CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » ट्याक्सीबाट ठगिनुभएको छ ? जानी राखौं जोगिने उपाय

ट्याक्सीबाट ठगिनुभएको छ ? जानी राखौं जोगिने उपाय

१६ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित ट्याक्सीले ठगेर हैरान भएका यात्रुहरुलाई ठगीबाट जोगाउन ट्राफिक प्रहरीले भाडा दरसहितको बोर्ड राख्न थालेको छ ।Taxi Bhada
ट्राफिकले काठमाडौंका पुरानो वसपार्क, महाराजगञ्ज, गौशाला र नयाँ वसपार्कसहितका स्थानमा यस्ता सूचना बोर्ड राखेर उपभोक्तालाई सजग गराएको छ ।

‘मिटर तोडेर ठग्ने काम रोक्न हामीले अनुगमनलाई पनि कडाइ गरेका छौं तर ट्याक्सी चालकले साँझको समयमा बढी यात्रु ठग्ने गुनासो आइरहेको छ’, ट्राफिक प्रहरी महाशाखाका इन्सपेक्टर मधुसुधन सिलवालले अनलाइनखबरसँग भने, ‘उपभोक्ताबाट माग आएमा उपत्यकाका अन्य ठाउँमा पनि सूचना बोर्ड राख्दै जाने योजना छ ।’
मिटरमा चलाइने ट्याक्सी चढ्दा चालकले बार्गेनिङ गरी बढी रकम लिने गरेका घटनालाई रोक्न ट्राफिक प्रहरीले भाडादरसहितको सूचना बोर्ड टाँसेर उपभोक्तालाई सचेत गराउन थालेको हो ।
ट्राफिक प्रहरीले अुनगमन गरेर कारबाही गर्दा पनि ट्याक्सी चालकले यात्रु ठगेको गुनासो आउने क्रम नरोकिएपछि काठमाडौंका मुख्य चोक र भिडभाड हुने ठाउँमा भाडा दरसहितको सूचना बोर्ड राखेको छ ।
 दिउँसोभन्दा साँझमा बढी ठगी
ट्राफिक प्रहरीले उपभोक्तालाई ठगिनबाट जोगाउन नापतौल विभागका प्राविधिकसँग मिलेर प्रत्येक दिन ट्याक्सीको मिटर जाँच गरिरहेको बताएको छ । ‘हामीले दैनिक अनुगमन गर्दा दिउँसोको समयमा ५ वटासम्म ट्याक्सीले उपभोक्ता ठगेको पाइएको छ’, इन्स्पेक्टर सिलवालले भने, ‘साँझको समयमा २५ वटासम्म ट्याक्सीले ठगेको भेटिने गरेको छ ।’
ठगीबाट कसरी जोगिने ?
ट्राफिक प्रहरीका अनुसार यात्रुहरु ट्याक्सीमा चढ्नेबित्तिकै मिटरमा १४ रुपैयाँ देखिनुपर्छ । प्रत्येक २ सय मिटरका दरले ७ रुपैयाँ ४० पैसाका दरले भाडा बढ्दै जान्छ । १ किमी पूरा गर्दा सुरुको १४ रुपैयाँसहित भाडा ५१ रुपैयाँ हुन्छ भने २ किमि यात्रा पूरा गर्दा ८८ रुपैयाँ तिर्नुपर्छ ।
ट्राफिक प्रहरीका अनुसार राति ९ बजेदेखि बिहान ६ बजेसम्म दिउँसोको भन्दा डेढ गुणा बढी भाडा मिटरमा देखिन्छ । अर्थात १४ रुपैयाँको सट्टा २१ रुपैयाँ र प्रत्येक ७ रुपैयाँ ४० पैसाको सट्टा ११ रुपैयाँ १० पैसा देखिन्छ ।
राति ९ देखि बिहान ६ बजेसम्मको समयमा एक किमीको भाडा ७६ रुपैयाँ ५० पैसा उठ्छ । प्रत्येक २ मिनेटको पर्खाइमा या प्रत्येक दुई मिनेटमा २ सय मिटर दूरी पार गर्न नसकेमा समयका आधारमा मिटरमा १ कल ११ रुपैयाँ १० पैसाका दरले भाडा वृद्धि हुने ट्राफिक प्रहरीको भनाइ छ ।
पुरानो बसपार्कमा राखिएको भाडादर
Taxi Rate Notice Board
साभार : अनलाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis