अघिल्लो हप्ता आफ्नै निधारमा बन्दुक तेर्सिएको थियो । हिजो विहान काममा जाँदा ढोकैमा रगतपच्छे छ । ए दैब आफ्नो निधारमै बन्दुक ताकेर लुटेको घटनाले मन तर्सिरहेको बेला फेरि अर्को त्रासदी थपियो । भित्र गएँ । दुइ पुलिस अफिसर राति काम गर्ने मेरो साथिलाई केरकार गर्दै थिए । बुझेको त दुइजना ग्राहक एकआपसमा ३ डलरका लागि चक्कु हानाहान गरेका रहेछन् । अस्ति पनि यसरी नै एकहुल प्रहरी आएका थिए । छानबिन गरे । फिगर प्रिन्टदेखि लिएर नाइटभिजन हेलिकप्टरले समेत खोजि गरे तर अहिलेसम्म लुटेराको नामोनिसान छैन । यि त मैले भोगेका भए तर सुन्नलाई दिनहुँ दिनबिराएर यस्ता घटना खाँचो हुन्न । कहीं प्राण उड्छन्, कहीं घाइते मात्रै । अन्जान बस्ती, अन्जान मानिस साँझबिहान त्यसै त्यसै तर्सिएर सास
दबाउँदै हिंड्नु पर्ने । गएको महिना मात्रै दुइजना नेपाली गोलि प्रहारबाट मारिए । अरु देशका पनि यस्ता दुर्घटनाका सिकार भए होलान तर नेपालिका चासो बढि हुने रहेछ । बेलाबेला हुने नेपाली जमघटहरुमा कुरा गरेको सुन्छु, ढुक्क भएका, निश्चिन्त भएका मनहरु विरलै छन् । यसो भन्दैमा अन्यन्तै आतंकित पनि होइन । कस्तो भने, मध्यरातमा चिहानघारीको बाटो हिंडे जस्तै ढुकढुकी बढेर मुटु फुलिरहने ।
सपनाको किनबेच
केही महिना अघि अमिरिकी भुमी ओर्लिदा मध्यरात भएको थियो । भोलिपल्ट अबेरसम्म सुतेर बाहिर निस्किएँ । अचम्म लाग्यो । मनमनै सोचें यो अमेरिका हो कि अफ्रिका । यसोभन्दैमा फेरी अब्राहम लिंकनले हटाएको रंगभेदको कुरा चर्काउन खोजेको चैं होइननी । हामीले नेपाल छँदा देखेको, सुनेको अनि परिकल्पना गरेको अमेरिका वास्तविकतामा थिएन । फरक रहेछ, धेरै फरक । सपना सपनै हुने रहेछ जस्तो लाग्यो । अमेरिका अधिकांसको सपना । सपनाको देश । यहाँ भित्रिन हामी मरिहत्ते गर्छौं । ज्यान जोखिममा राखेर सिमाना नाघ्नेहरु पनि उत्तिकै छन् । हिंडेर, पौडेर, दौडेर, उडेर कसरी हुन्छ यहाँ छिर्नु नै सपना हुन्छ आइपुग्नु अघि । यहाँ आएका दिनदेखि सपनाहरु ह्यांगरमा कोट झुण्डिए झैं झुण्डिरहन्छन् ।

आएका केहि दिनपछि एक स्टोरमा काम पाएको थिएँ । भाषा ज्ञानले खोंचे थाप्यो । आउँछ जस्तो लाग्थ्यो तर भुत्लोभाङ केही रहेनछ । आफुले बोल्यो उनिहरु नबुझ्ने, उनिहरु बोल्यो आफ्नै दिमाग रन्थनिने । अनि के गर्नु ? बुझ्नेलाई इशारा काफी छ भन्थे, मैले पनि इशाराको सहारा लिएँ । ग्राहकहरु लोट्रिमा झुम्मिरहन्थे । नेपालमा कहिलेकाँही चाँडपर्वको अवसरमा चिठ्ठाको किनबेच हुन्थ्यो तर यहाँ त बाह्रैमास सरकारी अनुमति पाएर चिठ्ठा ब्यापार गर्दा रहेछन् । दिनभरीमा अरु अत्यावश्यक कुरा भन्दा बढि लोटरीको ब्यापार हुने रहेछ । प्रायजसो सबै ग्यासँ स्टेसन, ग्रोसरी स्टोरमा लोटरीको ब्यापार गरिन्छ । मेगा मिलियन, पावरबल जस्ता नाममा अरबौँ, खरबौँ बराबरको उपहार देखाइएको हुन्छ । चिठ्ठा किन्नेको घुँइचो हुन्छ । म हेर्छु सबैको अनुहारमा सपनाका भारी हुन्छन् । भोकै बसेर, बाटोमा माग्न बसेर पैसा जम्मा गरी टिकट किन्ने पनि भेटिए कति । जितेपछि उपहार रकमको प्रयोग के-केमा कति-कति खर्च गर्ने फेरिस्ता तयार गरेर टिकट किन्न आउनेहरु पनि कम थिएनन् । यो त सपनाको देशमात्र होइन रहेछ । यहाँ त किनबेच पनि सपनाकै भएको अनुभूति भयो ।
निराशा मात्रै ?
होइन । गुनासा हुनु स्वभाविक मानवसुलभ गुण हो । धेरै मनगणन्ते कुराको आस गरेकाहरुको लागि सुरुमा च्वास्स भएपनि निरासा मात्रै पनि छैन । सबै सानाठूला कामलाई गरिने समान इज्जत, परिश्रमको कदर गर्ने थलो पनि यहि नै हो जस्तो लाग्छ । अति नै सामान्य काम गर्दा पनि आवश्यकता पूर्तिमा कठिनाइ हुन्न । योग्यता हुनेहरुले अवसर पनि पाएका छन् । नेपाली जमातको कुरा गर्नुपर्दा मैले भेटेका मध्ये अधिकांसको चाहना/कामना यहाँको मूल्यले आफ्नै देशमा केही गर्ने मनसायकै हुन्छन् । तर मान्छेको जिवन न हो केही न केही परिवन्दले अल्झाइरहेको हुन्छ । आफ्नो देशको अस्थिर राजनिति, अवसरको अभाव, दैनिक जनजिवनको कठिनाई जस्ता कारणले विरक्तिएर वैकल्पिक समाधानमा विदेसिनु बाध्यता पनि हो । आफ्नो देश, जन्मभूमिलाई माया नगर्ने कोही हुन्न । माया गर्ने भए यहीँ बसेर केही गर्नुपर्छ । भगौडा भएर परबाट फलाक्न जसलाई पनि सजिलो छ भन्ने पनि कसैलाई लाग्न सक्छ तर देशलाई माया गर्नु, परिवर्तन ल्याउनु भन्ने बित्तिकै क्रान्ति गर्नुपर्छ भन्ने अर्थ लाग्दैन । सबैले आ-आफ्नो स्थानबाट देशप्रति सकारात्मक सोच बनाउनुले पनि ठूलो अर्थ राख्छ । मैले देखेका भोगेका नेपाली जमातले यहाँ जन्मने/हुर्कने आफ्ना सन्तानलाई यहाँको संस्कार, रितिथिति सिकाउने रहर कत्तिपनि छैन तर यहाँको गुणस्तर र ब्यवहारिक शिक्षा जस्ता अवसरको सदुपयोग गर्ने लोभ छ । आफुजस्तो आफ्ना सन्तानले मध्यम स्तरको काम र जिवनस्तर भोग्नु नपरोस् भन्ने सबै अभिभावकको कामना हुन्छ । यस्तै-यस्तै झिनामसिना अल्झनहरुले मन र जिवन फरक भएर बाँच्नु परिरहेछ ।

साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !