इराक युद्धका अनेक समाचार र तस्वीरहरु आइरहेका थिए र छन् पनि । तर, इराक युद्धका नभनिएका अनेक कथाहरु लुकेर बसेका छन् । हालै यूनिभर्सिटी अफ टेक्सास प्रेसले प्रकाशित थरेको कितावले इराक युद्धका केही लुकेका दृश्यहरु सार्वजनिक गरिदिएको छ ।
‘फोटोजर्नलिस्ट अन वारः द अनटोल्ड स्टोरीज फ्रम इराक’ शीर्षकको कितावमा विश्वभरका चर्तित फोटोग्राफकहरुका तस्वीर संग्रह
गरिएको छ । इराकमा भएको गम्भीर अपराधलाई दर्शाउने यी तस्वीहरुले एक पटक फेरि मानिसहरुलाई यो सोध्न बाध्य पार्छ कि युद्ध कुनै पनि देशका विरुद्ध हुन्छ कि मानवताविरुद्ध ?
ताल अफार, १८ जनवरी २००५
अमेरिकी सेनाले आफ्नो आमा बाबु मारिएपछि रोइरहेका ५ वर्षीय बच्चा । आक्रमणमा उनका भाइ घाइते भएका थिए ।
कुबाह, २४ मार्च २००७
अमेरिकी सेनाले मानिसहरुको खोजविनपछि नक्बरिङ गर्दै । यो क्रममा सेनाले स्थानीय मानिसहरुको पहिचानका लागि चिन्ह लगाउने गरेका थिए ।
सदर सिटी २००९ : अमेरिकी सैन्य
आक्रमणमा महिला मात्र हैन उनीहरुको गर्भमा रहेको बच्चालाई पछि छाडिएन । रेना नामकी यी महिलाको आक्रमणमा परेर खुट्टा गुम्यो भने गर्भमा हुर्कादै गरेको बच्चाको जन्मनु अघि नै मृत्यु भयो ।
बलाद, १६ जुलाई २००३
अमेरिकी सैजिकले बन्धक बनाएका संदिग्धसाग अमानवीय व्यवहार गर्ने गरेका छन् । यो तस्वीर त्यसको प्रमाण हो ।
इस्टर्न रमादी शहर, २४ जनवरी, २००६
इराकी बन्धक जमिनमा बेहोस अवस्थामा छन् भने नजिकै रहेका अमेरिकी सेना धुम्रपान गरिरहेका छन् । यसले संवेदनहीनता देखाउँछ ।
दियाला, ७ अप्रिल २००३
सद्दाम हुसेनका सैनिकको आक्रमणपछि घाइते भएका आफ्ना साथीको उद्धार गर्दै अमेरिकी सेना ।
करमाह, ३१ अक्टोबर, २००६
घाइते सैनिक अधिकारी बचाउन हिलो सडकबीच घिसारेर सुरक्षित स्थानतर्फ लैजादै कमेरिकी कमाण्डर ।
हल अफर शहर, ७ जुन २००५
विहान हुनासाथ सैनिकले संदिग्ध मानिसहरुलाई नियन्त्रणमा लिन्थे । अमेरिकी सेनाले छापा मारेर सयौंलाई आफ्नो बख्तरबन्द गाडीमा राखेर लैजान्थे । जसमा धेरै निर्दोष समेत पर्ने गरेका थिए ।
अल मुसयिब शहर, २७ मे २००३
बग्दालको दक्षिण पश्चिम शहर मुसायिबमा शबहरुको भिडबाट भाग्दै एक बालक । शवहरुलाई अन्त्येष्टीका लागि त्यहाँ राखिएको थियो ।
साभार : अन्लाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !