CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » जनता बैंकमा ९ करोडको डलर काण्ड

जनता बैंकमा ९ करोडको डलर काण्ड

janata-bank१ मंसिर, काठमाडौं । जनता बैंकमा विदेशी विनिमय कारोबारमा ठूलो घोटला भएको खुलेको छ । उक्त घटनाबाट बैंकलाई ८ करोड ८३ लाख रुपैयाँ नोक्सान पुगेको छ ।
सो घटनामा बैंकले ३ जना कर्मचारीहरुलाई कारबाही समेत गरेको बुझिएको छ । घटनापछि बैंकले तत्कालिन कार्यकारी प्रमुख विजय पन्तलाई निरन्तरता नदिई उनको पदावधीपछि डा. रमेश 

कुमार भट्टराईलाई प्रमुख कार्यकारी नियूक्त गरेको छ ।
बैंकले अमेरिकी डलरको फरवार्ड कन्ट्याक्टमा उक्त रकम गुमाएको हो । विनिमय दरको जोखिम न्यूनिकरण गर्न व्यापारीले बैंकसँग फरवार्ड कन्ट्याक्ट गरेर एलसी खोल्न सक्ने व्यवस्था रहेको छ । पछि डलरको मूल्य जति भएपनि बैंकले सम्झौता गरेको पुरानो दरमा व्यापारीलाई डलर उपलब्ध गराउने गरी यस्तो सम्झौता गरिन्छ ।
केही महिना अगाडी डलरको भाउ एक्कासी बढ्दा बैंक ठूलो नोक्सानीमा परेको हो । नेपाल राष्ट्र बैंकले एलसीको लागि डेलिभरेवल कन्ट्याक्टमात्र गर्न पाइने व्यवस्था गरेको छ । तर, यस बैंकले आज शनिवार सार्वजनिक गरेको ३ महिने वित्तीय विवरणमा नन-डेलिभरेवल कन्ट्याक्टमा सो रकम गुमेको बताएको छ । बैंक स्रोतका अनुसार अन्य बाणिज्य बैंकहरूसँग् गरेको ननडेलिभरेवल कन्ट्रयाक्टमा सो नोक्सानी भएको हो ।
चालु आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी बढेपनि वैदेशिक विनिमय घोटलाका कारण ५ करोड ९८ लाख रुपैयाँ खुद नोक्सानमा देखिएको छ । गत वर्षको सोही अवधिमा बैंकले २ करोड ७१ लाख खुद मुनाफा गरेको थियो ।
- साभार : अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis