CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » युगको मुहार फेर्छु भन्दै ठगेर खेतान बेपत्ता

युगको मुहार फेर्छु भन्दै ठगेर खेतान बेपत्ता

। युगौंमा जन्मिछन् युगपुरुष युगको मुहार फेर्नलाई।
।। कमी तिम्रो पुरिने छैन सम्भि्करहने छ यो युगले तिमीलाई।।
। तिम्रो आदर्श अब हाम्रो बाटो सँधैलाई।
।। प्रण गर्छौं यही आज अर्पदै श्रद्धा सुमन तिमीलाई।।
माथिको ‘प्रण’ एकजमानाका चर्चित नेपाली मारवाडी ब्यवसायी मोहन गोपाल खेतानका परिवार(खेतान समूह)ले उनको निधन(२०६४ बैशाख १३ गते)पछि गरेको हो। मोहन गोपाल खेतानले आफ्नो जीवनकालभर धानेको मारवाडी समुदायको प्रतिष्ठा उनका सन्ततिले माटोमा मिलाउदैछन्। आफ्ना पूर्खाले आर्जन गरेको ख्यातीलाई तिलाञ्जली दिंदै खेतान समूहकै बद्नामी गर्नेमा मोहन गोपाल खेतानकै जेष्ठ पुत्र राजेन्द्र खेतान देखा परेका छन्।

अहिले ठगी काण्डमा राजेन्द्र खेतान बेपत्ता भएका छन् र उनको ठगी पर्दाफास भएपछि खेतान समूहमा तनाव सिर्जना भएको छ।
राजेन्द्र खेतानले आफैँ प्रवर्र्द्धक रहेको एभरेस्ट इन्सुरेन्समा ६ करोड रुपैयाँ झुटो बीमा दाबी गरेको तथ्य फेला परेपछि पक्राउ पर्ने डरले उनी भागेका छन्। राजेन्द्र इन्सुरेन्समा अध्यक्ष रहेको समयमा आफ्नै कम्पनी मायोज चाउचाउ उत्पादन गर्ने हिमालयन स्न्याक्स एन्ड नुडल्स उद्योगमा आगलागी हँुदा झुटो विवरण्ँ पेस गरी उनले चार करोड भुक्तानी लगेको ठगीको आरोप छ। वीमाको प्रिमियमसमेत नतिरेको, तर वीमा दाबी गर्दा भने प्रिमियमसमेत जोडेको अनुसन्धानबाट खुल्न आएको छ।
एभरेस्ट इन्सुरेन्समा वित्तीय अनियमितता भएको पाइएपछि नियामक निकाय वीमा समितिले हस्तक्षेप गरेर कम्पनीको व्यवस्थापन सम्हालेको थियो। समितिले चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईंको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापक समूह र सञ्चालक समितिको अधिकार प्रयोग गर्नेगरी वीमाविज्ञ सुरजविक्रम शाहीको संयोजकत्वमा दुई सदस्यीय सल्लाहकार समूह खटाएको थियो। नयाँ व्यवस्थापनले एभरेस्टमा भएको अनियमितताका विषयमा छानबिन गरेर पुस ११ गते बिहीबार खेतानविरुद्ध सीआइबीमा उजुरी दर्ता गराएको छ। ‘खेतानले दाबी गरेअनुसारको भुक्तानी दिनुपर्ने कुनै आधार देखिँदैन, उनले वीमा गरेको खुल्छ, तर कहिलेबाट प्रिमियम आयो भन्ने रेकर्ड नै छैन,’ सञ्चालक समितिका संयोजक प्रसाईंले खुलासा गरेका छन्। ‘खेतानले वीमा दाबी गर्नुअघिकै रु. ३६ लाखभन्दा बढी प्रिमियम लिन बाँकी देखिएको खुलासा पनि अनुसन्धानपछि खुलेको छ।’ खेतानले भुक्तानी लिएको सबै रकम फिर्ताको मागदाबी गरेर उजुरी दर्ता गराइएको कुरा सार्वजनिक भएको छ। बनेपास्थित हिमालयन स्न्याक्स उद्योगमा २७ असार ०६८ मा आगलागी भएको थियो।
छानबिनपछि व्यवस्थापन समूहले सीआइबीमा दुईवटा उजुरी दर्ता गराएको सार्वजनिक भएको छ। पहिलोमा साँढे दुई करोड रुपैयाँ ठगी गरेको भन्दै कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठ र नायब महाप्रबन्धक अनिल ढुंगेलविरुद्ध उजुरी दर्ता भएको थियो। उनीहरू दुवैलाई सीआइबीले पक्राउ गरिसकेको छ।
व्यवस्थापन समूहले दर्ता गराएको अर्को उजुरीमा कम्पनीका प्रवर्र्द्धक राजेन्द्र खेतानले उधारोमा वीमा गराएर चार करोड रुपैयाँ दाबी भुक्तानी लिएको उल्लेख छ। एभरेस्टले खेतानले लिएको वीमा भुक्तानी गैरकानुनी रहेको भन्दै सबै रकम वीमा कम्पनीमा फिर्ता गर्नसमेत माग गरेको छ।
हिमालय स्न्याक्समा आगलागी हुँदा खेतान सो कम्पनीका अध्यक्ष थिए भने वीमा दाबी भुक्तानी गर्ने एभरेस्ट इन्सुरेन्सको व्यवस्थापन समिति र बोर्डका अध्यक्ष पनि उनै थिए। एभरेस्ट इन्सुरेन्सको नयाँ व्यवस्थापनका तर्फबाट गरिएको उजुरीमा खेतानका तेह्रवटा कैफियत देखाइएको छ।
यसरी ठगे खेतानले?
हिमालयन स्न्याक्समा भएको आगलागीमा बीमा नै नगराई चार करोड रुपैयाँ दाबी भुक्तानी लिएका खेतानले त्यसबाहेक विभिन्न मितिमा १ करोड ९७ लाख रुपैयाँ ठगी गरेको भेटिएको बताइएको छ। ‘खेतानले एभरेष्ट इन्स्योरेन्सबाट सन् २००६ देखि ०१२ सम्ममा हिमालयन स्न्याक्सबाहेक अन्यमा पनि बीमालेखको पैसा नतिरी १ करोड ९७ लाख रुपैयाँ गैरकानूनीरुपमा लिएको देखिन्छ।’ सीआइबीको अनुसन्धान प्रतिवेदनमा भनिएको छ। खेतानले बीमालेखबापत तिर्नुपर्ने ३६ लाख ३७ हजार ५ सय ३५ रुपैयाँ नतिरी भुक्तानी लिएको भेटिएको हो।
तीन हजार सर्वसाधारणको भुक्तानी पेन्डिङमा रहेको बेला खेतानले भने बीमा शुल्क नै नतिरी लिएको बीमालेखमा दाबी गरेको भोलिपल्टै भुक्तानी लिइएको थियो। बीमा समितिको अनुमति नलिई सर्भेयर नियुक्ति गरिएको र सर्भेयर गर्दा विदेशी र स्वदेशी सर्भेयरले संयुक्तरुपमा सर्भे गर्नुपने भएपनि विदेशीलाई मात्रै सर्भे गराई जुलाई २८ मा २ एकैपटक दुई करोड र अगष्ट ८ र १८ मा १/१ करोड रुपैयाँ भुक्तानी लिइएको थियो। उता सर्भेयरले जुलाई ३० गतेमात्रै सर्भे रिपोर्ट तयार पारेको थियो। सर्भे रिपोर्ट तयार हुनुभन्दा दुई दिन अघि नै खेतानले भुक्तानी लिएको अनुसधानमा भेटिएको हो।
उम्किँदैनन् खेतान
एभरेष्ट इन्स्योरेन्सका तत्कालीन अध्यक्षसमेत रहेका उद्योगपति राजेन्द्रकुमार खेतानले ठगी गरेको भेटिएकाले कुनै पनि हालतमा उम्किन नसक्ने सीआईबी स्रोतको दाबी छ। ‘अनुसन्धानका क्रममा खेतानले ठगी गरेका प्रमाणहरू भेटिएका छन्, उनी उम्कने चान्स नै छैन’ सीआइबी स्रोतले बताएको कुरा अनलाइन खबरले प्रसार गरेको छ।
खेतान विरुद्ध किटानी जाहेरी परिसकेको हुनाले प्रहरीमा बयान दिन नआए उनीविरुद्ध स्वतः मुद्दा चल्ने छ। ‘किटानी जाहेरी परिसकेपछि उपस्थित भएर बयान दिनै पर्छ।’ सीआईबी स्रोतले भन्यो –’खेतान उपस्थित भएनन् भने उनीविरुद्ध स्वतः मुद्दा चल्छ।’
http://sanghu.weeklynepal.com/2014/01/09/article-item21389244777/
Share this article :

1 comment:

  1. हुन त कुन धोति ले नेपाली र नेपाल लाई हुने कम गर्छ र, यिनीहरु नेपाली र नेपाल ठग्न नै भनेर नेपाल चिरेका हुन्, तर पनि पैसा भएका बुद्धि नभएका नेपाली र कामै नगरी अरुले कमाएर खुवाउने लोभ र आस मा बस्ने लाई क भन्नु र, हुन कुनै बेला संसद भनेको खसी को टाउको देखाएर कुकुर को मासु बेच्ने ठाउँ हो भनेको सुनेको तर यो वित्तीय कारोबार गर्ने बैंक, सहकारी ,समूह ,फाइनान्स, स्किम, इन्सुरंस आदि त्यादी सप्पै तेही संसद भनेको जस्तो हो, नेपाली ठग्न आएको,

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis