CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ‘परीक्षासंग नडराउनुस्, यो पुस्तकमा खुराक पाउनुस्’

‘परीक्षासंग नडराउनुस्, यो पुस्तकमा खुराक पाउनुस्’

book coverकाठमाडौं ।  परीक्षासंग डराउने र अध्ययन विधिका बारे जानकारी नभएका विद्यार्थीहरुका लागि खुशीको खबर छ । नेपाली छापा माध्यमहरुमा स्तम्भ लेख्दै आएका मकवानपुरका रामजी बलामीले विद्यार्थीहरुप्रति लक्षित गर्दै ‘विद्यार्थीका लागि ए टु जेड खुराक’, (उत्कृष्ट नतिजाका लागि शिक्षक, विद्यार्थी र अभिभावकलाई टिप्स) नामक पुस्तक तयार पार्नुभएको छ ।
पुस्तक विद्यार्थीवर्गलाई लक्षित गरि लेखिएको भएता पनि यसमा व्यवहारिक, नैतिक, सामाजिक ज्ञानका कुराहरु पनि समावेश भएको हुँदा केही सिक्न चाहने सवैका लागि उपयोगी छ । विशेषतः एसएलसी तहका विद्यार्थी र अभिभावकका लागि पनि यो पुस्तक उपयोगी हुनेछ । व्यक्तित्व विकासका लागि पनि मध्यनजर गरि लेखिएको हुँदा पुस्तक हरेकका लागि उपयोगी छ ।
विद्यार्थीले कसरी पढ्ने ? परीक्षाको तयारी कसरी गर्ने ? राम्रो अंक कसरी ल्याउने ? परीक्षा दिने बेलामा के के कुरामा ध्यान दिने ? विद्यार्थीले राम्रो अंक ल्याउन अभिभावकले के कस्तो कुरामा ध्यान दिनुपर्छ ? व्यवहारिक शिक्षा के हो ? व्यक्तित्व विकासका लागि आवश्यक गुणहरु के के हुन ? शिक्षक, विद्यार्थी र अभिभावकको सम्वन्ध कस्तो हुनुपर्छ ? इत्यादि प्रश्नसँगै परीक्षा दिइरहँदा र अध्ययन गरिरहँदा के कस्तो कुराहरुमा ध्यान दिने भन्ने विषयमा पुस्तकमा पढ्न पाइन्छ । माथि उल्लेखित प्रश्नहरुको उत्तर एबीसी देखि जेडसम्म र क, ख देखि ज्ञ सम्मका अक्षरहरुको बर्णन गरी लेखकले स्पष्ट पारेका छन ।
विद्यार्थीलाई पढ्न उत्सुक बनाउने उद्देश्यले लेखिएको यो पुस्तकमा मौलिक प्रयोग गरिएको छ । सहज, सरल र सामान्य शब्दहरुको संयोजन गरि लेखिएको यो पुस्तकमा विश्व प्रसिद्ध महावाणीहरु, सर्वेक्षण, अनुसन्धान, तथ्य, तथ्यांक र विद्यार्थीको मनोविज्ञानलाई समेत समेटिएका छन । भर्खरै विद्यालय भर्ना भएका नानीबाबु देखि उच्च शिक्षा आर्जन गरिरहेका विद्यार्थीहरुले मनन गर्नुपर्ने कुराहरु पुस्तकमा पढ्न पाइन्छ ।
विद्यार्थीको सफलताका लागि अभिभावकको ठूलो भूमिका हुन्छ ।
कतिपय अभिभावक आफ्नो छोराछोरीलाई विद्यालय भर्ना गरिदिने वित्तिकै सवै दायित्व हस्तान्तरण भएको ठान्छन यो पटक्कै होइन । विद्यालय भर्ना गरेपछि जिम्मेवारी झन बढेको हुन्छ । विद्यार्थीले ल्याउने अंक उसको अभिभावकमा पनि भर पर्छ । विद्यार्थीले राम्रो अंक ल्याउन र उत्कृष्ट हुन अभिभावकले के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा पनि पढ्न पाइन्छ । १३६ पृष्ठको पुस्तकको मुल्य १२५ रुपैंया रहेको छ |

साभार : समाज खबर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis