरू अघि बढिरहेका छन्। आधुनिक नारीले आफूलाई हरेक क्षेत्रमा पोख्त साबित गरेझैं उनीहरू मनोरञ्जन गर्ने कुरामा पनि कम छैनन्। पर्वका अवसरमा परिवारसँग रमाइलो गर्न मदिरापान गर्नु, जुवा-तासमा सहभागी हुनु भनेको हाम्रो समाज एक तहबाट अर्को तहमा पुग्नु पनि हो। आनन्द मिल्छ भने पुरुषले मात्र किन महिलालाई पनि रमाइलो गर्न छुट छ तर लतलाई कुलतमा परिवर्तन गर्नु हुँदैन। चाहे महिला हुन् वा पुरुष ग्याम्बलिङ गर्नु, नसाका रूपमा मादक पदार्थ प्रयोग गर्नु भनेको चाडपर्वको निहुँ पारेर समाजलाई पनि बिगार्नु हो। 

साभार : नारी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis