हिजो दिउँसैदेखि हराइरहेको नेपाल एयरलाइन्सको विमान मौसमको प्रतिकूलताका
कारण खोज्न सकिएको थिएन। आज बिहान विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
परेको छ। दुर्घटनास्थल अर्घाखाँची नै भए पनि हिजो अनुमान गरिएका
ठाउँहरुभन्दा फरक ठाउँमा रहेछ। अर्घाखाँचीको नरपानी र खाँचिकोट गाविसको
बीचमा पर्ने मसिने लेकको थाराभन्ने
ठाउँमा। दुःखको कुरा, कोही पनि जीवित
भेटिएनन्। शव क्षतविक्षत रहेछ। जिउका अङ्गहरु नै छुट्टिएका!
४३ वर्ष पुरानो यो विमानमा चालक दलका ३ सदस्यसहित १८ जना थिए।
विमान पुरानो भए पनि यसअघि दुई वटा घटनामात्रै भएका थिए। एउटा घटना २०३० सालमा कांग्रेस कार्यकर्ताले ३० लाख भारु लुट्न गरिएको अपहरण थियो
भने अर्को २०४९ साल असार २१ गते जुम्लाको रनवेमा चिप्लिएर भएको सामान्य
दुर्घटना। करोडौँ पर्ने इञ्जिन फेर्दै यो विमानबाट यति लामो समय काम लिइएको
थियो।
अब सम्झना मात्र
१ मानव सेजुवाल (कांग्रेस जुम्लाका सभापति)
२ गौरी कठायत (पत्रकार)
३ टेकबहादुर महतरा
४ नन्दा महतरा
५ डी महतरा
६ वर्षा हमाल न्यौपाने
७ दीप हमाल (वर्षाका नाबालक छोरा)
८ उमा तामाङ (जिल्ला हुलाक कार्यालय जुम्लाका निमित्त प्रमुख)
९ डा. विकल्प पोखरेल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान)
१० डिपी उपाध्याय
११ राजेन्द्रप्रसाद देवकोटा (कृषि विकास बैंक जुम्लाका प्रमुख)
१२ दीपक श्रेष्ठ (नेपाली सेनाको २४ नं बाहिनीका मेजर)
१३ डि शाही
१४ आर चौलागाईं
१५ एम म्याथिसेन (डेनमार्क)
चालक दलका सदस्य
१ पाइलट शङ्कर श्रेष्ठ
२ को-पाइलट रवीन्द्र बन्जारा
३ विमान परिचारिक मुना महर्जन
विमानमा एक जना डेनिस यात्रु पनि रहेछन्। अब इयुलाई झन् बहाना भयो।
नेपालको आकाश असुरक्षित भन्दै इयुले यहाँका सबै एयरलाइन्सलाई ब्ल्याकलिस्ट
गरेको थियो। हाम्रा विमान इयुका देशहरुमा उड्न नपाउने र आफ्ना नागरिकहरुलाई
नचढ्न पनि भनेका थिए। झन् इयुकै एउटा देश डेनमार्कका नागरिक यसमा परे। अब
नेपालका अरु एयरलाइन्स ब्ल्याक लिस्टबाट हटिहाले पनि नेपाल एयरलाइन्सलाई
निकै गाह्रो हुनेछ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !