CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » दोहोरी क्विनको दु:खद अवसान

दोहोरी क्विनको दु:खद अवसान

दुर्घटनामा परेर उपचारका क्रममा रहेकी गायिका मन्जु महतको गत शनिबार निधन भयो। गीत रेकर्डिङकै क्रममा स्टुडियोतर्फ जाने क्रममा मन्जु दुई माइक्रोबसको च्यापमा परेर गम्भीर घाइते भएकी थिइन्। १ छोरा तथा १ छोरीकी आमा मन्जु लोकदोहोरी गायनकी अब्बल प्रतिभा थिइन्। साप्ताहिकले केही समयअघि उनी सहित पाँच जना लोकदोहोरी गायिकाको प्रोफाइल स्टोरी गरेको थियो। दोहोरीका हटक्विनहरू शीर्षकको उक्त समाचारमा मन्जु महतको सांगीतिक करियरलाई उजिल्याइएको थियो। त्यतिबेला मन्जुले आफ्नो गायन यात्राका विविध पक्ष साप्ताहिकका पाठकहरूसँग सेयर गरेकी थिइन्। कास्कीको भरतपोखरी गाविसमा जन्मिएकी मन्जु राष्ट्रियस्तरको दोहोरी गायन प्रतियोगितामा सर्वोत्कृष्ट हुँदै १ लाख नगदसहितको पुरस्कारबाट सम्मानित भएकी थिइन्। 

'लोकदोहोरी गायनमा परिवारका सदस्यदेखि साथीभाइ सबैले राम्रो गर्न सक्छेस् भनेपछि मैले यही क्षेत्रमा करियर बनाउने निधो गरें,' त्यतिबेला कुराकानीका क्रममा मन्जुले भनेकी थिइन्- 

'त्यसमा पनि हाम्रो क्षेत्रमा लोकगीत र दोहोरी गीत गाउने मात्र कलाकार हुन् भन्ने मान्यता व्याप्त थियो, पीएन कलेजमा पपुलर भएपछि प्रत्य रूपमा गीत कथ्दै गाउने दोहोरी गायनलाई अपनाउने निर्णय लिए।'पोखरामा उनी दिदी सम्झना महतका साथमा विभिन्न एफएममा लाइभ दोहोरी गाउन पुग्थिन्। धरहरा दोहोरी साँझमा दुई वर्ष काम गरेपछि ०६५ सालयता उनी गामबेसी दोहोरीसाँझसँग आबद्ध थिइन्। 'मलाई स्टेजमा पर्फम गर्न गज्जब मज्जा लाग्छ,' मन्जुले भनेकी थिइन्- 'खुलेर पर्फम गर्ने भएकाले पनि हुनसक्छ, स्टेजमै मात्र सिमित हौं जस्तो लाग्छ।' कुशल नृत्यांगनाका रूपमा समेत परिचय बनाएकी मन्जुले आफ्ना र अरु गायक गायिकाका म्युजिक भिडियोमा समेत अभिनय गरेकी थिइन्। 
साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis