CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नियमित यौन सम्पर्कका फाईदा हरु

नियमित यौन सम्पर्कका फाईदा हरु


मनोविशेषज्ञहरूका अनुसार खुसी रहने महिलाहरू यौनिक रूपमा बढी सक्रिय हुन्छन्। उदास रहने महिलाहरू भने सम्भोगमा त्यति रुचि  राख्दैनन्। मस्तिष्क र प्रेम दुवै एक-अर्काका लागि ऊर्जादायक छन्।

आफ्नो पि्रयतमको लामो आयुको व्रत राख्नुभन्दा उनीसित प्रेम गर्नु राम्रो हुन्छ। अनुसन्धानकर्ताहरूका अनुसार जो नियमित संसर्गको आनन्द  लिन्छन् उनीहरूको आयु
लामो हुन्छ। यसबाट तनाव जन्माउने हार्माेन पनि नियन्त्रण हुन्छ।

संसर्गले शरीरमा अतिरिक्त बोसो जम्न दिंदैन। सातामा कमसे कम २० मिनेट लामो संसर्गले ५ सय क्यालोरी कम हुन्छ। यो ट्रेडमिलमा १५ मिनेट दौडिएजति हो।

सहवास कुनै एन्टिएजिङभन्दा कम छैन। त्यसैले यो टनिकबाट पछि हट्नु हँुदैन। सिक्रेट्स अफ द सपरयंगका लेखक डेविड विकका अनुसार  सुमधुर यौनजीवनबाट बढ्दो उमेरतर्फ चार कदम पछि हिँडिन्छ।

यौनसम्पर्क एक किसिमको सुरक्षित खेलजस्तै हो। यो पौडी, साइकिलिङ र जगिङभन्दा पनि बढी प्रभावकारी र आनन्ददायक छ।

संर्सगबाट व्यक्तिको मांसपेशी कसिलो हुन्छ। पेल्विस, तिघ्रा, पेटको माथिल्लो र तल्ल्ाो हिस्स्ाा, वक्ष र पाखुरा कसिलो हुन्छ भने युटरस, ब्लेडर  तथा युरिनको समस्या पनि कम हुन्छ।

सक्रिय यौनजीवनले सौन्दर्यमा पनि आकर्षण कायम राख्छ। यसबाट सँुघ्ने शक्ति पनि बढ्छ।

खानपानमा ध्यान दिनुका साथै प्रेमलाई पनि आफ्नो जीवनको अभिन्न हिस्साका रूपमा अँगाल्नु आवश्यक छ। नियमित यौनसम्पर्कले राम्रो र  नराम्रो कोलेस्ट्रोलका बीच सन्तुलन कायम राख्छ।

सेक्स हार्माेन एस्ट्रोजनले महिलाको ह्रदयलाई लामो समयसम्म सुरक्षित राख्छ। यसले अल्जाइमर र अस्टियोपोरोसिसबाट पनि बचाउँछ।  टेस्टोस्टेरन हार्माेनले हड्डी र मांसपेशीको विकासमा सघाउ पुर्‍याउँछ। 

सुमधर यौनजीवनले रुघा-खोकीजस्ता कैयन् संक्रमणको सम्भावनालाई पनि धेरै हदसम्म कम गर्छ। सातामा कमसे कम दुई पटक संसर्ग गनार् ले शरीरको रोग प्रतिरोधक क्षमता ३० प्रतिशतसम्म बढ्छ।

यौनिक रूपमा सक्रिय महिलाहरूमा स्तन क्यान्सरको खतरा पनि कम हुन्छ। कैयन् क्यान्सर हार्माेनको असन्तुलनका कारण नै हुन्छ। संसर्गले  हार्माेन सन्तुलन कायम राखेर क्यान्सरको आशंकामा कमी ल्याउँछ।

अनुसन्धानहरूअनुसार स्खलनको नियमितता र यौनसम्पर्कुयल एक्टिभनेसबाट पुरुषहरूमा प्रोस्ट्रेट क्यान्सरको खतरा १४ प्रतिशतले कम हुन्छ।

स्वस्थ जीवनका लागि यौनसम्पर्क राम्रो टनिक हो। हस्तमैथुनको तुलनामा सम्भोगले ४ गुणा बढी सन्तुष्टि प्रदान गर्छ। स्वाभाविक सम्भोगबाट  मस्तिष्कमा डोपामाइन हार्माेन उत्पन्न हुन्छ। यसले तन-मनलाई आराम र सन्तोष प्रदान गर्छ। 

अति हानिकारक भएजस्तै यौनसम्पर्क पनि अत्यधिक भए हानिकारक हुन्छ। यसबाट प्रतिरोधक क्षमता प्रभावित बन्न पुग्छ र योनि संक्रमणको  अवस्था सिर्जना हुने अवसर बढ्छ।

सुखद र सुमधुर यौनजीवनले एक-अर्काप्रति प्रगाढता बढ्छ। यसले आपसी विश्वासमा पनि सकारात्मक प्रभाव पार्छ। 

संसर्गपश्चात् पहिलेको तुलनामा संवेदना बढ्छ र ग्रन्थिहरू सक्रिय हुन्छन्। संसर्गपूर्व चकलेट खाए सम्भोग अझ बढी सुखदायक बन्छ।

महिनावारीको तीन दिन पीडारहित गुजार्न पनि सम्भोग लाभदायक सिद्ध भएको छ। सातामा एकपटक भए पनि सन्तुष्टिदायक सम्भोगमा  संलग्न भए महिनावारीमा हुने पीडा तुलनात्मक रूपले कम हुनुका साथै त्यो नियमित पनि हुन्छ।
साप्ताहिक , रोजिन शाक्य 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis